३० भन्दा बढी संघसंस्थाद्वारा गायक गणेश रसिकको नागरिक अभिनन्दन
नेपाल । गायक गणेश रसिकको सोमबार राजधानीमा नागरिक अभिनन्दन गरिएको छ । भोजपुर जिल्ला सम्बद्ध ३० भन्दा बढी सङ्घ संस्थाले रसिकको अभिनन्दन गरेको हो । पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले गायक रसिकको अभिनन्दन तथा ‘गणेश रसिकः अभ्यार्थना ग्रन्थ’ कृति सार्वजनिक गर्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्र, राष्ट्रियता र आमनागरिकका पक्षमा सिर्जित रसिकका सिर्जना रैथाने स्वादका र कालजयी रहेको चर्चा गर्नुभयो । उहाँले देश र समाजलाई रसिकले दिनुभएको योगदानका विषयमा लेखिएका लेख सङ्ग्रह गरी ग्रन्थ प्रकाशन गर्नु खुसीको विषय भएको र यसले उहाँका जीवनका आरोह अवरोधका साथै समाज र राष्ट्रलाई दिनुभएको योगदान बुझ्न सहयोग पुग्ने बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले रसिकको साहित्यक र साङ्गीतिकसहित सामाजिक पक्ष समाजका लागि महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । साहित्यकार गणेश रसिकले यो सम्मान तथा अभिन्दनका लागि आ...









