१९ जेष्ठ २०८३, मंगलवार

ताजा समाचार

काभ्रेको पनौतीबाट चलचित्र ‘झिँगेदाउ २’को छयाङ्कन सुरु

काभ्रेको पनौतीबाट चलचित्र ‘झिँगेदाउ २’को छयाङ्कन सुरु

नेपाल । निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट चलचित्र ‘झिँगेदाउ २’को छायांकन सुरु गरेका छन् । सोमबार शुभमुहूर्त सहित साढे तीन करोड लगानी रहने सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेलको छयांकन सुरु गरिएको निर्माता समेत रहेको निर्देशक देउजाले बताए । मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन सुरु भएको सिनेमाको सेड्युल ६० दिनको राखिएको छ । यो सिनेमाका लागि काभ्रेको पनौतीमा भव्य सेट लगाइएको छ । त्यसपछि काठमाडौँ, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा यो सिनेमाको छायांकन गरिनेछ । अर्को वर्षको दसैँमा रिलिज लक्ष्य राखिएको सिनेमाको कथा ‘झिँगेदाउ’ सकिएको दृश्यबाट नै निरन्तरता दिएको छ । कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसा...
सरकार र जेनजी जनआन्दोलनका अभियन्ताबीच सम्झौतापत्रको मस्यौदाको अन्तिम तयारी

सरकार र जेनजी जनआन्दोलनका अभियन्ताबीच सम्झौतापत्रको मस्यौदाको अन्तिम तयारी

नेपाल । सरकार र जेनजी संयुक्त जनआन्दोलनका अभियन्ताबिच हस्ताक्षर हुने सम्झौतापत्रको मसौदाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि भइरहेको द्विपक्षीय परामर्शमा सम्झौतापत्रको खाका तयार पार्ने गृहकार्य अन्तिम चरणमा पुगेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको टोली र जेनजीका प्रतिनिधिबिचमा सम्झौतापत्र अन्तिम चरणमा पुर्याउने काम भएको बताउनुभयो । उहाँका अनुसार केही सामान्य प्राविधिक शब्द मात्रै मिल्न बाँकी छ । सरकार र जेनजीबिचमा हुने सम्झौताको मसौदामा सबै विषय टुङ्ग्याएर सम्झौतामा हस्ताक्षर हुने छ । यसैबिच प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सम्झौताका सन्दर्भमा ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार भएको भेटमा अभियन्ता गुरुङले सरकार ...
सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनल प्रवेश, बुधबार काठमाण्डु र लुम्बिनी भिड्दै

सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनल प्रवेश, बुधबार काठमाण्डु र लुम्बिनी भिड्दै

नेपाल । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग ९एनपिएल०को फाइनल प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलमा लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो । सुरुमा ब्याटिङ १५६ रनको चुनौती पछ्याएको विराटनगर १४ ओभर १ बलमा सबै विकेट गुमाएर ७८ रनमा समेटिएको हो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धशतकको योगदान दिनुभयो । उहाँले ५२ बलको सामना गर्दा तीन चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६३ रन बनाउनुभयो । पूरै २० ओभर खेल्दा सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । उसका लागि भण्डारीको अर्धशतकसँगै शेल्डन ज्याक्सन, आरिफ शेखले समान २०–२० रन जोड्दा हरमित सिंहले १४ रन थप्नुभयो । डा‍‍. इशान पाण्डेले १३ रन बनाउँदा मुख्तार अहमदले १० रन जोड्नुभयो । विराटनगरका लागि प्रतिश जिसी र मर्चेन्ट डि लेङ्गाले दुईदुई विकेट लिँदा सूर्य तामाङ र साम हिजलेटले...
कवि सुनिता अधिकारीको ‘सुनिताका अनुभूतिहरू’ लोकार्पण

कवि सुनिता अधिकारीको ‘सुनिताका अनुभूतिहरू’ लोकार्पण

नेपाल । कवि सुनिता अधिकारीको कविताकृति ‘सुनिताका अनुभूतिहरू’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कृति सार्वजनिक कार्यक्रममा कवि तुलसी दिवसले यसभित्रका कवितामाथि चर्चा गरे । उनले कविताकृति युवा हृदयको ताजगी र सशक्त अभिव्यक्तिको सुन्दर संगम भएको उल्लेख गरे । कवि शैलेन्द्र साकारले कृतिमा देखिने ताजगी, परिपक्वता र कविताको स्वाभाविक प्रवाहबारे बताए । आभा सेतु सिंहले पुस्तकले युवापुस्ताको भावना, संवेदना र समकालीन दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताइन् । समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले कविताको भाषिक सौन्दर्य, भावप्रवाह र संवेदनशीलता उल्लेखनीय रहेको टिप्पणी गरे । कार्यक्रममा कथाकार माया ठकुरी, प्राडा विष्णुहरि नेपाल, कवि मणिराज सिंह, कृतिकार अधिकारीलगायत स्रष्टाले बोलेका थिए ।...
जीबीसीसीको बोर्ड बैठक: सन् २०२६ का कार्यक्रमहरूको योजना प्रस्तुत गर्न निर्देशन

जीबीसीसीको बोर्ड बैठक: सन् २०२६ का कार्यक्रमहरूको योजना प्रस्तुत गर्न निर्देशन

-हेम गिरी (कोलोराडो) । कोलोराडोमा रहेको ग्लोबल भुटानीज कम्युनिटी कोलोराडो (GBCC) ले सन् २०२५ को अन्तिम बोर्ड बैठक सम्पन्न गरेको छ । बैठकमा सन् २०२५ भरि सम्पन्न सबै कार्यक्रमहरूको समिक्ष गरे संगै आगामी वर्षका लागि नयाँ योजनाहरूबारे छलफल पनि भएको थियो । बैठकले संस्थाका सबै संयोजकहरूलाई सन् २०२६ को वार्षिक कार्ययोजना (Agenda) अर्को हप्तासम्म प्रस्तुत गर्न निर्देश गरेको छ । यी कार्ययोजनाहरू आगामी बैठकमा प्रायोजकहरु माझ प्रस्तुत गरिने जनाइएको छ । यसैगरी, जीबीसीसीले आफ्ना वर्ष भरि सम्पन्न भएको कार्यक्रमहरुको प्रायोजकहरूप्रति कृतज्ञता व्यक्त गर्न विशेष “स्पोन्सरशिप एप्रिसिएसन इभेन्ट” आयोजना गर्ने समेत निर्णय भएको छ । प्रायोजकहरुसँगको भेटघाट अनि चियापान कार्यक्रम आगामी जनवरी १०, २०२६ (माघ २६, २०८२) शनिबार बिहान १०:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म आयोजना हुने संस्थाका अध्यक्ष चूडा बरालले जानकारी...
रास्वपाले खुलायो प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको उम्मेदवारको आवेदन

रास्वपाले खुलायो प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको उम्मेदवारको आवेदन

नेपाल । रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको उम्मेदवारका लागि गत आइतबारदेखि आवेदन खुलाएको छ । उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले एक सार्वजनिक सूचनामार्फत आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यका लागि आवेदन खुल्ला गरेको जनाएका छन् । पार्टीको मोबाइल एपबाट आवेदन मागिएको छ आवेदन शुल्क २५ हजार तोकिएको छ । रास्वपाले समानुपातिकको उम्मेदवारका लागि भने ५० हजार शुल्क निर्धारण गरेको छ । ...
प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न सर्वोच्चको आदेश

प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न सर्वोच्चको आदेश

नेपाल । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न आदेश दिएको छ । सोमबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश गरेको सर्वोच्च अदालत प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताए । शाक्यलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिन सर्वोच्चले आदेश दिएको हो । जेनजी आन्दोलनपछि कुलमान घिसिङ मन्त्री बनेपछि शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको थियो । त्यसपछि उनी सर्वोच्च गएका थिए । कुलमान घिसिङ ऊर्जामन्त्री बनेलगत्तै शाक्यलाई आयोगमा सरूवा गरी कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए ।...
राष्ट्र बैंकद्वारा कृत्रिम बौद्धिकता निर्देशिकाको मस्यौदा सार्वजनिक

राष्ट्र बैंकद्वारा कृत्रिम बौद्धिकता निर्देशिकाको मस्यौदा सार्वजनिक

नेपाल । बैंक तथा वित्तीय संस्थामा कृत्रिम बौद्धिकता (एआई) प्रयोगलाई सेवामैत्री, सुरक्षित र निर्दिष्ट बनाउन नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ । आफ्नो नियामकीय दायरामा रहेका वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी, लघुवित्त र भुक्तानी सेवाप्रदायक कम्पनीलाई लक्षित गर्दै तयार पारिएको मसौदामा आवश्यक सुझाव दिन राष्ट्र बैङ्कले आह्वान गरेको छ । निर्देशिकामा वित्तीय सेवाप्रदायक संस्थाको उच्च व्यवस्थापनले एआईको कार्यक्षमता जोखिम व्यवस्थापन र ग्राहक सेवा लक्षित गर्दै एआई रणनीति र कार्यढाँचा निर्माण गर्न भनिएको छ । यस्तो कार्यढाँचामा डेटा गोपनीयता, साइबर सुरक्षा र प्रणालीगत जोखिम जस्ता चुनौतीका विषयमा पनि उचित सम्बोधन हुनुपर्ने उल्लेख छ । एआई प्रणालीले गर्ने निर्णय तथा प्रभावको पूर्ण दायित्व संस्थाको बोर्ड र उच्च व्यवस्थापनमा रहने प्रस्तावित मसौदामा उल्ले...
एनपिएलमा मंगलबार पहिलो क्वालिफायर खेल सुदूरपश्चिम र विराटनगरबीच हुँदै

एनपिएलमा मंगलबार पहिलो क्वालिफायर खेल सुदूरपश्चिम र विराटनगरबीच हुँदै

नेपाल । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबार पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो । मंगलबार जित्ने टोली सिधैँ फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।...
जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प

जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प

नेपाल । जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । जापान मौसम विज्ञान एजेन्सीले स्थानीय समय अनुसार राति ११ः१५ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पपछि होक्काइडो, आओमोरी र इवाते प्रिफेक्चरका तटीय क्षेत्रलाई विशेष सतर्क रहन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भूकम्पको केन्द्र आओमोरी प्रिफेक्चरको तटदेखि करिब ८० किलोमिटर टाढा र ५० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। शक्तिशाली धक्काले जापानको उत्तर र पूर्वका विस्तृत भूभागमा कम्पन महसुस गरिएको थियो। जापानी सार्वजनिक प्रसारक एनएचके का अनुसार जापान मौसम विज्ञान एजेन्सीले होक्काइडो, आओमोरी र इवातेमा सुनामी चेतावनी जारी गरेको छ भने मियागी र फुकुशिमा का तटीय क्षेत्रमा सुनामी परामर्श जारी छ। प्रभावित क्षेत्रका नागरिकलाई उच्च स्थानतर्फ सर्...