लघुकथा: खोज !
-धनराज गिरी-
-- अनेक प्रपञ्च र घनचक्करहरू पार गरी दिक्क भएर आधा रातमा घरबाट लुसुक्क निस्कियो नभोमणि चिन्तक,बाठो हो,तर इमानदार ! उसको इमानदारीले हावा खायो। सरल र सज्जन बनेको हो,काम लागेन। गौतम बुद्ध बन्न होइन,कुन्नि के हुन हो,निस्कियो। सामाजिक संजालमा " इटहरी ब्लूज र मैनाली ब्लूज " जस्तो गरेन । चार छोरीहरूको बा,पत्नी कर्कश, आम्दानीले धान्न गाह्रो,खर्चालु जीवनसङ्गिनी, शङ्का पनि अति गर्ने। " ह्या,अरू अरू पनि भागेका हुन् -- भाग्छु" सोच्यो,र टाप!
-- तीन महिना बरालियो। देश छोडेन। मनले के खोजेको हो? के?किन निस्किएको घरबाट ? थाहा छ,थाहा छैन। " मेरो खोज शान्ति हो,मनको शान्ति! " स्वसम्वाद! " स्व " पढेको थियो। नथियाको सम्झना आयो। पागलवस्तीतिर गएन। दुई चार चुली चढ्यो। मेचीदेखि महाकालीसम्म चक्कर लगाएर पनि उसको " खोज " पूरा भएन। " हे महादेव, म यत्तिकै फर्किने त घर?मार्छे मेरी ज्वालामुखीले!के मुख देखाउ...









