५ असार २०८३, शुक्रबार

भाषा/साहित्य

कविता: भन ! तिम्रो अन्तिम इच्छा के छ ?

कविता: भन ! तिम्रो अन्तिम इच्छा के छ ?

-आर. आर. चौलागाईं- गोली खाएर मर्छौ कि आगोमा जलेर मर्छौ ? फाँसीमा झुन्डिएर मर्छौ कि विष खाएर मर्छौ ? बाढीमा बगेर मर्छौ कि भीरबाट खसेर मर्छौ ? तिमी कसरी मर्छौ ? हामी यमराजका दूत हौँ तिमीलाई लिन आएका भन ! तिम्रो अन्तिम इच्छा के छ ? चक्कुबाट छियाछिया भएर काटिएर मर्छौ कि तातो तेलमा भकभक उम्लिएर मर्छौ ? घाँटी सेरिएर मर्छौ कि बाघको मुखमा परेर मर्छौ ? ढुङ्गाको हिर्काइबाट मर्छौ कि हिलोमा गाडिएर मर्छौ ? तिमी कसरी मर्छौ ? हामी यमराजका दूत हौँ तिमीलाई लिन आएका भन ! तिम्रो अन्तिम इच्छा के छ ? तिमीले हामीलाई न दिनमा राम्रोसँग बस्नखान दियौ न रातमा राम्रोसँग सुत्न दियौ तिमीले हामीलाई न खित्का छोडेर राम्रोसँग हाँस्न दियौ न कम्मर मर्काएर राम्रोसँग नाच्न दियौ तिमी कसरी मर्छौ ? हामी यमराजका दूत हौँ तिमीलाई लिन आएका भन ! तिम्रो अन्तिम इच्छा के छ ? गाडीले किचिएर मर्छौ कि भालाल...
लघुकथा: आमाको मन

लघुकथा: आमाको मन

–आरसी रिजाल– झुमा हो नाम । बिबाह भएको १० महिनामा उनको लोग्ने गाडी दुर्घटनामा बित्छ्।त्यसको दुई महिनापछी छोरो जन्मिछ।गरिबीले ब्याप्त घर र माइतीबाट आर्थिक सहयोगको कल्पना गर्न सक्तिनथिन। संघर्ष गरेर छोरा पढाइन्। तर अहिले उनको बृध्दाश्रममा बास छ। आश्रमवासीबारे विद्यावारिधी गर्न लागेगी एक छात्रालाई उनको संघर्षशिल जिबनले यस्तरी तान्छ कि ऊनीले विद्यावारिधिलाई पछाडि सारेर झुमाको जिबनको सत्यघटनामा आधारित उपन्यास लेख्न आश्रममै बस्छिन् । झण्डै एकबर्षमा उपन्यास तयार हुन्छ। उपन्यासमा झुमाले पासोलगाई मर्नखोज्दा छोरालाई संझेकी, छोरा बिमारी हुँदा बिताएकी अनिदो रातहरु,व्यबहार धान्न्न र छोरो पढाउन रगत बेचेकी। २/३ घरमा भाँडामाज्ने काम गरेकी,कयौं पटक बेहोसभै ढलेकी , यौनपिपासुको पन्जाबाट उम्किएकी , छोराको भबिश्यको लागि आफ्नो एउटा किड्नी बेचेकी र यसबारे छोरालाई जानकारी नदिएकी आदि दर्दनान घटनाका बर्णनन् छ्न्।...
बालकविता: फड्के तरेर

बालकविता: फड्के तरेर

- रमेशचन्द्र घिमिरे- सकिँदैन खोला तर्न बल गरेर ढुक्कसँग पारि पुग्छु फड्के तरेर गहिरो छ कि छिप्छिपे छ कहाँ भर हुन्छ लेउमा परी चिप्लिएर लड्ने डर हुन्छ किन दोमन गर्नु पर्‍यो पक्क परेर झोला बोकी स्कुल जान्छु फड्के तरेर जङ्‍घार तरी जाऊँ भने लुगा भिज्ने हो कि ? गिटी अनि गेग्र्यानले खुट्टा बिझ्ने हो कि ? किन मोल्नु खतरा भो तल झरेर यसै गरी फर्कने हो फड्के तरेर । -भोर्लेटार, लमजुङ ।...
नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी

नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी

नेपाल । ‘सबै भाषा,सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभयो । उक्त पुस्तक प्रदर्शनी वैशाख २८ गतेसम्म रहने छ । उक्त प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू ६० प्रतिशत छुट र २०७१ सालयता प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष ४० प्रतिशतको छुट दिइएको छ । प्रदर्शनीमा अमरकोश,नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नौ उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशिको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्य शास्त्र , पेरी पोइएतिकेसलगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ। साथै नेपाली भाषा, साहित्य ,संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्रलगायतका पु...
कविता: नयाँ वर्ष

कविता: नयाँ वर्ष

-सर्वज्ञ वाग्ले- आजकल नयाँ वर्षले हर्षको साटो त्रास, भय र दुख लिएर आउँछ उमङ्गका चङ्गाहरु उड्दैनन् जीवन उल्लासमय हुन छोडेर निरासाको गर्तमा भासिएका छन् कसरी भनूँ म नयाँ वर्ष जसले नविन सोच होइन पुरातन मान्यताको वकालत गर्छ l खुशीको बहार भुलेर दुखको आँधी बोकी ल्याउने नयाँ वर्ष न हिजो, न आज कहिल्यै मेरो प्रिय बन्न सकेन जसरी म जन्मेको वर्ष वर्षातले मेरो सर्वस्व लग्यो मेरो जीन्दगीको पछ्यौरीमा खुशी, हाँसो अनि सुःखको घाम कहिल्यै उदाएन मेरो आस्थाको मझेरीमा कलिले किला ठोक्यो हरेक रात निद्रामा ऐठन बनेर महिषासुर आयो नयाँ वर्ष केवल यिनैको संगम लिएर उदायो l जब खुशीको पखेरामा डढेलो लाग्यो मनको मुस्कान त्यही क्षण हरायो एकपल मलाई नदिई मेरो विश्वासको झुप्रोमा सलाईको काँटी बल्यो मेरो कविताको अक्षरमा मसीको बोतल ढल्यो जसरी समयको ओठबाट जीवन मुस्कुराउनु पर्दथ्यो ठीक विपरीत दिशा...
अनेसास फ्रान्स च्याप्टरको अध्यक्षमा प्रशान्त उप्रेती चयन

अनेसास फ्रान्स च्याप्टरको अध्यक्षमा प्रशान्त उप्रेती चयन

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) फ्रान्स च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ । अध्यक्षमा प्रशान्त उप्रेती, वरिष्ठ उपाध्यक्षमा सुमित्रा बुर्लाकोटी, उपाध्यक्षमा आभाष आचार्य, महासचिवमा भीमप्रसाद रिमाल, सचिवमा मधुकर देवकोटा र कोषाध्यक्षमा सुधांशु खनाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा कविन्द्र कायस्थ, ओम गौचन, केशव ढकाल, सन्ध्या शर्मा, सम्पूर्ण पाठक र श्रमण कौस्तुव चयन भएको अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाले जनाएका छन् ।...
पुन्य रिजालद्वारा लिखित ‘धनञ्जय सन्तती’ नामक पुस्तक बिमोचन

पुन्य रिजालद्वारा लिखित ‘धनञ्जय सन्तती’ नामक पुस्तक बिमोचन

नेपाल । पुन्य रिजालद्वारा लिखित धनञ्जय गोत्रका विभिन्न थरहरुको उत्पत्तिको इतिहास समेटिएको धनञ्जय सन्तती तथा विन्दबाशिनी पूजा विधि नाम दुई पुस्तक एक कार्यक्रमबीच शनिवार विमोचन गरियो । महर्षि धनञ्जय गोत्रीय समाज नेपालले आयोजना गरेको कार्यक्रममा पण्डित तिलक रिजाल (हुमागाईं) ले उक्त दुई पुस्तक विमोचन गर्नु भएको थियो । पुस्तक विमोचनका क्रममा रिजालले मानिसको गोत्रीय परिचय जैविक परिचय भएको र सो गोत्र अनुसारका विभिन्न थरहरु भनेको सामाजिक परिचय भएको बताउनुभयो । प्राचीन ऋषिहरुका सन्ततिले आफ्ना आदि पुरुष ऋषिका नाममा जैविक परिचयका लागि गोत्रको परम्परा शुरु गरेको र पछिल्ला दिनहरुमा मानिसको पेशा वासस्थान आदिका आधारमा थरहरुमा विभाजन भएको जानकारी दिनुभयो । कार्यक्रममा उक्त पुस्तकको समीक्षा गर्दै कृषि विज्ञान विषयका अध्यापक यादव हुमागाईंले पुन्य रिजालले आफ्नो पुस्तकमा मानव सभ्यताको उत्पत्तिदेखि भौगोलिक...
नइ प्रकाशनद्वारा देश विदेशका २८ जना सम्मानित

नइ प्रकाशनद्वारा देश विदेशका २८ जना सम्मानित

नेपाल । नइ प्रकाशनले शुक्रबार राजधानी काठमाडौँमा नेपाल तथा भारतका २८ जना प्रतिभालाई ताम्रपत्र र नगद राशिसहित २०८० सालका नइ पुरस्कार समपर्ण गरेको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि सात दशकदेखि प्राज्ञिक रूपमा समर्पित प्रा. चेतोनाथ शर्मा आचार्यलाई एक लाख रुपियाँ राशिसहित नइ चन्द्रधन पुरस्कार समर्पण गर्नुभयो । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । समारोहमा प्रा।चेतोनाथ शर्मा आचार्यले सिर्जना र ‘बिन्दु’ त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका लागि साढे छ दशकअघिदेखि निरन्तर समर्पित रही नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने भारतका अमर प्राज्ञ केबी नेपालीलाई दुई लाख रुपियाँ राशिसहित नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्नुभयो । प्रा।आचार्यले भार...
कविता: अन्तिम रहर

कविता: अन्तिम रहर

-आर. आर. चौलागाईं- एउटा जहाज ढलपलढलपल गर्दै हेलिँदै छ समुद्रमा । चढेका छन् असङ्ख्य यात्रीहरू रूँदै र चिच्याउँदै छन् कोही कोही अत्तालिएर खसेका छन् पानीमा कहीँ कतै देखिँदैन टापु माथिबाट कुनै विमान पनि आउँदैन उद्धार गर्न झन्झन् गहिरोमा पस्दै छ सके भुमरीमा पो फँस्दै छ सुनिन्छ ‘बरमुडा ट्रयाङ्गल’ पनि नजिकै छ । पटकपटक फेरिएका छन् चालकहरू सकेनन् कसैले ढङ्ग देखाउन छैन कोहीसँग ध्रुव पत्ता लगाउने कम्पास सुइँको पनि छैन कोहीसँग गन्तव्यको कहिले एकनास पूर्वतिर हानिन्छन् र अकस्मात् पश्चिम फर्किन्छन् कहिले आँखा चिम्लेर उत्तर दौडिन्छन् र एकाएक दक्षिण मोडिन्छन् उहिल्यै हो जहाजमा प्वाल परेको र क्रमशः पानी भरिँदै छ । हाम्रो अवसानको प्रतीक्षामा गोहीहरू निर्लज्ज हाँस्दै छन् कत्ति कहालीलाग्दा छन् जिन्दगीका यी घिटिकघिटिक क्षणहरू कताकति मनका अन्तरकुन्तरहरूमा जे होस्, बाँच्ने अभिलाषा भने अझ...
बालकविता: जन्मदिनको रमाइलो

बालकविता: जन्मदिनको रमाइलो

- रमेशचन्द्र घिमिरे- यति साह्रो रमाइलो भा´क‍ो किन हो आज हाम्री साथीको जन्म दिन हो मिठाई बोकी ल्या´की छन् झोला भोरेर यतै राख क्यै हुन्न खान्नौँ च‍ोरेर अबिर लाइदिइन् गालामा हाम्री वर्षाले दङ्ग परिन्, रमाइन् उफ्रिन् हर्षले गीत गाइन् रूपाले भाका हालेर साथीभाइ नाच्दैछन् खुट्टा फालेर हृदयको खोकिलामा माया अटाउँदै ताली पिटिन् पुष्पाले हात ठटाउँदै हामीसित पैसा छैन केक काट्नलाई कल्ले छेक्न सक्छ र ? खुसी साट्नलाई मनको पीर अँधेरो दु:ख भगाउँछौँ निभाउन्नौँ मैन बत्ती दियाे जगाउँछौँ किताब-कापी उपहार दिनु जाती हो जन्मदिनको खुसीमा नाचौँ साथी हो ! –भोर्लेटार, लमजुङ । ...