नेपाल । इन्डियन प्रिमियर लिग (आईपीएल) को आइतबार साँझ सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।
दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित निकालेको हो । जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा १ सय ७१ रन मात्र जोड्न सकेको थियो ।
यससँगै चेन्नईको ३ खेलमा ४ अंक छ भने दिल्लीको ३ खेलमा २ अंक भएको छ।
आइतबार नै भएको अर्को खेलमा सनराइज हैदरबादलाई गुजरात टाइटन्सले ७ विकेटले हरायो ।
प्रतियोगिता अन्तरगत सोमबार मुम्बई र राजस्थान खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्