नेपाल । आइतबार पोखराबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका छन् ।
केहि समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आइतबार अपरान्ह काठमाडौं आएका थिए ।
राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले काठमाडौंमा संयुक्त रुपमा शक्ति प्रदर्शन गरेका हुन् ।
फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफुलाई साथ दिन अपिल गरेपछि राजावादीहरु उत्साहित हुँदै आफ्नो अभियानलाई तिब्र बनाइरहेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्