२० फाल्गुन २०८२, बुधबार

माओवादीले फागुन १२ देखि ‘जनतासँग माओवादी अभियान’ सञ्चालन गर्ने

कोलोराडोखबर संवाददाता , February 20th, 2025

नेपाल । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि ‘जनतासँग माओवादी, तराई–मधेश जनजागरण अभियान’ शुरू गर्दैछ । अभियान झापाको कचनकवलबाट शुरू हुनेछ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान शुरू गर्नेछन् । माओवादीका पदाधिकारी सबै तीन दिनसम्म कोशी प्रदेशका तीन जिल्लामा खटिने भएका छन् ।

हुलाकी राजमार्गले छुने कोशी प्रदेशका तीन जिल्ला (झापा, मोरङ र सुनसरी) मा अभियान सञ्चालन हुनेछ । उद्घाटनको दिन बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्नेछ ।

फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना हुनेछ ।

फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गरी समापन हुनेछ ।

जागरण अभियान फागुन १५ देखि २२ गतेसम्म मधेश प्रदेशमा हुनेछ । फागुन १५ गते मधेस प्रदेशको सप्तरी, १६ गते सिरहा, १७ गते धनुषा, १८ गते महोत्तरी, १९ गते सर्लाही, २० गते रौतहट, २१ गते बारा र २२ गते पर्सामा भेटघाट र अन्तरक्रिया हुने तय भएको छ ।

फागुन २३ गतेबाट बागमती प्रदेशमा सुरु हुनेछ । २३ गते चितवन जिल्लास्थित भरतपुरमा सभा तथा अन्तक्र्रिया गर्ने तयारी छ । फागुन २४ गतेबाट लुम्बिनी प्रदेशको नवलपरासीबाट अभियान सञ्चालन हुने गरी तयारी भइरहेको छ । अभियान चैत २ गते सुदूरपश्चिमको कञ्चनपुर पुगेर समापन हुनेछ ।

लुम्बिनी प्रदेशमा फागुन २९ गतेसम्म अभियान टोली रहेमा चैत १ गते कैलाली र चैत २ गते कञ्चनपुरमा समापन हुने छ । हुलाकी मार्गले गण्डकी प्रदेश र कर्णाली प्रदेशका जिल्लालाई छोएको छैन ।

प्रतिक्रिया दिनुहोस्