२ बैशाख २०८३, बुधबार

ताजा समाचार

धरानमा हर्क साम्पाङको धमाकाः सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध

धरानमा हर्क साम्पाङको धमाकाः सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध

नेपाल । धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो । उपमहानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा १५ दिनभित्र सार्वजनिकस्थलबाट सुर्तिजन्य वस्तु पूर्णरुपमा नहटाए जफत गरेर कानुन बमोजिम जरिवाना गरिने उल्लेख छ । बजारमा जथाभावी सुर्तिजन्य पदार्थ किनबेच हुँदा एकातिर मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको र अर्कातिर गुट्खा, खैनी आदिका बट्टा जथाभावी फालिँदा फोहर बढेकाले प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले बताउ ।...
गैरकानूनी सम्पत्ति आर्जनमा संविधानसभा सदस्य इच्छाराज तामाङ दोषी ठहर

गैरकानूनी सम्पत्ति आर्जनमा संविधानसभा सदस्य इच्छाराज तामाङ दोषी ठहर

नेपाल । संविधानसभा सदस्य तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार फैसला गर्दै तामाङ दम्पत्ती र अन्य एक जनाको हकमा कसुर ठहर गरेको हो । सिभिल सहकारी ठगी प्रकरणपछि सम्पत्ती शुद्धिकरण विभागले उनको सम्पत्ती छानबिन गरेको थियो । उनी ठगी मुद्दामा हाल जेलमा छन् ।...
शारीरिक अशक्तलाई घरघरै पुगेर नागरिकता

शारीरिक अशक्तलाई घरघरै पुगेर नागरिकता

नेपाल (हेटौंडा) । मकवानपुर प्रदेशसभा २ क का सांसद तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको पहलमा भीमफेदी गाउँपालिका ८ ईपास्थित लापोपलका शाररिक अशक्त दिदीभाईलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले घरमै पुगेर नागरिकता प्रदान गरेको छ । स्थानीय दुर्खा बहादुर थिङका २० वर्षीय छोरी सुनिता थिङ र १७ वर्षीय छोरा सुरेन्द्र थिङलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेल, नायब सुब्बा अस्विन कुमार अर्याल र सहदेव आचार्यले घरमै पुगेर नागरिकता प्रदान गरेको भीमफेदी ३ नम्बर वडा अध्यक्ष प्रितिलाल लामाले बताए । थिङ दिदीभाइलाई बस्न र खाना खानको लागि समेत समेत अरुको सहारा चाहिने र हिँडडुल गर्न नसक्ने स्थानीय अमृत बलले बताए । आर्थिक अवस्था कमजोर रहेका दुर्खा बहादुरले छोरा छोरीको नागरिकता बनेपछि खुशी ब्यक्त गरे । ‘आर्थिक नहुँदा लालनपालनमा समस्या छ, नागरिकता बनेपछि भने अपाङ...
बीडीए मासाच्युसेट्स च्याप्टरद्वाराआयोजित कार्यक्रममा ४४ जनाले गरे रक्तदान

बीडीए मासाच्युसेट्स च्याप्टरद्वाराआयोजित कार्यक्रममा ४४ जनाले गरे रक्तदान

सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकाको बोस्टन सहरमा ब्लड डोनर्स अफ अमेरिका (बीडीए), मासाच्युसेट्स च्याप्टरद्वारा आयोजित रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन्। कार्यक्रम गत जनवरी २० तारिख शनिवारका दिन 594 Washington Street, Braintree, MA-02184 स्थित पशुपतिनाथ बुद्ध मन्दिर रहेको सामुदायिक भवनमा आयोजना गरिएको थियो । रक्तदान, जीवन दान’ भन्ने कथनलाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा, मासाच्युसेट्स जनरल हस्पिटलको ‘रक्तदान, जीवन दान’ भन्ने भनाइलाई चरितार्थ पार्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमलाई मासाच्युसेट्स जनरल हस्पिटलले प्राविधिक सहयोग गरेको थियो । प्रतिकूल मौसमका बावजूद पनि बिहान ९ बजेदेखि अपरान्ह २ बजेसम्म सञ्चालन भएको कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ । बीडीए मासाच्युसेट्स च्याप्टरका अध्यक्ष राम थापाले मौसम प्रतिक...
‘गेम चेन्जर’का रूपमा देखा परेको ‘विज्ञान, प्रविधि र नवप्रवर्द्धन’

‘गेम चेन्जर’का रूपमा देखा परेको ‘विज्ञान, प्रविधि र नवप्रवर्द्धन’

‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलन कम्पाला, युगान्डा, १९–२० जनवरी २०२४ मा सम्पन्न भयो । उक्त सम्मेलनमा सहभागी भई प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त सम्मलनमा दिनुभएको मन्तव्यः ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ भन्ने महत्त्वपूर्ण नाराका साथ अफ्रिाकाको मोती, सुन्दर देश युगान्डामा आयोजना हुन लागेका असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न पाउँदा सम्मानित महसुस गरेको छु । साझा समृद्धिका लागि शान्ति अतिआवश्यक भएको समयमा यो सम्मेलन सफलताका लागि मैले गौतम बुद्धको जनस्थलबाट शान्तिको सन्देश लिएर आएको छु । असम्लग्नहरूको ऐतिहासिक आन्दोलनको नेतृत्व गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाउनुभएकोमा अध्यक्ष महोदयलाई सर्वप्रथम म हार्दिक बधाई ज...
गैरआवासीय नेपाली संघद्वारा विभिन्न परोपकारी काममा साढे ६ करोड बढीको आर्थिक सहयोग

गैरआवासीय नेपाली संघद्वारा विभिन्न परोपकारी काममा साढे ६ करोड बढीको आर्थिक सहयोग

नेपाल । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)ले नयाँ कार्यसमिति आएपछि परोपकारी काममा साढे ६ करोड बढी आर्थिक सहयोग गरेको छ । एनआरएनए आईसीसी अध्यक्ष डा. बद्री केसी तथा पदाधिकारीको उपस्थितिमा शनिबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नयाँ कार्यसमितिको तीन महिने अवधिमा विभिन्न परोपकारी कार्यमा साढे ६ करोड बढी आर्थिक सहयोग गरेको विवरण सार्वजनिक गरिएको हो । अध्यक्ष केसीको नेतृत्वमा गत अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेतृत्व समालेको ९० दिन पूरा भएको छ । विश्वका ५९ देशका महाधिवेशन प्रतिनिधिहरूले इतिहासमै पहिलोपटक अनलाइन मतदानमार्फत् अध्यक्षमा डा. केसीसहितको नयाँ कार्यसमिति चुनेको थियो । कार्यसमितले काम थाल्न नपाउँदै आएका तमाम अड्चन र चुनौतीबीच तीन महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू...
नेपाल बीउ व्यवसायी संघको साधारण सभा सम्पन्न

नेपाल बीउ व्यवसायी संघको साधारण सभा सम्पन्न

नेपाल (हेटौँडा) । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको नवौँ साधारण सभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा हेटौँडा उपमहानगरपालिका १८ स्थित गुम्बाडाँडामा भएको साधारण सभाका वक्ताहरुले बीउबिजनमा नेपालको परनिर्भरता बढ्दै गएको भन्दै देशभित्रै गुणस्तरीय बीउ उत्पादनका लागि नीति निर्माणमा जोड दिइएको थियो । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कंडेलले राम्रो बीउ हुँदा उत्पादन वृद्धि हुने भन्दै गुणस्तीरय बीउ आवश्यक भएको बताउनुभयो । उहाँले नेपालमा कृषिसम्बन्धी प्रविधि हस्तान्तरणमा बीउबिजन व्यवसायीको ठूलो योगदान रहेको बताउँदै आयात प्रक्रिया लामो हुँदा बीउ आउन ढिलाई हुने गरेको बताउनुभयो । नेपाल बीउ व्यवसायी संघका केन्द्रीय महासचिव विश्वराज बानियाँले बिउबिजनसम्बन्धी नियमावलीको अभावमा बीउबिजन दर्ता रोकिएको भन्दै मौसममा आएको परिवर्तनले पनि कृषि उत्पादनम...
रौतहट सहकारी संघमा पोखरेलको नेतृत्व

रौतहट सहकारी संघमा पोखरेलको नेतृत्व

नेपाल (चन्द्रपुर) । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा संकल्प साकोसका बिभुकुमार पोखरेल निर्वाचित भएका छन । शनिबार चन्द्रनिगाहपुरमा भएको संघको चुनाबी साधरण सभाले पोखरेललाइ अध्यक्षमा चयन गरेको हो । यसैगरी समितिको उपाध्यक्षमा सृष्टि साकोसका रामविश्वास पासवान, महासचिबमा नव बिकास साकोसका देबबहादुर सापकोटा, सचिबमा चन्द्रोदयका बसन्त आचार्य, कोषाध्यक्षमा स्वस्तिक साकोसका नरेन्द्र राना चयन भएका छन । यसैगरी सदस्यहरुमा कल्पना दाहाल, पदमप्रसाद पहाडी,दुर्गादेबी दाहाल,लक्ष्मीकुमारी घिमिरे, रामाकान्तप्रसाद, दुर्गा आचार्य, राजेन्द्र राय यादब चयन भएका छन । यस्तै लेखा समितिको संयोजकमा जितेन्द्र चौधरी, सदस्यमा इश्वरीप्रसाद पौडेल र धर्मबिर ठाकुर चयन भएको निर्वाचन समितिले जनाएको छ । ...
कंगोमा ज्यान गुमाएका सिल्लाको परिवारलाई एनआरएनएबाट साढे २६ लाख सहयोग

कंगोमा ज्यान गुमाएका सिल्लाको परिवारलाई एनआरएनएबाट साढे २६ लाख सहयोग

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका सिलसिलामा कंगोमा ज्यान गुमाएका डोटी आदर्श गाउँपालिका ६ का सुरेश सिल्लाको परिवारलाई साढे २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. बद्री केसीले शनिबार केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित समारोहमा पीडित परिवारलाई २६ लाख ६१ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चार महिने नाबालक खगेन्द्रसहित उपस्थित सिल्लाकी पत्नी राजु सिल्ला, पिता पदमबहादुर सिल्ला, दाजु वीरेन्द्रसिंह सिल्ला, ठूलो बुवा धनबहादुर सिल्ला र आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्काले एनआरएन अध्यक्ष केसीसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीबाट चेक बुझेका थिए । परिवारलाई हस्तान्तरण गरिएको रकम राष्ट्रिय समन्वय परिषद् कंगोले संकलन गरेको थियो । एनआरएनए कंगोका अध्यक्ष विष्णु गिरीले सहयोग जुटाउन नेतृत्व गरेका थिए । एन...
वडा स्तरमै पुगेर बैंकले वितरण गर्यो सामाजिक सुरक्षा भत्ता

वडा स्तरमै पुगेर बैंकले वितरण गर्यो सामाजिक सुरक्षा भत्ता

नेपाल (हेटौंडा) । मकवापुरगढी गाउँपालिकाले वडा स्तरबाट नै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण कार्य सुरु गरको छ । मकवानपुरगढी गाउँपालिकाको– ८ वटै वडाहरु मध्ये वडा नम्बर –८ मा पहिलो चरणको वडा स्तरबाट भत्ता वितरणको काम गत बिहीबार सुरु गरेको हो । गाउँपालिका केन्द्रमा रहेको नबिल बैंकसम्म आउन जान वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि वडा स्तरबाट सेवा दिने कामको सुरुवात गरेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताउनु भयो । यसैक्रममा मकवानपुरगढी– ८ बुढिचौरमा वडा स्तरीय सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम मार्फत जम्मा ६७ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता रकम बुझेको पञ्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाईले बताउनु भयो । हेटौडा उपमहानगरपालिकासंग जोडिएको नजिकको पालिका भएता पनि यस गाउँपालिकाका केही वडाहरु विकट र दुर्गममा रहेकाले बिषेश गरी अहिले दोस्रो किस्ता अन्तर...