विजय गौतमको अपिल- ‘यो मेरो होइन, यो भूगोलको भविष्यको फैसला हो’
नेपाल (मकवानपुर) । प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा मकवानपुर क्षेत्र नम्बर–१ अन्तर्गत बकैया गाउँपालिका–५ (राजदमार र कर्मचुली) तथा बकैया–६ (जुनेलीबस्ती) मा आयोजित अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमले चुनावी माहोललाई थप तातो बनाएको छ। स्थानीयको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो ।
कार्यक्रममा बोल्दै मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बिजय गौतमले देशको वर्तमान संकट समाधानका लागि नेकपाको जित अपरिहार्य भएको बताए। उनले राष्ट्रिय स्वाधीनता, सुशासन र सामाजिक न्यायको मुद्दालाई चुनावको केन्द्रमा राख्दै, “यो चुनाव कुनै व्यक्तिको जित–हारको विषय मात्रै होइन, यो भूगोलको भविष्यको फैसला हो,” भने ।
गौतमले आफू बकैयामै हुर्किएको, यहीँ पढेको र यही माटोसँग गाँसिएको उम्मेदवार भएको स्मरण गराउँदै स्थानीय...









