–आर.आर. चौलागाईं–
अहिले एउटा शासक
सत्ताच्यूत भएर गुन्डूमा गएर बसेको छ र भन्दै छ–
‘हाम्रो गुन्डाराज फेरि फर्किन्छ ।’
मलाई भेडाहरू
मान्छे भएको हेर्न मन छ ।
हामीले रोप्यौँ धेरै वर्षसम्म
निमको रुख
तर सुन्तला कहिल्यै फलेन ।
हामी जनता
मासुभात खाएर भोट हाल्छौँ
र पाँच वर्षसम्म नेतालाई गाली गरेर बसिरहन्छौँ ।
-हेटौंडा, मकवानपुर ।...
-रमेशचन्द्र घिमिरे-
कहिले खिस्स हाँस्छ कहिले बर्र आँसु झार्छ
मेरो भाइ जहिले पनि हैरान मात्रै पार्छ
जब पढ्ने बेला हुन्छ लाग्छ भोक उसलाई
काम अह्राउँदा फन्किन्छ ऊ चल्छ झोक उसलाई
घरको जितार भई के भो बाहिर जाँदा हार्छ
मेरो भाइ जहिले पनि हैरान मात्रै पार्छ
फुकाएर किताब उसले पढे पनि हुन्थ्यो
कापी झिकी गृहकार्य गरे पनि हुन्थ्यो
अल्छी छ ऊ केही गर्दैन हाँसी हाँसी टार्छ
मेरो भाइ जहिले पनि हैरान मात्रै पार्छ ।
-भोर्लेटार लमजुङ ।...
नेपाल । नेपाली साहित्यमा कथा, लघुकथा, निबन्ध, समालोचना र समसामयिक लेखनमा कलम चलाउँदै आएका डा. टीकाराम पोखरेलको ‘अन्त्यारम्भ’ नामक कथासङ्ग्रह प्रकाशित भएको छ ।
कथामा प्रेम, यौन, जीवन, मानव मनोविज्ञान, मानवीय मूल्य मान्यवता, मानवताको ह्रास, राजनीतिक विकृति, विसङ्गति, सामाजिक झिनाझम्टी, अपराध, अशिक्षा, अन्धविश्वास, अविकास र गरिबीबाट उत्पन्न विषम परिस्थितिहरुको उठान कथा संग्रहमा गरिएको छ ।
कल्पनाभन्दा बढी भोगाई, असामाजिक लाग्ने यथार्थ र समाजका कुरीतिप्रति व्यंग्यात्मक प्रहार गरिएका कथाहरुमा यौनका बाछिटा, केही प्रेमका मिठास, केही राजनीतिका धब्बा, केही छलनीतिका कुरा, केही कृत्य र केही कुकृत्य, केही लोभ र केही पापका पाटाहरू समाविष्ट छन् ।
२१ वटा कथाहरु समेटिएको कथा सङ्ग्रह सुन्दर स्वदेश प्रकाशनले प्रकाशित गरेको हो । पोखरलेको यो नवौँ कृति र दोस्रो कथा सङ्ग्रह हो । यसअघि पोखरेलको कृति धोको (२०५६...
अमेरिका । यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीबार जनाएको छ ।
क्राज्नाहोर्काइलाई प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने उहाँका ‘प्रभावशाली र दूरदर्शी रचना’ का लागि पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार समितिले जनाएको छ।
उहाँको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो सहरमा मध्यमवर्गीय परिवारमा भएको थियो । नोबेल पुरस्कार पाउने उहाँ हङ्गेरीका दोस्रा साहित्यकार हुनुहुन्छ। सन् २००२ मा इम्रे केर्टेस पनि उक्त पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।
उनका कैयौँ कृति हङ्गेरियाली भाषामा प्रकाशित छन्। उहाँले विभिन्न चलचित्रका लागि कथा पनि लेख्नुभएको छ र उहाँका कृतिहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्वीडिश भाषामा पनि छापिएका छन्।
यस वर्षका लागि हालसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त...
-विमल अधिकारी-
सन् २०२३ मार्च १०-१२ सम्मका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को पाँचौँ अन्तर्राष्ट्रिय च्याप्टर तथा महिला सम्मेलन तय भएको थियो। कार्यक्रम स्थल थियो बोस्टनस्थित पशुपति बुद्ध मन्दिर। सम्मेलनमा ‘मनु ब्राजाकीको श्यामकहानी’ पुस्तकको लोकार्पण पनि गरिने भएकाले कार्यक्रममा मेरो उपस्थिति अनिवार्य थियो। त्यसमा पनि कोलोराडो च्याप्टरका तत्कालीन अध्यक्ष राजु सिटौलाले अनुरोध गरिसकेपछि नाइँ भन्नै सकिनँ। जाने निर्णय गरेँ। दुईतीन महिनाअघि नै चार दिनका लागि काममा छुट्टी मिलाएँ।
चार सय डलरमा डेल्टा एयरलाइन्सको हवाई टिकट मिल्यो। उडान समय थियो- मार्च १० शुक्रबार साढे १० बजे। कोलोराडोस्थित मेरो निवासबाट विमानस्थलसम्म जानका लागि चिनजानका उबरलाई मैले पहिल्यै अनुरोध गरेको थिएँ। उबरचालक ८ः३० मा घरमा आए।
म साढे ९ भित्रै डेन्भर इन्टरनेसनल एयरपोर्टमा पुगेँ। विमानस्थलमा लाम र भीड त हु...
-लालगोपाल सुवेदी-
लिपि लोप हुँदै छ
प्रतिलिपिहरू छन् असरल्ल
पृथ्वी पृथ्वी हो
पृथ्वीको प्रतिलिपि पृथ्वी होइन
जे देखिन्छौ ऐनामा
त्यो पनि तिमी होइनौ
जुन पानीले छोयो तिम्रो गोडा
जेलाई तिमीले नदी भन्यौ
अहिले त्यो पानी छैन
अहिले त्यो नदी छैन
ए बुढा बा
आकाशलाई झ्यालखाना बनाउन सकिँदैन
जे बोल्यौ तिमीले
कसैले त मन्त्र पनि भन्लान्
कसैले ध्वनि प्रदूषण भन्लान्
खारिएर बन्ने हो सुन
कोही पित्तल बन्लान्
कोही बन्लान्
चौबिस क्यारेटकै नम्बरी सुन
यहाँ के देख्दै छु म
यो विशाल काष्ठमण्डपमा
काठ खाने धमिरा ?
यहाँके के देख्दै छु म
घरको जगमा एक हूल मुसा
र आँटीको भकारीमा एक जमात घून ?
धमिराहरू खानकै लागि जन्मेका हुन्
मुसाहरू जग खोस्री खोस्री
घर लडाउनकै लागि तैनाथ छन्
घूनहरू अघाएनन् कहिल्यै
भोलिका बाबु नानीहरूको पेट मार्न
गहुँ, धान, मकै धुस्नो पार्दै छन्
निकै बढेको छ प्रदूषण
तिनको श्व...
-सुदीपभद्र खनाल-
म आफूमात्र मान्छे हूँ अरू हुन् काठका मुढा
म हिरा मोति हूँ सारा अरू बेकामका कुडा
म मात्रै हूँ महाज्ञानी पटमूर्ख सबै अरू
म स्वयम्भू अरू सारा गोरूका बछडाहरू
म बोले वेदको वाक्य अरू बोले फजूल हो
अरू पत्कर हुन् सारा म मात्रै एक फूल हो
मेरो दृष्टि महादृष्टि अरूको दृष्टि बेतुक
अरू बेठिक हुन् सारा म मात्रै सर्वथा ठिक
अरू बेकुफ हुन् सारा अल्पज्ञानी म पण्डित
म मात्रै फूलको माला मान सन्मान मण्डित
म नै हूँ राज्य साम्राज्य विश्व ब्रम्हाण्ड सभ्यतै
अरू हुन् भुसुना साना जो छन् संसारमा सबै
नभए म धरा हुन्न हुन्न आकाश यो पनि
धानेको छु सबै मैले जे छ संसार जीवनी
म नै ब्रह्म म नै माली म नै शाश्वत ईश्वर
मभन्दा गुणवान् उम्दा सृष्टिमै को छ खै नर
दूधले हूँ म न्वाएको मै सुगन्ध सुपुष्पको
म नै घाम म नै पानी म नै प्राणत्व सृष्टिको
जड चेतन वा सारा दृष्यादृष्य चराचर
केही अर्को ...
-आर. आर. चौलागाईं-
हामीले अरू के नै भनेका थियौँ र !
हामीले अरू के नै मागेका थियौँ र !
सामाजिक सञ्जाल खोल्नोस् भनेका थियौँ
भ्रष्टाचार निर्मूल पार्नोस् भनेका थियौँ
किन त्यसरी गोलीले भुट्नु भो हामीलाई ?
किन त्यसरी कत्लेआम गर्नु भो हामीलाई ?
नयाँ पुस्ता हामी ठूला भइसकेका थियौँ
ठीक बेठिक छुट्याउने भइसकेका थियौँ
किन आफ्नै अभिमानमा अडिग हुनु भो ?
किन आफ्नै विनाशलाई निम्त्याउनु भो ?
-हेटौंडा, मकवानपुर ।...
नेपाल । मोहन मैनालीकृत गैर आख्यानात्मक कृति मुकाम रणमैदानको यहाँ परिचर्चा गरिएको छ । ऐतिहासिक कृति मुकाम रणमैदानले २०८१ सालको मदन पुरस्कार पनि प्राप्त गरेको थियो ।
नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको नियमित मासिक घरदैलो साहित्यिक कार्यक्रम अन्तर्गत यसपटक मुकाम रणमैदान छनोट गरिएको हो । सो अवसरमा लेखक मैनाली जुममार्फत काठमाडौँबाट जोडिनु भएको थियो र जिज्ञासुहरुको प्रश्नको उत्तर दिनुभएको थियो ।
यो कृतिमा सन् १९१६ अर्थात् विसं १८७१(७२ ताका नेपाल र इष्ट इण्डिया कम्पनीबीच भएको युद्धका बारेमा देखे, भोगेका र यसबाट आहत भएका नेपाली तथा विदेशीहरुले पत्रमार्फत गरेको संवाद वा चिठीपत्रलाई प्रमुख आधार मानेर तयार गरिएको हो । यो कृतिमा नेपालीहरुको वीरता, साहस र बहादुरीको गाथा पनि समेटिएको छ ।
स्रष्टा मैनालीले यो कृति प्रकाशनका क्रममा आफूले धेरै दुःख र हैरानी पाएको भए तापनि एउटा ऐतिहासिक कृति प्रकाशनमा...
नेपाल । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीद्वारा लिखित ‘मुटुका कुरा’ पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक बाथ मुटुरोग र जन्मजात मुटुरोग लागेर ओपन हार्ट सर्जरी गरी निको भएका दुई बालबालिका विशाल गजमेर र कल्पना तामाङको हातबाट विमोचन गरिएको थियो ।
विश्व मुटु दिवसको सन्दर्भमा नेपाल एनसिडी एलायन्स र रोटरी क्लब अफ पाटनको संयुक्त आयोजनामा भएको विशेष समारोहमा उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाश रेग्मीले उक्त पुस्तकले मुटु रोगबारे व्यापक जनचेतना जागृत गराउने जानकारी दिनुभयो ।
उहाँले आफ्नो अध्ययन, कार्य अनुभव र सेवाग्राहीका समस्या तथा सुझावसमेतका आधारमा ‘मुटुका कुरा’ पुस्तक तयार गरिएको जानकारी दिनुभयो । डा. रेग्मीले भन्नुभयो, “पुस्तकका सामग्री पाठकलाई रोचक र लाभदायी हुने छ ।” उहाँले पुस्तकले आमपाठक, बिरामी र तिनका आफन्तलाई मुटु स्वस्...