२३ बैशाख २०८२, मंगलवार

नेकपा (एस) ले देशभरका ७ सय ५३ पालिकामा बुझायो ज्ञापन पत्र

कोलोराडोखबर संवाददाता , May 6th, 2025

नेपाल । नेकपा (एस) ले देशभरका ७ सय ५३ पालिकामा ज्ञापन पत्र बुझाएको छ ।

सोमबार पार्टी केन्द्रको निर्णयअनुसार देशभरका ७ सय ५३ पार्टीको पालिकामा पालिका कमिटीले ज्ञापन पत्र बुझाएका हुन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा पालिका कमिटीले स्थानीय समस्या समाधान गर्नका निम्ति ज्ञापन पत्र बुझाइएको हो ।

स्थानीय समस्यालाई स्थानीय सरकारले नै सम्बोधन गर्नुपर्ने भन्दै सुशासन, रोजगारी, उत्पादन, विकास र समृद्धिका माग अघि सारेर मागपत्र बुझाएको हो ।

यसअघि बैशाख १७ गते पार्टीका केन्द्रीय कमिटीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो। त्यस्तै बैशाख १९ गते जिल्ला र प्रदेश कमिटीले ज्ञापन पत्र बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्