नेपाली, नेपाल भाषा र अङ्ग्रेजी गरी तीन भाषामा लेखिएको पुस्तक विमोचन
नेपाल । लामो समयदेखि फोटो पत्रकारितामा जुटिरहनुभएका अनिल रञ्जितको ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दी स्ट्रगल अगेन्स्ट ल्यान्ड इन्क्रचमेन्ट’ पुस्तक शुक्रबार विमोचन गरिएको छ ।
पाटन सङ्ग्रहालयमा आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपलिकाका मेयर चिरीबाबु महर्जनले सो पुस्तकको लोकार्पण गर्नुभएको हो । विमोचन गरिएको पुस्तक नेपाली, नेपाल भाषा र अङ्ग्रेजी गरी तीन भाषामा लेखिएको छ ।
मेयर महर्जनले सम्पदाप्रेमीहरूका लागि यो पुस्तक अमूल्य दस्ताबेज रहेको बताउनुभयो । यसै गरी उहाँले खोनासहित बुंग र सुनाकोठीलाई सांस्कृतिक नगर घोषणा गर्न प्रस्ताव गरिसकेको जानकारी दिनुभयो । लेखक रञ्जितले करिब पाँच वर्ष खोकनाको अध्ययन गरी यो पुस्तक तयार पारिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस पुस्तकमा खोनाको सांस्कृतिक पक्षलाई मात्र नभई ‘दमन’ र ‘हाखः’ जस्ता सामुदायिक आन्दोलन र असार २० धान रोपाइँ प्रतीकात्मक विरोध जस्ता ...









