२० फाल्गुन २०८२, बुधबार

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको पहिलो महाधिवेशन सुरु

कोलोराडोखबर संवाददाता , February 9th, 2025

नेपाल । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन आजदेखि सुरु भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा शुरु भएको महाधिवेशन २९ गतेसम्म हुनेछ । महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिइन् ।

महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ । महाधिवेशनमा पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्