रविको आदेशमा डीपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी
नेपाल । रास्वपाले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।
सभापति रवि लामिछानेविरुद्ध मुद्दा अघि बढेपछि सोमबार बसेको सचिवालय बैठकले अर्याललाई जिम्मेवारी दिएको हो ।
सरकारी वकिल कार्यालय कास्कीले आइतबार लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ ।
अर्का उपसभापति डा. स्वर्णिम वाग्ले भन्दा कम उमेरका भएपनि रविकै आदेशमा डीपीलाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय भएको हो ।
...








