२० फाल्गुन २०८२, बुधबार

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

कोलोराडोखबर संवाददाता , March 5th, 2025

नेपाल । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

३ दिनसम्म बसेको केन्द्रीय समितिको बैठकको अन्तिम दिन आज जसपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

जसपाले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित ५ वटा अध्यादेशमा सर्मथन गर्ने भए पनि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ को भने विरोध गर्दै आएको छ ।

यसैगरी जसपाले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ लाई पनि समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्