नेपाल । नेकपा एसका केन्द्रीय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमान स्थलको रुटमा अवरोध खडा नगरी निर्माण कार्यमा सहयोग गर्न भारत सरकारसंग अनुरोघ गरेका छन ।
नेपाल र भारतका पत्रकारको संस्था मिडिया फर बोर्डर हार्मोनीले रौतहट सदरमुकाम गौरमा शनिवार आयोजना गरेको नेपाल भारत मैत्री सम्वादमा प्रमुख अतिथिको आसनबाट बोल्दै उक्त आग्रह गर्दै पुर्व प्रधानमन्त्री नेपालले भारतले सम्बन्धका लागि जनकपुरधाम–अयोध्या र लुम्बिनी–बोधगयाका लागि नयाा रुट बनाउनु पर्ने हुन्छ भने । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पनि नेपाल भारतका जनतालाई आवागमन समेत सहज हुने भएकोले एयर रुटको कुरा लिएर भारतलाई झमेला खडा नगर्न अनुरोध गरे ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल वनाउन आफु प्रधानमन्त्री भएको बेला २००९ मा निर्णय गरेको उनले बताए । कुनै कुरा गफ गरेर हुँदैन काम गरे मात्र सम्भव हुन्छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई जोडनका लागि २०१० मा आफु प्रधानमन्त्री रहेको बेला शिलान्यास गरेको फास्टट्राक सडक १५ बर्ष वित्न लाग्दा पनि काम सम्पन नहुनु दुःखद भएको बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्