नेपाल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका सन्दर्भमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनु भएको छ ।
जिपी कोइराला प्रतिष्ठानले ‘राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ शीर्षकमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनमा साझा दृष्टिकोण बनाउनुपर्ने बताउनुभएको हो ।
कांग्रेस नेतृ एवं प्रतिष्ठानका अध्यक्ष सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री कोइरालाले कांग्रेसलाई साङ्गठनिक सुदृढीकरणमार्फत अघि बढाएको बताउनुभयो । उहाँले अब कांग्रेस नेतृत्व परिवर्तनपछि देश नयाँ गतिमा अघि बढ्ने बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्