२० फाल्गुन २०८२, बुधबार

कुलमान घिसिङलाई हटाउने जस्तो नचाहिने काममा नलाग्न गगनको आग्रह

कोलोराडोखबर संवाददाता , March 9th, 2025

नेपाल । कांग्रेस महामन्त्री गगन थापाले ऊर्जामन्त्री दीपक खड्कालाई नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङलाई हटाउने जस्तो नचाहिने काममा नलाग्न आग्रह गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङप्रति इंगित गर्दै थापाले अहिले सरकार नै एउटा व्यक्तिको पछि लागेको जस्तो देखिएको बताए ।

शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले थापाले मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको भएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्