७ जेष्ठ २०८१, सोमबार

नेपालीको डिजिटल मार्केटिङ कम्पनी अष्ट्रेलियामा उत्कृष्ट

कोलोराडोखबर संवाददाता , November 9th, 2023

काठमाडौं । नेपालीले अष्ट्रेलियामा सञ्चालन गरेको डिजिटल मार्केटिंङ कम्पनी उत्कृष्टमा पर्न सफल भएको छ ।

अष्ट्रेलिया बस्ने नेपाली मूलका यूवाले संचालनमा ल्याएको डिजिटल मार्केटिंङ कम्पनी ‘डिजिटल एल्गोरिदम’ २०२३ को सिड्नीको स्थानीय व्यवसायलाई दिईने सम्मानका लागी उत्कृष्टमा परेको हो । सिड्नीको माउण्ट ड्रुईट सेन्ट मेरिज क्षेत्रमा रहेको डिजिटल मार्केटिङ कम्पनी आफ्नै क्षेत्रमा रहेका नयाँ व्यवसायहरू मध्येबाट छानिएर उत्कृष्टहरूमा परेको हो ।

डिजिटल मार्केटिङ कम्पनी ‘डिजिटल एल्गोरिदम’ले अष्ट्रेलियामा वेब डिजाईनिङ, वेब डेभलोपमेन्ट, सर्च ईन्जिन अप्टिमाईजेसन, ब्राण्डिङ साथै सम्पूर्ण डिजिटल मार्केटिङको काम गर्दछ । गत वर्षदेखि संचालनमा आएको डिजिटल कम्पनीले अष्ट्रेलियामा बिजनेस, माईग्रेसन, अष्ट्रेलियाको अध्ययन, करिअर विकास लगायतका क्षेत्रमा १० भन्दा बढी अनलाईन मिडिया संचालन गरिरहेको छ ।

‘डिजिटल एल्गोरिदम’का बिजनेस डेभेलोपमेन्ट म्यानेजर मदनमणि अधिकारीले व्यवसाय सुरू गरेको पहिलो वर्षको उपलब्धिका रूपमा व्यवसायिक समुदायबाट पाएको सम्मानले आफूहरूलाई हौसला थपेको बताए ।

अष्ट्रेलियाका साना व्यवसायी तथा ट्रेडी (सीप व्यवसायी)लाई सेवा दिइरहेको ‘डिजिटल एल्गोरिदम’ले छिटै नेपालमा पनि नेपाली व्यवसायी तथा अन्तर्राष्ट्रिय बजारमा आफ्ना सेवा पुरयाउन चाहनेहरूलाई सहयोगी हुने गरेर सेवा विस्तारको योजना बनाएको बिजनेस डेभलोपमेन्ट म्यानेजर मदनमणि अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्