१३ कार्तिक २०८३, शुक्रबार

भाषा/साहित्य

बालकविता: मामाघरको तिज

बालकविता: मामाघरको तिज

- रमेशचन्द्र घिमिरे- आमासँग तिजमा मामाघरमा गएँ म मामाघर गएर मक्ख भएँ म हजुरबाले नातिनी आऊ भन्दै काखमा लिनु भो हजुरमाले मिठो दर खान दिनु भो आज भान्जी आउँदैछिन् भन्ने थाहा पाएर मामा पनि आउनुभयो चक्लेट ल्याएर माइजू साह्रै रसिली भन्ने मलाई के थाहा र ? मिठो बोली मिठो खान्की मिठै व्यवहार तिजको दिनमा तिजे गीत गाएँ साथी मैले नि अब तिजमा मामाघर जान्छु जैले नि यो सालजस्तै धमाकाको भए हुन्थ्यो अर्को तिज रमाइलो भो यस पालिको मामाघरको तिज । - भोर्लेटार लमजुङ...
विमल भौकाजीलाई लघुकथा सम्मान

विमल भौकाजीलाई लघुकथा सम्मान

नेपाल । लघुकथा समाज, नेपालले लघुकथा दिवसका अवसरमा ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान– २०८२’ बाट लघुकथाकार विमल भौकाजीलाई सम्मान गरेको छ । लेखन, सम्पादन र समालोचनामा सक्रिय साहित्यकार भौकाजीलाई नेपाली साहित्यमा लघुकथाको उन्नयनमा पु¥याएको योगदानबापत सो सम्मान अर्पण गरिएको हो । साहित्यकार भौकाजी ऐतिहासिक साहित्यिक पत्रिका ‘शारदा’ मासिकका सम्पादकसमेत हुनुहुन्छ । १८ औँ लघुकथा दिवसका अवसरमा लघुकथा समाज र सर्वनामको सहकार्यमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सम्मान अर्पण गरियो । लघुकथा समाज, नेपालको स्थापना २०६५ सालमा भएको हो । समाजले हरेक वर्ष भदौ ५ गते लघुकथा दिवस मनाउँदै आएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ, लघुकथा समाजका अध्यक्ष तुलसीहरि कोइराला, समाजका निवर्तमान अध्यक्ष गोपाल अश्क, संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्राडा लक्ष्मणप्रसाद गौतमलगायतले ...
डा. कृष्णजंग राणाका दुई कृति लोकार्पण

डा. कृष्णजंग राणाका दुई कृति लोकार्पण

नेपाल । कवि गजलकार डा. कृष्णजंग राणाद्वारा लिखित दुई काव्यकृति ‘मुटुभरि माया’ (नेपाली काव्य) र ‘दिल से दिल तक’ (हिन्दी–उर्दु गजल) लोकार्पण गरिएको छ । मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा कवि डा. राणासहित शरच्चन्द्र वस्ती, डा. श्वेता दिप्ती, डा. धनेश द्विवेदी, इम्तियाज वफा र प्राडा सनतकुमार वस्तीले कृति सार्वजनिक गरे । भाषाविद् वस्तीले डा. राणाको यस काव्यकृतिमा अन्तरमनको गहिराइ भेटिने बताए । यसभित्र लय, मिठास र भाषाको पारदर्शिता रहेको उनले उल्लेख गरे । साहित्यकार डा. श्वेता दिप्तीले हिन्दी उर्दु काव्यमाथि पाठकीय मन्तव्य राख्दै जिन्दगी कसरी अगाडि बढ्छ भन्ने कुरा डा। राणाका काव्य र कृतिबाट थाहा पाइने बताइन् । प्राडा वस्तीले दुई दर्जन कृतिका सर्जक ९५ वर्षको उमेरमा पनि साहित्य सिर्जनामा लागेको बताए । उक्त अवसरमा रामचन्द्रमान सिंह, इम्तियाज वफा, डा। वरदानजंग राणा, अश्विनी कोइरालाले कृतिबारे...
साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई रणस्मृति पुरस्कार प्रदान

साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई रणस्मृति पुरस्कार प्रदान

नेपाल । रणस्मृति पुरस्कार संस्थाले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई रणस्मृति पुरस्कार २०८२ प्रदान गरेको छ । सरुलाई दस हजार रूपियाँ नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । मध्यनेपाल नगरपालिका ३, सोतीपसल, लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाएर चालिसको दशकदेखि नेपाली साहित्यमा निरन्तर लागिरहनुभएकी सरुको थुङ्गाथुङ्गा जिन्दगानी (गीत सङ्ग्रह), ‘एक झुल्को घाम ओर्लेर सडकमा’ (कविता सङ्ग्रह), फूलहरूको आँधी (कविता सङ्ग्रह), किट्टी (बालकथा सङ्ग्रह) प्रकाशित छन् । कार्यक्रममा बोल्दै साहित्यकार काजी रोशनले नेपाली काव्य क्षेत्रमा कवि सरस्वती श्रेष्ठ सरुको उल्लेख्य योगदान रहेकाले उहाँको साहित्यिक सिर्जना र प्रतिभाको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको प्रष्ट पार्नुभयो । कार्यक्रममा रुद्रेपिपल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहोरा, निमित्त प्रधानाध...
साहित्यकार रमेश क्षितिजलाई ‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ प्रदान

साहित्यकार रमेश क्षितिजलाई ‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ प्रदान

नेपाल । साहित्यकार रमेश क्षितिजलाई ‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ प्रदान गरिएको छ । प्रतिष्ठानले २०८१ सालमा प्रकाशित पुस्तकमध्येबाट चर्चित कवि तथा आख्यानकार क्षितिजको कथासङ्ग्रह ‘एउटा मायी नगरमा’ लाई उत्कृष्ट कृतिका रूपमा पुरस्कृत गरेको हो । प्रतिष्ठानले स्वदेशमै प्रकाशित नेपाली भाषाका विभिन्न विधाका उत्कृष्ट कृतिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले क्षितिजलाई नगद ३० हजार रुपियाँसहित सम्मानपत्र प्रदान गर्नुभयो । क्षितिजको यो पहिलो कथासङ्ग्रह हो । उहाँका यसअघि ‘पर्वत पर्वतमा बटुवा घाम’, ‘अर्को साँझ पर्खेर साँझमा’, घर फर्किरहेको मानिस कवितासङ्ग्रह र ‘आफैँ आफ्नो साथी भएँ’ गीतसङ्ग्रह प्रकाशित छन् । क्षितिजले आख्यानमा कविताको सर्वोच्चता कायम गरेको वरिष्ठ साहित्यकार प्रह्लाद पोखरेलले भनाइ छ । यसै गरी कार्यक्रममा साहित्यकार शशिविक्रम राणालाई ...
गोविन्दराज विनोदीको भ्रमण काव्य ‘यात्राको सुवास’ विमोचन

गोविन्दराज विनोदीको भ्रमण काव्य ‘यात्राको सुवास’ विमोचन

नेपाल । पठन संस्कृतिका १६ औँ शृङ्खलामा कविवर गोविन्दराज विनोदीको भ्रमण काव्य ‘यात्राको सुवास’ विमोचन गरिएको छ । यात्राको सुवास कविता, काव्य, बालसाहित्य, गजल र समालोचना विधामा विनोदीको २१ औँ कृति हो । उहाँका माहाकाव्य र खण्डकाव्य पनि प्रकाशनमा आइसकेका छन् । २०२१ सालदेखि निरन्तर सिर्जनामा लाग्नुभएका कवि विनोदीका हजारौँ फुटकर कविता, गजल, गीत, हाइकु, बालकविता, बालगीत, निबन्ध पनि प्रकाशनमा रहेका छन् । यात्राको सुवास भारत भ्रमणका सम्बन्धमा रचिएको कृति हो । यसको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी र कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले संयुक्त रूपमा विमोचन गर्नुभएको हो । सो अवसरमा बोल्दै कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले कवि विनोदी युगकै चेतनाको दियो भएको बताउनुभयो । “विनोदी गुरु यो युगकै चेतनाको दियो हुनुहुन्छ । उहाँले देखाएको गोरेटोमै अहिलेको काव्य अझै भन्नुपर्दा छन्दीय कविता अ...
कवि तथा संगीतकार प्रेमविनोद नन्दनको ९० वर्षको उमेरमा निधन

कवि तथा संगीतकार प्रेमविनोद नन्दनको ९० वर्षको उमेरमा निधन

नेपाल । कवि तथा संगीतकार प्रेम विनोद नन्दनको निधन भएको छ । लामो समयदेखि बिरामी हुनुभएको नन्दनको ९० वर्षको उमेरमा आइतबार राति ९ः२५ बजे उपचारका क्रममा चितवन मेकिडल कलेजमा निधन भएको नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानले जानकारी दिनुभयो । उहाँ लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट बिरामी हुनुहुन्थ्यो । केही समय यता त उहाँ थला परेर हिँड्डुल समेत गर्न सक्नुभएको थिएन । २०११ सालमै ‘झटारो’ गीतिसंग्रह प्रकाशन गरेर नेपाली गीत संगीत र साहित्य, क्षेत्रमा प्रवेश गर्नुभएका नन्दन गजल, कविता तथा अन्य काव्यमा पनि कलम चलाउने स्रष्टाका रुपमा चिनिनुहुन्छ । उहाँका दर्जनौ गीतहरु चलचित्र क्षेत्रमा ख्याती प्राप्त छन् । उहाँका गिती सग्रहहरु अञ्जली २०२३, सपनीवाट ब्यूझेर २०२३, विपनीका पाइलाहरु २०५२, ऐना भित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघु काब्य २०७४ र पत्रम पुष्पम कविता संग्रह २०७७ प्रकाशित भ...
वामदेव गौतमलाई नेकपा एसमा तेस्रो बरियता

वामदेव गौतमलाई नेकपा एसमा तेस्रो बरियता

नेपाल । नेकपा (एस) को सातौ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियताको जिम्मेवारी दिएको छ । साथै वरिष्ठ गौतमलाई पार्टीका केन्द्रीय विभागको संयोजन गर्ने जिम्मेवारी तोकिएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सातौ सचिवाल वैठकले नेता गौतमलाई अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछि नेता गौतमलाई वरियता तोकिएको हो। पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाकाअनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले सपथ ग्रहण गराउनु भएको छ । राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित हुनु भएका नेताहरूलाई जिम्मेवारी दिईएको प्रमुख ज्वालाले जानकारी दिनुभयो । ज्वालाका अनुसार डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ । त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र व...
साहित्यकार उमा सुवेदीको नयाँ पुस्तक ‘परिधि’ सार्वजनिक

साहित्यकार उमा सुवेदीको नयाँ पुस्तक ‘परिधि’ सार्वजनिक

नेपाल । कथा र उपन्यास विधामा कलम चलाउँदै आएकी साहित्यकार उमा सुवेदीको नयाँ पुस्तक ‘परिधि’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अभिनेत्री गौरी मल्ल, निबन्धकार कुमारी लामा, लेखक केशव दाहाल, कृतिकार सुवेदीसहितले उपन्यास सार्वजनिक गरे । कार्यक्रममा अभिनेत्री मल्लले ‘परिधि’भित्र तिलस्मी संसार सिर्जना गरिएको बताइन् । साहित्यकार दाहालले उपन्यासकारले विभिन्न पात्रका माध्यमबाट कल्पनाको विचित्र संसार स्थापना गर्न खोजेको बताए । निबन्धकार लामाले सुवेदीको उपन्यासले विषयवस्तुको उठान गहिरोसँग गरेको बताइन् । पारम्परिक कथा लेखनीभन्दा फरक प्रयोगवादी ढंगले उपन्यास ल्याइएको उनले उल्लेख गरिन् । कृतिकार सुवेदीले आफ्नो लेखन अनुभूति सुनाइन् । उपन्यास सांग्रिला प्रकाशनले बजारमा ल्याएको हो ।...
कविता: घर

कविता: घर

-आर. आर. चौलागाईं- जुन घरमा मेरो पसिना बगेको छ जुन घरमा मेरो रगत बगेको छ त्यही घरमा तिमी मलाई नआउनु भन्छौ । त्यो घर तिम्रो मात्रै होइन त्यो घर मेरो मात्रै होइन त्यो घर हामी सबैको हो त्यही घरमा तिमी मलाई नआउनु भन्छौ । जुन घरको लागि मेरो जीवनसाथीको जीवन सिद्धिएको छ जुन घरको लागि मेरो सिउँदो पुछिएको छ जुन घरको लागि मेरा छोरीहरूको रहर खरानी भएको छ त्यही घरमा तिमी मलाई नआउनु भन्छौ । त्यो घर यो देशको भविष्य हो त्यो घर नेपाली जनताको सपना हो त्यो घर मेरो पनि आँसु पुछ्ने आधार हो त्यही घरमा तिमी मलाई नआउनु भन्छौ । -हेटौंडा, मकवानपुर ।...