२३ बैशाख २०८२, मंगलवार

वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी

कोलोराडोखबर संवाददाता , May 6th, 2025

नेपाल । मंगलबार पनि संघीय संसद्को दुवै बैठक बस्दै छन् ।

प्रतिनिधिसभाको बैठक विहान ११ वजे र राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ वजे बस्ने छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रममाथि सोमबारदेखि ती दुवै सदनमा छलफल जारी छ ।

बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ आफ्नो भनाइ राख्नहुने कार्यसूची छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्