नेपाल । भारतमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल भारतीय स्टेट टीम बरोडासँग पराजीत भएको छ ।
बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ५ बलमा ११९ रनमा समेटिएको हो ।
तीन खेलमा जित निकालेको नेपाल यसअघि नै फाइनल पुगिसकेको छ । नेपालले आइतबार गुजरातसँग फाइनल खेल्दैछ ।
नेपाल । इण्डियन प्रियिमर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले घरेलु मैदानमा चेन्नई सुपर किंग्समाथि ६ विकेटको जित हासिल गरेको छ ।
चेन्नईले प्रस्तुत गरेको १६६ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पूरा गर्यो ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६५ रन बनाएको थियो ।
जितपछि ४ खेलबाट ४ अंक बटुल्दै हैदराबाद पाँचौँ स्थानमा छ । समान अंक भए पनि नेट रनरेटका आधारमा चेन्नई तेस्रो स्थानमा छ ।
यसैबीच आईपीएलमा शनिबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच खेल हुँदैछ। खेल जयपुरको सवाई मानसिंह स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ ।
...
नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबारको खेलमा पन्जाब किंग्सले गुजरात टाइटन्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ ।
२ सय रनको लक्ष्य पन्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो ।
नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो ।
...
नेपाल । नेपाली राष्ट्रिय क्रिकेट टोली एसएमएस कपको फाइनलमा पुगेको छ ।
भारतको गुजरातको वापीस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) बुधबार भएको खेलमा गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १८१ रन जोडेको थियो । गुजरातले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्र जोड्न सक्यो ।
नेपालले लगातार तीन खेलमा तीनै जितसहित ६ अंक जोडेर अंक तालिकाको शीर्षमा रहँदै फाइनलमा स्थान बनाएको हो ।...
नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १०६ रनको जित निकालेको छ ।
कोलकाताले दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटिएको थियो ।
प्रतियोगितामा बिहीबार पञ्जाव किङ्स र गुजरात टाइटन्सबीच खेल हुनेछ ।...
नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । २१ औं मगर संघ अमेरिकाको स्थापना दिवसको उपलक्ष्यमा मगर संघ अमेरिका, कोलोराडो च्याप्टर द्वारा आयोजित "1st MAUSA CUP पुरुष भलिवल प्रतियोगिता २०८०" भब्यताका साथ सम्पन्न भएको छ ।
कोलोराडोको डेन्भर स्थित प्राइम भलिवल एकाडेमीमा मार्च ३१ मा सम्पन्न खेलमा गोर्खाली भलिवल टिम प्रतियोगिताको बिजेता बन्न सफल भएको हो ।
नेपाली मन, गोर्खाली, शिकारी युथ, Aurora युनाइटेड, TPLA र आयोजक टिम सहित जम्मा ६ टिम सहभागिता रहेको उक्त प्रतियोगिताको बेस्ट अफ फाइभमा खेलाइएको फाइनल खेलमा यस क्षेत्रकै चर्चित भलिवल क्लव "नेपालि मन" लाई हराउदै गोर्खालीले १ सेटको बिरुद्ध ३ सेट आफ्नो पोल्टामा पारि च्याम्पियनको ट्रफी उचाल्न सफल बन्यो ।
"ग्रुप A" र "ग्रुप B" बिभाजन गरि लिग चरणमा खेलाईएको खेल "ग्रुप A" बाट नेपाली मन ग्रुप बिजेता र Aurora युनाइटेड ग्रुप Runner UP, "ग्रुप B" बाट गोर्खाली ग्...
नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी) ले तेस्रो हार बेहोरेको छ ।
मंगलबार सम्पन्न खेलमा घरेलु टोली आरसीबी लखनऊ सुपर जाएन्ट्ससँग २८ रनले पराजित भएको हो।
१८२ रनको लक्ष्य पछ्याएको आरसीबी १९ दशमलव ४ ओभरमा १५३ रनमा समेटिएको थियो ।
बुधबार आईपीएलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन् ।...
नेपाल । भारतमा नेपाली क्रिकेट टिमले चमत्कार देखाइरहेको छ । यसैक्रममा भारतमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जीत निकालेको हो ।
नेपालले मंगलबार भएको खेलमा भारतीय स्टेट टीम बरोडालाई २७ रनले पराजित गरेको हो । नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडा २० ओभरमा १२९ मा समेटिएको हो ।
नेपालले तेस्रो खेल बुधबार गुजरातसँग खेल्नेछ । पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो ।...
नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सोमबार सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेर लगातार तेस्रो जित निकालेको छ।
मुम्बईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १५ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
लगातार तेस्रो जितका साथ राजस्थान शीर्ष स्थानमा उक्लिएको छ भने तेस्रो हार व्यहोरेको मुम्बई अंक तालिकाको पुछारमा कायमै छ ।...
नेपाल । इन्डियन प्रिमियर लिग (आईपीएल) को आइतबार साँझ सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।
दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित निकालेको हो । जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा १ सय ७१ रन मात्र जोड्न सकेको थियो ।
यससँगै चेन्नईको ३ खेलमा ४ अंक छ भने दिल्लीको ३ खेलमा २ अंक भएको छ।
आइतबार नै भएको अर्को खेलमा सनराइज हैदरबादलाई गुजरात टाइटन्सले ७ विकेटले हरायो ।
प्रतियोगिता अन्तरगत सोमबार मुम्बई र राजस्थान खेल्नेछन् ।...