नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने
नेपाल । नइ एकेडेमीले निकट भविष्यमा दुई दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ ।
त्रिमूर्ति निकेतनका संयोजक प्राडा महादेव अवस्थीको संयोजकत्वमा सम्पन्न हुने यस सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने ३५० जना प्राज्ञको सहभागिता हुने भएको छ ।
नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि विद्यावारिधि तहको पठनपाठन हुने दुवै देशका सपूर्ण विश्वविद्यालयबाट कार्यपत्रहरू प्राप्त भइसकेको जानकारी दिनुभभयो ।
‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक उक्त ग्रन्थ आठ सय पृष्ठ जतिको हुनेछ । सम्मेलनको प्रथम सत्रमा नै कार्यपत्र समाविष्ट उक्त प्रलेख ग्रन्थको लोकार्पण गरिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
सम्मेलनका लागि सर्वश्री प्राडा ऋषिराम शर्...









