नेपाल । बुधबार नेपालमा एउटा नाटकीय घटना भयो । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ दिउँसो परे र साँझ रिहा भए ।
सर्वोच्च अदालतको एक अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो । प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो ।
फेरि सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता सभामा सहभागी हुन प्रज्ञाभवन गएका बेला उनी पक्राउ परेका थिए ।
चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टमाथि अनुसन्धान गर्न आदेश जारी गरेसँगै विष्ट पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस्