वर्तमान सत्ता गठबन्धन अर्को निर्वाचनसम्म कायम रहन्छः महत
नेपाल । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने बताएका छन् ।
नुवाकोटको दुप्चेश्वर-६ स्थित समुन्द्रटारमा सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा महतले नेकपा (माओवादी केन्द्र)को बारम्बारको घुर्कीबाट दुई ठूला दलबीच देश विकासका लागि गरिएको अहिलेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने दावी गरे ।
सरकार सञ्चालनमा ठूलो दल कांग्रेसले पार्टीभन्दा माथि देश र जनताको पक्षमा काम गर्न प्रतिनिधिहरू खटाएको उनले स्मरण गरे ।...







