नेपाल । नेपालमा सन् २०२५ को दोस्रो महिना अर्थात फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक भित्रिएका छन् । यसअघि सन् २०२४ को फेब्रुअरीमा ९७ हजार २२६ जना पर्यटक भित्रिएका थिए ।
अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्यांक अनुसार फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट १९ हजार १८७ पर्यटक नेपाल आएका छन् ।
त्यस्तै, अमेरिकाबाट १० हजार ३४८, चीनबाट ८ हजार २३२, थाइल्यान्डबाट ५ हजार ६०९ र बेलायतबाट ५ हजार ५७ जना पर्यटक नेपाल आएका छन् ।
यस्तै, २०२५ को जनवरीमा भने ७९ हजार ९९१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्