सातौं संस्करणको बागमती गोल्डकप सुरु, प्रचण्डबाट उद्घाटन
नेपाल (हेटौंडा) । मकवानपुरको बागमती गाउँपालिकामा सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सुरु भएको छ ।
गाउँपालिका वडा–४, झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् ।
मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको शनिबार उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको बताए । भ्रष्टाचारको अन्त्य नगरेसम्म राष्ट्रिय एकता कायम हुन नसक्ने उनले दाबी गरे ।
भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा, सामाजिक न्यायको पक्षमा र आ...







