नेपाल । बुधबार दिउँसो नेपाल र बंगलादेश २० वर्षमुनिको साफ च्याम्पियनसिप उपाधिका लागि भिड्दैछन् ।
खेल एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।
नेपालले भुटान र बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटबाट पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
प्रतियोगितामा ६ टीमको सहभागिता रहेको थियो ।
अमेरिका । नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि-ट्वान्टी आई सिरिजमा क्यानडामाथि अमेरिकाले २० रनको जित निकालेको छ ।
अमेरिकाले दिएको १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन मात्र बनायो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल बनाएको थियो।
सिरिजको छैटौं तथा अन्तिम खेलमा बुधबार नेदरल्यान्ड्स र अमेरिकाबीच खेल हुँदैछ । त्यो खेलको विजेता टोलीले नै सिरिज जित्नेछ ।...
नेपाल । नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । आइतबार भएको सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराएको हो ।
नेपालका गोलकिपर जियारेथ शेखले शानदार प्रदर्शन गरे । उनले दोस्रो र तेस्रो प्रहार रोकेका थिए भने नेपालको चौथो प्रहार आफैँले गर्दै गोल गरेका थिए । जियारेथअघि नेपालले सुरुका तीनवटै प्रहारमा गोल गरेको थियो ।
पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शेखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।
निर्धारित समयको खेल १–१ गोलको बरारबीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । एन्फा कम्प्लेक्समा भएको खेलमा सुरुवाती अग्रता भुटानले लिएको थियो ।
नेपालले अब भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।...
अस्ट्रेलिया । अस्ट्रेलियाको तास्मानिया स्थित होवार्ट सहरमा आयोजित बहुसंस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी भएको छ । उक्त प्रतियोगितामा भुटान, नाइजेरिया, नेपाल र भियतनामलाई प्रतिनिधित्व गर्दै ६ टिम सहभागी भएका थिए ।
जसमा टाकीन, भुटनिज कम्युनिटी एशोशियसन अफ साउथर्न तास्मानिया (बीकास्ट) र अस्ट्रेलियन भुटनिज सोसाइटी अफ साउथर्न तास्मानिया (एबीएसएनटी) गरी तीन टिमले भुटानको प्रतिनिधित्व गरेका थिए ।
त्यस्तै नाइजेरियन टिम ‘इमोले’, नेपाली टिम नेपलिज फुटबल क्लब अफ तास्मानिया (एनएफसीटी) र भियतनाको प्रतिनिधित्व गर्दै गोल्डेन ड्रयागन एफसी प्रतियोगितामा सहभागी थिए ।
सहभागी टिम मध्यबाट नेपाललाई प्रतिनिधित्व गरेको टिम एनएफसीटीले प्रतियोगितामा विजयी भएको एनएफसीटी क्लबका सचिब सुवास खतिवडाले जानकारी दिएका छन् । उनका अुनसार ६ टिम सहभागी भएको खेल दुई समुहमा विभाजन गरी खेलाइएको थियो । जसमा ग्रुप ‘ए’...
नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो र मिति सार्वजनिक गरेको छ ।
नेपालको पहिलो आधिकारिक फ्रेन्चाइ क्रिकेट लिगका रूपमा रहेको एनपिएल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुनेछ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो सार्वजनिक गर्नुभयो ।
क्यानले २० महिनाअघि फ्रेन्चाई अवधारणामै नेपाल टी–२० क्रिकेट लिगको आयोजना गरेको थियो तर सो लिग सफल हुन सकेन । यद्यपि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विगतबाट शिक्षा लिएर एनपिएललाई भारतमा हुने फ्रेन्चाई लिग आइपिएल जस्तै ब्रान्ड बनाउने बताउनुभयो ।
यसअघि क्यान निलम्बनमा हुँदा नेपालमा एभरेस्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) को आयोजना हुने गर्दथ्यो, तर क्यानले अब एनपिएललाई ब्रान्ड बनाउने छ, उनले भने ।...
नेपाल । बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाका कारण आइसिसी महिला टी–२० विश्वकप क्रिकेट संयुक्त अरब इमिरेट् (युएई) मा हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले यसअघि बङ्गलादेशमा अक्टोबर ३ देखि २० तारिखसम्म आयोजना तय भएको विश्वकप युएई सारेको हो । आइसिसीका अनुसार महिला विश्वकपका खेलहरू युएई र शारजहामा सहरमा हुनेछ ।
आइसिसीले पछिल्लो महिना बङ्गलादेशमा चर्किएको सरकार विरोधी अन्योलका कारण स्थिति तनावपूर्ण रहेकोले विश्वकप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सम्भव नभएको उल्लेख गरेको छ ।
आन्दोलनका कारण महिला विश्वकपमा सहभागिता जनाउने अस्ट्रेलिया, इङ्गल्यान्ड र भारत सरकारले आफ्ना नागरिकलाई बङ्गलादेश यात्रा नगर्न ट्राभल एडभाइजरी समेत जारी गरेका थिए । महिला टी–२० विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।...
अमेरिका । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा अमेरिका र क्यानडामा बस्ने नेपालीबीचमा सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता आयोजन हुनेभएको छ । यही अगष्ट ३० देखि आगामी सेप्टेम्बर १५ सम्म अमेरिकाका दुई राज्यमा प्रतियोगिता आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले यी प्रतियोगितामा भाग लिनका लागि खेलाडी र खेल समूह नेपाली मूलको तथा नेपाली भाषी हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको बताउनुभयो ।
फुटबल प्रतियोगिता अगष्ट ३० देखि सेप्टेम्बर २ सम्म अमेरिकाको ओहायो राज्यको एक्रोन र भलिबल प्रतियोगिता सेप्टेम्बर १३ देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा आयोजना हुनेछ ।
अध्यक्ष अधिकारीले नेपाली समुदायका बीच आपसी सद्भाव अभिवृद्धि गर्ने, युवामा खेल तथा स्वच्छ प्रतिष्पर्धाको भावना विकास गर्ने, सामाजिक तथा खेल अनुशासनका माध्यमबाट आपसी भाइचारा...
अमेरिका । नेदरल्याण्डमा जारी आइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि जित हात पारेको छ ।
सिरिज अन्तर्गत अमेरिका र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो ।
नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा भएको खेलमा घरेलु टोलीले अमेरिकामाथि १९ रनको जित हात पारेको हो । नेदरल्यान्ड्सले दिएको २ सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४९ दशमलव ५ ओभरमा अल आउट हुँदै २ सय १८ रन मात्र बनायो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३७ रन जोडेको थियो ।
८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित अमेरिका २ अंकका साथ छैटौं स्थानमा छ । स्कटल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ।
अंकतालिकामा २ अंकका साथ नेपाल ...
नेपाल । आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले भारतमा छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपाली टोलीको बिदाइ गरेको हो । क्यानका अनुसार नेपालले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण गर्नेछ ।
क्यानले एक साताअघि मात्र बन्द प्रशिक्षणका लागि रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरेको थियो । नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो ।
सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान रहेको छ । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो...
अमेरिका । पेरिस ओलम्पिक २०२४ सम्पन्न भएको छ । दुई साता भन्दा धेरै दिन सञ्चालन भएको उक्त प्रतियोगितामा अमेरिका पहिलो भएको छ ।
चीनलाई पछि पार्दै अमेरिका पहिलो भएको हो ।अमेरिका र चीनले समान ४० स्वर्ण जिते पनि रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो ।
अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्यो । चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो ।
जापान तेस्रो भयो । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जित्यो । अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो भयो ।
आयोजक फ्रान्स पाँचौ स्थानमा रह्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जित्यो ।
पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।
३३औँ ग्रीस्मकालीन ओलम्पिक अर्थात् पेरिस ओलम्पिक २०२४ को भव्य समापन गरिएको छ । ८० हजार दर्शकब...