४ चैत्र २०८२, बुधबार

खेलकुद

क्रिकेटर लामिछानेको मुद्दामा बुधबार फैसला आउन सक्ने, सफाई पाउलान ?

क्रिकेटर लामिछानेको मुद्दामा बुधबार फैसला आउन सक्ने, सफाई पाउलान ?

नेपाल । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बुधबार पनि सुनुवाइ हुने भएको छ । लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । बुधबार यही इजलासमा मुद्दाको सुनुवाइले निरन्तरता पाउने छ । फैसला आज नै आउन सक्ने र उनले उनले सफाई पाउन सक्ने आंकलन गरिएको छ ।...
दिल्ली क्यापिटल्सद्वारा लखनउ सुपर जाएन्ट्स १९ रनले पराजित

दिल्ली क्यापिटल्सद्वारा लखनउ सुपर जाएन्ट्स १९ रनले पराजित

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपीएल)को मंगलबारको खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाएन्ट्सलाई १९ रनले पराजित गरेको छ । २०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रन मात्रै बनायो । लखनउका निकोलस पुरनले ६१ र अर्षद खानले ५८ रन बनाए पनि हार टार्न सकेनन् । पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २०८ रन बनाएको थियो । अभिषेक पोरेलले ५८, ट्रिस्टन स्टब्सले ५७, साइ होपले ३८ र ऋषभ पन्तले ३३ रनको योगदान गरे । दिल्लीले लिग चरणका सबै खेल सकेर १४ अंक जोडेको छ भने पराजित भएको लखनउले एक खेल बाँकी छ र १२ अंक जोडेको छ । यो नतिजाले यी दुवै टोलीको प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ ।...
वर्षाले खेल रोकिंदा गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सले अंक बाँडे

वर्षाले खेल रोकिंदा गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सले अंक बाँडे

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबारको खेल वर्षाले प्रभावित भएको छ । सोमबार राति गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएसँगै गुजरातको अघिल्लो यात्रा पनि रोकिएको हो । टस नै हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडे । यसअघि नै प्लेअफमा पुगेको कोलकताको भने शीर्ष दुईको स्थान पक्का भएको छ । दुई खेल खेल्न बाँकी राजस्थान रोयल्स १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । मुम्बइ इन्डियन्स र पञ्जाब किंग्स भने यसअघि नै बाहिरिसकेका छन् ।...
रोयल च्यालेन्जर्स बैंग्लौरद्वारा दिल्ली क्यापिटल्स पराजीत

रोयल च्यालेन्जर्स बैंग्लौरद्वारा दिल्ली क्यापिटल्स पराजीत

नेपाल । भारतमा जारी आईपीएलमा आइतबारको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध ४७ रनको जित निकालदै रोयल च्यालेन्जर्स बैंग्लौर(आरसीबीले)ले प्लेअफ सम्भावना कायम राखेको छ । आरसीबीले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८७ रन बनायो । जित पछि पाँचौं स्थानमा उक्लिएको आरसीबीको १३ खेलमा १२ अंक भएको छ ।...
मुम्बईलाई हराउँदै प्लेअफमा पुग्यो कोलकता

मुम्बईलाई हराउँदै प्लेअफमा पुग्यो कोलकता

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपीएलमा) मा शनिबारको खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । यो जीतसँगै कोलकता प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकताले मुम्बईविरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । वर्षाका कारण १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । १५८ रनको जवाफी ब्याटिङ गरेको मुम्बईले १६ ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । आईपीएलमा आइतबार चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स तथा रोयल च्यालेनजर्स बैंग्लौर र दिल्ली क्यापिटल्स भिड्ने छन् ।...
आईपीएलमा शुक्रबारको खेलमा गुजरात टाइटन्सद्वारा चेन्नई सुपर किंग्स पराजीत

आईपीएलमा शुक्रबारको खेलमा गुजरात टाइटन्सद्वारा चेन्नई सुपर किंग्स पराजीत

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबारको खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथि ३५ रनले जीत निकालेको छ । २३२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १९६ रन मात्र बनाउन सक्यो । चेन्नईले ८ विकेटको क्षतिमा १९६ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाउँदा मोइन अलिले ५६ रन जोडे । १२ खेलपछि चेन्नई १२ अंकसहित तेस्रो स्थानमा छ । गुजरात १२ खेलबाट १० अंकसहित आठौँ स्थानमा छ ।...
आईपीएलमा बैंग्लौरद्वारा पञ्जाब पराजीत

आईपीएलमा बैंग्लौरद्वारा पञ्जाब पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा विहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लौरसँग पञ्जाब पराजीत भएको छ । पञ्जाबमाथि ६० रनको जित हासिल गर्दै बैंग्लौरले प्लेअफको गणितीय सम्भावनालाई कायमै राखेको हो । खेलमा पहिले ब्याटिङ गरेको बैंग्लौले ७ विकेटको क्षतिमा २४१ रन बनायो । जवाफमा पञ्जाबले १७ ओभरमै अलआउट हुँदै १८१ रनमात्र बनाउन सक्यो । राइली रस्सोऊले २७ बलमा ६१ रन बनाए । आईपीएलमा शुक्रबार चेन्नई सुपर किंग्स र गुजरात टाइटान्स खेल्दैछन् ।...
नेपाली राष्ट्रिय टोली लण्डनमा सम्मानित

नेपाली राष्ट्रिय टोली लण्डनमा सम्मानित

बेलायत । नेपाली राष्ट्रिय टोलीका खेलाडी लन्डनस्थित नेपाली दूतावासमा सम्मानित भएका छन् । विहिबार साँझ दूतावासमा आयोजित समारोहमा खेलाडी र अफिसियलका साथै आयोजक, स्वयमसेवक र प्रायोजकसमेतलाई सम्मान गरिएको हो । सो टोलीले मे ६ मा अल्डरसटमा इंग्ल्यान्ड ‘सी’ संग ऐतिहासिक फुटबल खेलेको थियो । कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली टोलीका खेलाडीहरुसंगै प्रशिक्षक र व्यवस्थापन समूहका सदस्यहरुलाई खादा ओढाएर सम्मान गरे । खेल आयोजक अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिम, इंग्ल्याण्ड एफएका नेश्नल लिग प्रमुख लरेन्स जोन्स लगायतलाई पनि सम्मान गरे । ...
सनराइजर्स हैदरावादद्वारा लखनउ सुपर जायन्ट्स पराजीत

सनराइजर्स हैदरावादद्वारा लखनउ सुपर जायन्ट्स पराजीत

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित निकालेको छ। बुधबार राति भएको खेलमा हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो । टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । आईपीएलमा बिहीबार पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने ८ बजे एचपिसए स्टेडियममा हुनेछ ।...
राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजीत

राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबारको खेलमा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजीत भएको छ । दिल्लीले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाउन सक्यो । यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा २२१ रन बनाएको थियो ।...