व्यंग्य : झोलेमय
-आर.सी रिजाल-
नाति-- अस्ति हजुरबाको सल्लाहनुसार भैंसीको निबन्ध लेखेर पुरस्कार पाएँ। भोलिको लागि सरले " झोले " को निबन्ध लेखेर ल्याउनु भन्नुभएको छ। हजुरबा-- झोले कहाँ पाइन्छ्न् ? कस्ता रंगका हुन्छन् ? .....
हजुरबा -- झोले आफ्नो तन्तु मालिकलाई चढाएको दुईखुट्टे जन्तु हो।यी यत्रतत्र सर्वत्र पाइन्छन्। झोलेका भालेपोथी सबै छेपारे रंगका हुन्छ्न्।
नाति -- यसको न्वारान कसले गरेको र झोलामा के बोकेको हुन्छ्न् ??
हजुरबा -- झोले नामकरण खाँटी जनताले गरेका हुन्। यसलाई अङ्ग्रेजीमा एकलखे लगाएर " ब्यागे " भनिन्छ।यिनका झोलामा हावामा खेतीगर्ने मालिकले दिएको भ्रमका बिउले भरिएको हुन्छ्।झोलेले मालिकले दिएको चस्मा अनिवार्य पहिरनु पर्छ। जुन चस्माले गोबरलाई गुँदपाक र बड्कौंलोलाई पुस्टकारी देख्छन् र त्यसको उचित सदुपयोग गर्छन् पनि ।
नाति -- अन्तिममा मैले सोध्न बिर्सिएको तपाईंले भन्नुपर्ने केही कुरा छ्न् कि ?
हजु...









