२२ बैशाख २०८२, सोमबार

संक्रमणकालीन न्याय र समसामयिक विषयमा ओली र प्रचण्डबीच छलफल

कोलोराडोखबर संवाददाता , May 5th, 2025

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आइतवार साँझ सिंहदरबारमा भएको भेटवार्तामा दुवैबीच संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीसँग नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भेटका क्रममा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको र संक्रमणकालीन न्यायको प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको पाएको बताए ।

अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय टुंगो लगाउनेबारेमा भइरहेको प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए । जसमा संक्रमणकालीन न्याय टुंगो लगाउन भइरहेको प्रक्रियाबारे प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई जानकारी गराएको उपमहासचिव पुनले बताए ।

संक्रमणकालका पीडितहरुले प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्ना सरोकारका विषयहरु राखेको र सोमवार अध्यक्ष प्रचण्डसँग भेटेर छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्