२१ फाल्गुन २०८२, बिहीबार

राजनीति/समाज

एमालेबाट निष्काशित डा. भीम रावलले नयाँ पार्टी खोल्ने !

एमालेबाट निष्काशित डा. भीम रावलले नयाँ पार्टी खोल्ने !

नेपाल । बुधबार नेकपा (एमाले) ले साधारण सदस्य समेतबाट निष्काशित गरेसँगै डा. भीम रावलले नयाँ पार्टी खोल्नेबारे छलफल अगाडि बढाएका छन् । पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेपछि अब आफू एमालेमा नरहेको र विद्यमान कुनै पनि पार्टीमा नजाने घोषणा रावलले गरेका छन् । कारबाहीमा परेलगत्तैदेखि रावलले आफू निकटका नेता–कार्यकर्ताहरूसँग कसरी अगाडि बढ्ने भन्नेबारे छलफल थालेका छन् । धेरैले नयाँ पार्टी खोलेर अगाडि बढ्नु भन्ने सल्लाह दिएको बुझिएको छ ।...
सहकारी ठगीमा संलग्नता नरहेको अदालतसमक्ष रविको इन्कारी बयान

सहकारी ठगीमा संलग्नता नरहेको अदालतसमक्ष रविको इन्कारी बयान

नेपाल । रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्दै जिल्ला अदालत, कास्कीमा इन्कारी बयान दिएका छन् । बिहीबारदेखि सुरु थुनछेक बयानमा उनले सहकारी ठगीमा संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका हुन् । उनको बयान नसकिएकाले शुक्रबार पनि निरन्तर प्रश्नहरू सोधिनेछ । बयानका विस्तृत विवरणहरू आइसकेका छैनन् । प्रहरीले ९० दिनसम्म गरेको अनुसन्धानका आधारमा लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो । यसपछि अहिले अदालतमा थुनछेक बयान चलिरहेको छ ।...
कांग्रेसको सय दिने अभियानको समय माघ १६ गतेसम्म लम्बियो

कांग्रेसको सय दिने अभियानको समय माघ १६ गतेसम्म लम्बियो

नेपाल । नेपाली कांग्रेसको सय दिने अभियानको समय माघ १६ गतेसम्म लम्बिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २३ देखि भदौ १६ गतेसम्म बसेको बैठकको निर्णय बमोजिम सांगठनिक गतिविधि प्रभावकारी बनाउन असोज ७ मा थालेको ‘१०० दिने विशेष अभियान’ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन यही पुस १६ गते समापन हुनैलाग्दा केही जिल्लामा ढिलाइ भएको भन्दै एक महिना समय थपिएको हो । कांग्रेसले विज्ञप्ति जारी गर्दै केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाई र अन्य विविध कारणले केही जिल्लामा ‘१०० दिने विशेष अभियान’ को तोकिएका कार्य सम्पादन हुन नसकेका भन्दै ती जिल्लाहरूले शहीद दिवसका दिन १६ माघ २०८१ समापन गर्ने गरी समयावधि थप गरिएको जनाएको छ । ’...
कांग्रेसको आर्थिक नीति तथा योजना र स्वास्थ्य विभागमा सदस्य मनोनयन

कांग्रेसको आर्थिक नीति तथा योजना र स्वास्थ्य विभागमा सदस्य मनोनयन

नेपाल । नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज पार्टीको विधान २०१७ (संशोधनसहितको धारा २५ बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रा डा गोविन्दराज पोखरेल प्रमुख रहेको पार्टीको आर्थिक नीति तथा योजना विभागमा सदस्य थप गर्नुभएको हो । सभापति देउवाले प्रा विनय कुसियत (धनुषा), प्रा डा रश्मी राजभण्डारी (काठमाडौँ), डा सुदन ओली (रोल्पा), डा ईशा घर्ती (लमजुङ), डा रेवतबहादुर कार्की (ओखलढुङ्गा), डा प्रताप छत्कुली (धादिङ), डा राजेन्द्रवीर चन्द (कैलाली), अमरबहादुर रोकाय (सुर्खेत), राजकुमार त्रिपाठी (धादिङ) र होमप्रसाद घिमिरे (ललितपुर) लाई सदस्यमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसैगरी नेपाली कांग्रेसले पार्टीको स्वास्थ्य विभागमा १० सदस...
एमालेको केन्द्रीय कमिटी बैटक पुस २१ र २२ मा, चार अजेण्डा तय

एमालेको केन्द्रीय कमिटी बैटक पुस २१ र २२ मा, चार अजेण्डा तय

नेपाल । नेकपा एमालेले पुस २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय कमिटीको आठौं बैठक बोलाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतका सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्ताव गरेर ४ वटा एजेण्डामा छलफल हुने जनाएको छ ।...
देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेको छः सिटौला

देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेको छः सिटौला

नेपाल । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसले जति देश विकासमा जति अरूले नगरेको दाबी गरेका छन् । १०० दिने अभियान अन्तर्गत काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेको बताए । म गरेको छैन। यो त दाबाका साथ हामी भन्छौँ ।’ निरंकुश राणा शासनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध काँग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याएको बताए । ...
नेकपा एमालेले भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी हटायो

नेकपा एमालेले भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी हटायो

काठमाडौँ । नेकपा एमालेले पूर्व उपाध्यक्ष डा. भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी संगठित सदस्यबाटै हटाएको हो । एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ । एमालेले उनीहरुलाई यसअघि ४ कात्तिक स्पष्टीकरण सोधेको थियो । पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो ।...
संविधान संशोधन गर्न कार्यदल गठन गर्ने सरकारको तयारी

संविधान संशोधन गर्न कार्यदल गठन गर्ने सरकारको तयारी

नेपाल । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताउनुभएको छ । संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उहाँले बताउनुभयो । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गरिने बताउनुभयो । संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उहाँले जानकारी दिनुभयो । समावेशितालाई कमजोर बनाउन होइन बरु थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको उहाँको भनाइ थियो ।...
वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै

वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै

नेपाल । वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा प्रवेश गराउन दुवै पक्षले वार्ता टोली बनाएका छन् । गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरणका लागि दुवै टोलीले वार्ता समिति बनाएका हुन् । गौतमका तर्फवाट अभियानका महासचिव डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता कमिटी गठन भएको छ भने एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा सदस्य रहेको वार्ता समिति बनाएका छन् । ...
सहकारीको रकम हिनामिना गरेको आरोपमा पूर्व सांसद गुरुङ पक्राउ

सहकारीको रकम हिनामिना गरेको आरोपमा पूर्व सांसद गुरुङ पक्राउ

नेपाल । सहकारीको रकम हिनामिना गरेको आरोप लागेकी गण्डकी प्रदेशकी पूर्वसांसद मिना गुरुङ पक्राउ परेकी छन् । सुर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोप लागेकी गुरुङलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ६३ लाई प्रतिवादी बनाएर आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो ।  ...