७ जेष्ठ २०८१, सोमबार

एनसेलद्वारा बम्पर पुरस्कार हस्तान्तरण

कोलोराडोखबर संवाददाता , November 8th, 2023

काठमाडौ । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत मंगलबार थप ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ ।

बम्पर पुरस्कार काठमाडौंको नयाँ बानेश्वर, भैरहवा र जनकपुरस्थित एनसेल सेन्टरमा आयोजित भिन्नाभिन्नै कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ बानेश्वर एनसेल सेन्टरमा ललितपुरका आकाश तामाङ्लाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका छन् भने एनसेल सेन्टर भैरहवाबाट अभिनेत्री केकी अधिकारीले बाँकेकी मिना त्रिपाठीलाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेकी हुन् ।

त्यसैगरी सप्तरीका सुदिप कुवार क्षेत्रीलाई अभिनेत्री प्रियंका कार्कीले एनसेल सेन्टर जनकपुरमा आयोजिक कार्यक्रममा बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्