१३ भाद्र २०८३, शनिबार

राजनीति/समाज

प्रधानमन्त्री कार्की र नेकपा एमालेका अध्यक्ष ओलीबीच तीन घण्टा भेटवार्ता

प्रधानमन्त्री कार्की र नेकपा एमालेका अध्यक्ष ओलीबीच तीन घण्टा भेटवार्ता

नेपाल । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बिहीबार भेटवार्ता भएको छ । उनीहरूबीच बालुवाटारमा झण्डै तीन घण्टा भेटवार्ता भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच फागुन २१ गतेको निर्वाचनलाई भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गराउने विषयमा छलफल भएको हो । अध्यक्ष ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गराउन सुरक्षा व्यवस्थाबारे चासो राखेका उनले बताए । ...
सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन निम्तो गरेका छौंः गगन थापा

सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन निम्तो गरेका छौंः गगन थापा

नेपाल । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीको नेतृत्व र नीति परिवर्तन गरी रूपान्तरणको प्रक्रिया आरम्भ गर्नुपर्ने बताएका छन् । बिहीबारको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि उनले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गर्ने अपेक्षा रहेको बताउँदै त्यही कारण महाधिवेशन प्रतिनिधि बोलाइएको प्रस्ट पारे । उनले विशेष महाधिवेशनले पार्टीमा कुनै असर नपर्ने बताए । थापाले पार्टी विभाजनको बहस नगर्न आग्रह गरे । उनले पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले निर्देशन दिएकै कारण विशेष महाधिवेशन आह्वान गरिएको बताए । थाापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन निम्तो गरिएको उल्लेख गरे।...
पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन तत्काल रोक्न काँग्रेस संस्थापन पक्षको अपिल

पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन तत्काल रोक्न काँग्रेस संस्थापन पक्षको अपिल

नेपाल । नेपाली कांग्रेसले पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन तत्काल रोक्न अपिल गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको नियमित र विशेष महाधिवेशनको मिति तय गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै भएको प्रस्ट पार्दै विशेष महाधिवेशन रोक्न अपिल गरेको हो । बैठकपछि केन्द्रीय सदस्य नारायणप्रकाश साउदले केन्द्रदेखि वडा कार्यसमितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण नेताकार्यकर्ता पङ्क्तिलाई पुस २७ र २८ गतेका लागि तय भएको विशेष महाधिवेशनमा उपस्थित नहुन अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।...
रास्वपाद्वारा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार छनौटको प्रक्रिया शुरु

रास्वपाद्वारा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार छनौटको प्रक्रिया शुरु

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार छनौटको प्रक्रिया शुरु गरेको छ । रास्वपाले पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन उम्मेदवारी दिने अन्तिम समय पौष २६ गते राति १२ बजे सम्म तोकेको छ भने उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप मार्फत दिन सकिने जनाएको छ । उम्मेदवारको आवेदन शुल्क २५ हजार तोकिएको छ । साथै आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र, पार्टी पालिका समितिबाट जारी सिफारिस पत्रका आधारमा सचिवालयले अन्तिम निर्णय गर्ने जनाएको छ । ...
पुस २७ र २८ गतेका लागि नेपाली काँग्रेसको विशेष महाधिवेशन आह्वान

पुस २७ र २८ गतेका लागि नेपाली काँग्रेसको विशेष महाधिवेशन आह्वान

नेपाल । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ। बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारपसार समितिका संयोजक सुवास पोखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रीय विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिए । उनले केन्द्रीय विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय र उत्साहपूर्ण रूपमा सहभागी हुन आग्रह गरे । उनले पार्टी केन्द्रले विशेष महाधिवेशनको स्वामित्व लिँदै आफ्नो दायित्व पूरा गर्ने विश्वास पनि व्यक्त गरे । वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई एकताबद्ध र थप सुदृढ बनाउन यो विशेष महाधिवेशन कोशेढुंगा सावित हुने उनको दावी छ । ...
चुनावका लागि एक लाख ३४ हजार म्यादी प्रहरीको भर्ना खुल्यो

चुनावका लागि एक लाख ३४ हजार म्यादी प्रहरीको भर्ना खुल्यो

नेपाल । प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ३४ हजार निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले १ लाख ३३ हजार ९८० म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । म्यादी प्रहरीको सेवा अवधि नियुक्ति मितिदेखि जम्मा ४० दिन रहनेछ। ...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले दिए राजीनामा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले दिए राजीनामा

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बुधबार राति राजीनामा दिएका छन् । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयसमेत सम्हालेका मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । बालुवाटारबाट फर्केपछि ऊर्जा मन्त्रालयमा उनले पत्रकार सम्मेलन गरेर राजीनामा दिएको जानकारी दिएका थिए । यसअघि राजनीतिमा सहभागी भएका मन्त्रीहरूलाई पदबाट राजीनामा दिन प्रधानमन्त्रीले दबाव दिएपछि उनले अजा राजीनामा बुझाएका हुन् । ...
विशेष महाधिवेशनमा संलग्न नहुन नेपाली कांग्रेस संस्थापन पक्षको अपिल

विशेष महाधिवेशनमा संलग्न नहुन नेपाली कांग्रेस संस्थापन पक्षको अपिल

नेपाल । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेताकार्यकर्तालाई अपिल गरेको छ । केन्द्रीय कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यलाई अपिल गरेको हो । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज पत्रकार सम्मेलन गरी यही पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस केन्द्रीय कार्यालयले सो परिपत्र जारी गरेको हो । गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनका लागि पार्टी केन्द्रीय कार्या...
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४४ जनाले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४४ जनाले गरे उम्मेदवारी दर्ता

नेपाल । २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । रिक्त भएको १८ सिटका लागि उम्मेदवारी दर्ता भएको हो । एमाले र काँग्रेसले गठबन्धन गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीले एक्लै उम्मेदवारी दिएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार बुधबार सात वटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ । नेकपा (एमाले) बाट रोशनी मेचे (कोशी), सोमनाथ पोर्तेल (कोशी), रेखा कुमारी झा (मधेस), प्रेम प्रसाद दंगाल (बागमती), सम्झना देवकोटा (गण्डकी), रामकुमारी झाँक्री (लुम्बिनी), मीनासिंह रखाल (कर्णाली), लिलाकुमारी भण्डारी (सुदूरपश्चिम) ले उम्मेदवारी मनोनयन गर्नुभएको छ । नेपाली कांग्रेसबाट सुनिल बहादुर थापा (कोशी), धर्मेन्द्र पासवान (मधेश), रञ्जित कर्ण (मधेश...
आगामी निर्वाचनका लागि आवश्यक नमुना मतपत्र छपाइ सुरु

आगामी निर्वाचनका लागि आवश्यक नमुना मतपत्र छपाइ सुरु

नेपाल । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक नमुना मतपत्र छपाइ बुधबारदेखि सुरु भएको छ । निर्वाचन आयोगको समन्वयमा जनक शिक्षा सामग्री केन्द्रले नमुना मतपत्र छाप्न सुरु गरेको हो । मङ्गलबार डमी मतपत्र छापिएको भए पनि बुधबारदेखि पूर्ण रूपमा अन्य मतपत्र छाप्न सुरु गरिएको हो । नमुना मतपत्र १० लाख थान छापिने केन्द्रले जनाएको छ । यो काम बिहीबार सकिने छ । नमुना मतपत्र गाउँ गाउँमा मतदाता शिक्षाका लागि प्रयोग गरिने छ । नमुना मतपत्र छपाइ सकिएपछि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने छ । समानुपातिकको मतपत्र दुई करोड आठ लाख ५० हजार थान छापिने छ । यो काम माघ ९ गते सक्ने जनक शिक्षा सामग्री केन्द्रको योजना छ । त्यसपछि माघ १२ गतेबाट प्रत्यक्षतर्फको मतदानका लागि मतपत्र छपाइ सुरु गरिने केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिनुभयो । प्रत्यक्षतर्फको मतदानका लागि दुई करोड थान मतपत्र छापिन...