नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा थापालाई सम्मान, सिङ्जाङ्गोलाई पुरस्कार दिने घोषणा
नेपाल । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘प्रतिभा पुरस्कार’ सिक्किम भारतकी युवा इतिहासकार तथा याक्थुङ मुन्धुमका अध्येता सन्ध्या सुब्बा सिङ्जाङ्गोलाई दिने घोषणा गरेको छ ।
त्यस्तै ताप्लेजुङका अग्रज लेखक तथा सञ्चारकर्मी राजेश्वर थापालाई प्रतिभा सम्मानबाट सम्मानित गरिने भएको छ । प्रतिष्ठानको बेलायतमा आइतबार बसेको बैठकले एक लाख रुपियाँ र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार सिङ्जाङ्गोलाई र ५० हजार रुपियाँ र ताम्रपत्रसहितको सम्मान थापालाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष टङ्क बनेमले जानकारी दिनुभयो ।
प्रतिष्ठानले सिङ्जाङ्गोले मुन्धुमको खोजी, अनुसन्धान, अनुवाद र लेखनका साथै स्थानीय रैथाने कला संस्कृति संरक्षणमा सक्रिय रहनुभएकाले उहाँलाई पुरस्कृत गर्ने जनाएको छ । उहाँको अङ्ग्रेजीमा ‘लिम्बू समन्सः अ डाइरेक्टरी अल लिम्बू समन्स इन सिक्किम, चइत मुन्धुम (दी स्टोरी अफ क्रियसन), मुजिङ्ना खेयङ...









