२० फाल्गुन २०८२, बुधबार

नेकपा एमालेको निश्कर्ष–‘राजतन्त्रको बहस निरर्थक’

कोलोराडोखबर संवाददाता , March 18th, 2025

नेपाल । नेकपा एमालेले राजतन्त्रको बहस निरर्थक रहेको निश्कर्ष निकालेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो सार्वजनिक गरेको हो ।

‘हामी एक्काइसौं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैमा हास्यास्पद, हानीकारक र निरर्थक विषय हो भन्नेमा विशेष जोड दिन चाहन्छौं,’ बैठकपछि एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले बिज्ञप्ति जारी गर्दै भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्