नेपाल । साहित्यकार तोया गुरुङका दुई साहित्यिक कृति बजारमा आएका छन् ।
उनको कविताकृति ‘दिलरुवा’ र आंशिक संस्मरण ‘निनाद’ केही साताको फरकमा पाठकमाझ आएको हो ।
कवि गुरुङका यसअघि कविता, कथा, आवधिक संस्मरण गरेर नौ कृति प्रकाशित छन् । यो दुवै कृति रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।
नेपाल । नौ वर्षीय बालकवि इसान्भी बरालद्वारा लिखित सचित्र बालकविता ‘चिरवीर’, युवा लेखक मुस्कान घिमिरे लिखित पुस्तक ‘हेल्लो ब्रेभ हार्ट्स’ र वरिष्ठ बालसाहित्यकार डा छायादत्त न्यौपानेद्वारा लिखित बाल निबन्ध सङ्ग्रह ‘मेरो आफ्नै गाउँ’को विमोचन गरिएको छ ।
संस्कार पब्लिकेसनको आयोजनामा भएको सो कार्यक्रममा वरिष्ठ बालसाहित्यकार प्राडा रामप्रसाद ज्ञवाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य डा कौसिला रिसाल, साहित्यकारहरु मित्रलाल पङ्गेनी, तीर्थ गुरुङ, अरुण शर्मा, देवराज सिम्खडा र समाजसेवी लोकबहादुर टण्डनले संयुक्त रुपमा विमोचन गर्नुभएको हो । पब्लिकेसनकी अध्यक्ष सपना श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा स्रष्टाहरु डा छायादत्त न्यौपाने, तीर्थ गुरुङ, समाजसेवी लोकबहादुर टण्डन र बाल प्रतिभा प्राप्ति श्रेष्ठलाई साहित्य र कला क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
वरिष्ठ साहित्यक...
नेपाल । युवा लेखक क्षितिज समर्पणको पहिलो उपन्यास ‘तोरकीन’ मंगलबार सार्वजनिक गरिएको छ ।
माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु–संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवं भौगोलिक इतिहासको कथालाई खोज–अनुसन्धान गरी मिथकीय शैलीमा उपन्यासमा प्रस्तुत गरिएको छ ।
उपन्यासबारे लेखक समर्पण भन्नुहुन्छ, “मैले रित्तिँदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा लेखेको हुँ । यस उपन्यासमार्फत पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउने कोसिस गरेको छु ।”
उपन्यासमा छेवाङ र कुन्साङ मुख्य पात्रमार्फत तीन पुस्ताको कथाभित्र मानव जीवनमा आउने आरोह–अवरोह तथा सपना र सम्बन्धहरूको यथार्थपरक चित्रण गरिएको छ । स्थानीय ल्होवा भाषामा ‘तोरकीन’ को अर्थ हराउँदै जानु, लोप हुनु हो ।
सरल र काव्यात्मक भाषा–शैली तथा पात्...
नेपाल । सुमन सौरभको छैटौँ लघुकथा कृति ‘रे’ एक समारोहबिच लोकार्पण गरिएको छ ।
मङ्गलबार ठमेलमा आयोजित कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि नरेन्द्रकुमार नगरकोटी, तुलसीहरि कोइरालालगायतले कृति सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा प्राडा गौतमले कृतिकार सौरभले सधैँ प्रयोगधर्मी पृथक् लघुकथा सिर्जना गर्दै आएको बताउनुहुँदै उनका कृतिमा बौद्धिकता झल्किने उल्लेख गर्नुभयो । लघुकथा समाजद्वारा आयोजित कार्यक्रममा समाजका संस्थापक अध्यक्ष रोदनले लेखकले यो विधामा परिवर्तनकारी भूमिका निर्वाह गरेको बताउनुभयो ।
समाजका अध्यक्ष कोइरालाले कृतिभित्र मौलिक आख्यानको स्वाद भेटिने बताउनुभयो । कृतिकार सुमनले लघुकथा लेखनको रचनागर्भ र पृष्ठभूमिबारे बताउँदै एउटा लघुकथा लेख्न छ महिना समयसमेत लागेको उल्लेख गर्नुभयो ।...
नेपाल । गायक तथा सङ्गीतकार चेतन राईको पाँचौँ गीति सङ्ग्रह ‘स्पिड’ को लोकार्पण गरिएको छ । साथै त्यस एल्वमभित्रको ‘हाँसि देउन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा गायक राईको स्पिड गीति सङ्ग्रह र हाँसि देउन बोलको म्युजिक भिडियोको वरिष्ठ सङ्गीतकार राजु सिंह प्रसिद्ध गीतकार लोकराज अधिकारी, प्रसिद्ध सङ्गीतकार सन्तोष श्रेष्ठलगायतले संयुक्त रुपमा गर्नुभएको हो ।
सङ्गीतकार सिंहले चेतन राईका नयाँ गीति सङ्ग्रहले सफलता पाओस् नेपाली सङ्गीत बजारमा छाओस् भन्दै सफलताका लागि शुभकामना दिंदै गीत लेखन, सङ्गीत र गायनमा समेत आफुलाई व्यस्त बनाइरहेकोले बहुमुखी प्रतिभाका धनी हुँदा उहाँको भविष्य सुन्दर रहेको बताउनुभयो । गीतकार लोकराज अधिकारीले तीन दशक अघि देखि चेतनसँगको भेटघाट भइरहेकोले उहाँको प्रतिभालाई नजिकबाट नियाल्ने अवसर पाएको बताउनुभयो ।
उहाँले पछिल्लो समयमा दुइ वटा गीत...
कतार । डा. नवराज लम्सालको नयाँ महाकाव्य कल्प प्रवासमा पनि विमोचन गरिएको छ । गत महिना काठमाडौँमा विमोचन भएको कल्प अनेसास कतार च्याप्टरको ११ औँ अधिवेशनको सन्दर्भ पारेर कतारको दोहामा पनि विमोचन गरिएको हो ।
आफूलाई भाइबहिनी पुस्ताले उठाएको कवि मान्ने लम्सालको कल्प विमोचन उनी भन्दा कम उमेरका युवाहरूले नै गरेका हुन् । लम्सालले भने, ‘यो विमोचनको साक्षी बस्ने र पुस्तकमा हस्ताक्षर गर्ने सबैप्रति हार्दिक आभार । यो प्रति सुरक्षित रूपमा काठमाडौँ लगेर राख्नेछु ।’
नेपाली महाकाव्य लेखनको मानक यात्रा तय गरेका लम्साल अग्नि महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन् ।
महाकाव्य लेख्नैका लागि रेडियो नेपालको जागिर छोडेर लेखनमा क्रियाशील लम्साल आफैँले यस महाकाव्यलाई आफ्नो मस्तिष्क निचोरिएको बताएका छन् । यो उनको वैश्विक चेतनाले भरिएको उच्चस्तरको महाकाव्य मानिएको छ ।
कल्प शिखा बुक्सले प्रकाशन गरेक...
नेपाल । शैली साहित्य समाजले बडा दशैँको शुभकामना तथा रचना वाचन कार्यक्रमको आयोजन गरेको छ ।
जेनजी प्रदर्शनका क्रममा निधन हुनुभएका सम्पूर्ण नेपालीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभ कामनासहित समाजले शनिबार यस कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मधुपर्क साहित्यिक मासिकका नि. सम्पादक त्रिभुवनचन्द्र वाग्लेले लेखन कार्यलाई निरन्तरता दिन लेखक तथा सर्जकहरूले धार्मिककालदेखि आजसम्म योगदान दिएको बताउनुभयो ।
रचना वाचन कार्यक्रमले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याएको योगदानको इतिहास लेखिनुपर्छ भन्दै प्रमुख अतिथि वाग्लेले नेपाली साहित्यको इतिहास लेख्दा विभिन्न संस्थाहरूद्वारा आयोजित रचना वाचन कार्यक्रमलाई उपेक्षा गरियो भने सो इतिहास पूर्ण नहुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा शैली साहित्य समाजका अध्यक्ष मञ्जुश्री प्रधानले साहित्यले समाजल...
नेपाल । पत्रकार एवं लेखक नेत्र पन्थीको कृति लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीतिको अङ्ग्रेजी संस्करण प्रकाशनमा आएको छ। दुई वर्षअघि प्रकाशित नेपाली संस्करणलाई परिमार्जन र पुनर्लेखन गरेर तयार गरिएको अङ्ग्रेजी संस्करण दसैँको अवसर पारेर प्रकाशनमा आएको हो ।
पुस्तकमा प्रमुख दलका शीर्ष नेताले सत्ता र शक्ति प्राप्तिका लागि मूल्य(मान्यता, विधान र संविधानलाई बेवास्ता गरेर चालेका कदमको विस्तृत विवेचना गरिएको छ। पन्थीका अनुसार नयाँ संविधान जारी भएपश्चात् पनि नेताको सत्ताप्रतिको भोक नघटेको तथ्यलाई पुस्तकमा पढ्न सकिन्छ । पुस्तकले नेपालको भूराजनीतिक प्रभावलाई विशेष रूपमा उठान गरेको छ।
प्रकाशक इन्डिगो इन्कका अनुसार पुस्तकले कहिले दायाँ त कहिले बायाँ मोडिने राजनीतिक नेतृत्वको चरित्र र त्यसका दुर्भाग्यपूर्ण परिणामलाई प्रस्ट्याउने प्रयास गरेको छ। नैतिक र अनैतिकको सीमारेखा मेटिँदै गएको नेपाली राजनीतिक...
नेपाल । वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माको आत्मकथात्मक पुस्तक “जीवन प्रवाह” को विमोचन गरिएको छ ।
राजनीति, पत्रकारिता, साहित्य र समाजसेवामा सक्रिय रहँदै आएका शर्माले पुस्तकमा आफ्ना जीवनअनुभव र आत्मकथा समेट्नुभएको छ । “मलाई निष्क्रिय जीवन मन पर्दैन”, “तीनचोटि पढ्न भनेर भागेको छु”, “त्यतिबेला दाङमा राति स्कूल धेरै खुले”, “चौथो सालमा हात उठुवा चुनाव भयो” र “मेरा लागि जेल युनिभर्सिटी जस्तो पो भयो” जस्ता अनुभूति पुस्तकमा समावेश छन् ।
त्यस्तै, “नागरिक समाजको अग्रभागमा जनसागर उर्लियो”, “अन्तरिम व्यवस्थापिकाको सांसद र प्रेस काउन्सिलको अध्यक्ष हुँदाको अनुभव” लगायतका घटनामा आफ्नो भुमिकाबारे पनि शर्माले पुस्तकमा लेख्नुभएको छ ।
यस्तै अक्षयधाम र वृद्धाश्रम, विपश्यना र शान्ति क्षेत्र, ज्ञानगुन र सुखदुःखका कथा, आफूले गरेका भूलचुक र पाएको शिक्षा, गद्यन्त्रम...
नेपाल । साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ शुक्रबार सार्वजनिक गरिएको छ ।
सो उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्राङ्कन गरिएको जनाइएको छ ।
पुस्तकबारे लेखिका आभासले भन्नुभयो, “हाम्रो समाजले आफू अनुकूलको बन्धनभित्र स्त्रीलाई राख्ने गरेको छ तर स्त्रीभित्र जुन दबिएको स्त्री–शक्ति छ, त्यसलाई जागृत गराई बाँच्न चाहेको परिकल्पनामा मैले उपन्यास लेखेकी हुँ । स्त्रीको चेतनाअनुरुप नै यस उपन्यासमा एक महायुगको निर्माण गरेकी छु ।”
बुकहिल सो पुस्तक प्रकाशन गरेको हो । “एक जिम्मेवार प्रकाशन संस्था भएकाले अहिलेको जेनजी पुस्ताले समेत नेपाली साहित्य पढून् भन्ने उद्देश्यले यो उपन्यास सार्वजनिक गरिएको हो । पुस्तक अवश्य पनि पाठकप्रिय बन्नेछ”, बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले भन्नुभयो ।
कथा र कवितामा कलम चलाइरहहनुभएकी विद्रोही चेतलाई आफ्नो लेखनमा ...