११ कार्तिक २०८३, बुधबार

भाषा/साहित्य

तीन श्रष्टालाई भैरव पुरस्कार प्रदान

तीन श्रष्टालाई भैरव पुरस्कार प्रदान

नेपाल । भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले बुधबार प्रदान गरेको छ । २०८२ सालको भैरव पुरस्कार भारत सिलगुढी निवासी हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरियो । पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपियाँ रहेको छ । यसैगरी एक लाख एक हजार १११ रुपियाँ राशिको भैरव वाङ्मय पुरस्कारबाट वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मा सम्मानित हुनुभयो । भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरियो । उहाँलाई ५१ हजार १११ रुपियाँसहित पुरस्कृत गरिएको हो । गुठीका अध्यक्ष रोचक घिमिरे, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्याल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायतले पुरस्कार प्रदान गर्नुभयो । सो कार्यक्रममा साहित्यकारहरू नरनाथ लुइटेल, केके कर्माचार्य, प्रमोद प्रधानलगायतले नेपाली साहित्यमा भैरव अर्यालको योगदानबारे चर्चा गर्नुभ...
गोपीकृष्ण थापाको ‘स्पन्दित मन’ मुक्तक सङ्ग्रह लोकार्पण

गोपीकृष्ण थापाको ‘स्पन्दित मन’ मुक्तक सङ्ग्रह लोकार्पण

नेपाल । गोपीकृष्ण थापाद्वारा लिखित ‘स्पन्दित मन’ मुक्तक सङ्ग्रह लोकार्पण गरिएको छ । मंगलबार आयोजित नेपाल स्रष्टा समाज केन्द्रीय समितिको १९औँ वार्षिक साधारणसभा एवं पुस्तक लोकार्पण समारोहमा ‘स्पन्दित मन’ सार्वजनिक गरिएको हो । कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ ‘रोदन’ ले गोपीकृष्ण थापाका मुक्तकहरू आजको समाज, व्यक्ति र समयको यथार्थ चित्रण भएका बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्य समाजको दर्पण हो । ‘स्पन्दित मन’ केवल शब्दहरूको संयोजन होइन, लेखकको भावनात्मक यात्राको दस्तावेज हो । थापाद्वारा लिखित मुक्तक आजको समाज, व्यक्ति र समयको यथार्थ चित्रण हो ।” लेखक थापाले ‘स्पन्दित मन’ मुक्तक आफ्नो अनुभूतिहरूको प्रतिबिम्ब भएको धारणा राख्दै यसमा मनका भावना र समाजका यर्थाथ इङ्गित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सङ्ग्रह मेरा अनुभूतिहरूको प्रतिबिम्ब हो । समाजका भोगाइ, देखाइ र अनुभवहरूलाई शब्दमा उतार्...
भारतमा नौ जना नेपाली साहित्यकारहरु सम्मानित

भारतमा नौ जना नेपाली साहित्यकारहरु सम्मानित

नेपाल । भारतको नयाँ दिल्लीमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय सम्मान कार्यक्रममा बाँके र बर्दियाका नौ जना साहित्यकार तथा कलाकार सम्मानित हुनुभएको छ । हिन्दी उर्दू अदबी सङ्गम दिल्लीद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मान तथा अन्तर्राष्ट्रिय कविसम्मेलन एवम् मुशायरा कार्यक्रममा नेपाली साहित्यकार र कलाकारलाई सम्मानित गरिएको हो । अमेरिका, श्रीलङ्का, मरिसस, नेपाल, पाकिस्तान र बङ्गलादेश लगायतबाट वरिष्ठ साहित्यकारहरुको सहभागिता रहेको सो कार्यक्रममा बाँकेका आठ जना साहित्यकार तथा बर्दियाका एक जना कलाकारलाई सम्मान गरिएको भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार डा. हरिप्रसाद तिमिल्सिनाले बताउनुभयो । सम्मानित हुनेहरुमा भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार डा. तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद रिजाल, कोषाध्यक्ष डा। राजकुमार थारु तथा केन्द्रीय सदस्यहरु मीना बराल र कल्पना पौड...
छुदेन काविमो तथा प्रेमदेव गिरीलाई मदन र जगदम्बाश्री पुरस्कार प्रदान

छुदेन काविमो तथा प्रेमदेव गिरीलाई मदन र जगदम्बाश्री पुरस्कार प्रदान

नेपाल । मदन पुरस्कार गुठीले विसं २०८१ का लागि पूर्वघोषित जगदम्बाश्री सम्मान र कृति पुरस्कार एक समारोहबिच आइतबार स्रष्टालाई प्रदान गरेको छ । नेपाली लोकभाकाका सङ्कलक एवं संरक्षक प्रेमदेव गिरीलाई जगदम्बाश्री सम्मान र ‘उरमाल’ कृतिका लेखक छुदेन काविमोलाई मदन पुरस्कार प्रदान गरिएको हो । पाटनस्थित कमलमणि थिएटर, पाटनढोकामा आयोजित कार्यक्रममा स्रष्टाद्वयलाई सम्मानपत्रका साथमा पुरस्कार राशि चार–चार लाख रुपियाँ प्रदान गरियो । उक्त कार्यक्रममा संस्कृतिविद् प्राडा वीणा पौड्यालले विद्वत् प्रवचन दिनुभएको थियो । उहाँले ‘कला, प्रतिमा र संरक्षण’ शीर्षकमा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । उहाँले पुरातत्वले मानिसको विगतलाई प्रमाणसहित उजागर गर्ने भएकाले यसको जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभयो । कार्यक्रममा ‘उरमाल’ का लेखक काविमोले प्रेम र साहित्यको सिमाना नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “साहित...
पर्यटन व्यवसायी डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण

पर्यटन व्यवसायी डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण

नेपाल । वरिष्ठ पर्यटन व्यवसायी एवं नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘कैलाश कोरा’ विमोचन गरिएको छ । नियात्राकार डङ्गोलले तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा भोगेका अनुभवलाई समेटेर तयार गर्नुभएको उक्त कृतिको आज स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विमोचन गर्नुभएको हो । एसोसियसन अफ कैलाश टुर्स अपरेटर्स नेपालले आज आयोजना गरेको कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रेष्ठले व्यक्तिगत जीवनमा धेरै मानिसहरूले विभिन्न स्थानको यात्रा गरेपनि यात्राको अनुभवनलाई समेटेर कृति लेख्ने सर्जक कम भएका उल्लेख गर्नुभयो । “सरल भाषामा लेखिएको ‘कैलाश कोरा’ कृति कैलाश घुम्न नसकेका व्यक्तिका लागि पनि कैलाश घुमेसरह हुने सामग्री भएको छ”, उहाँले भन्नुभयो । उहाँले मुलुकमा नियात्राकारको आवश्यकता औँल्याउनुभयो । पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार प्राडा विन्दु शर्माले उक्त कृतिले ...
‘युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश’ विमोचन

‘युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश’ विमोचन

नेपाल । पत्रकार तथा लेखक यज्ञशसँगको संवाद शैलीमा तयार भएको अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डवलीमा अभिनेता राजेश हमाल, उहाँकी श्रीमती मधू भट्टराई, लेखकद्वय यज्ञश र बुद्धीसागरले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गर्नुभएको हो । उक्त पुस्तकमा जीवनयात्रा, चलचित्र र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचार समेटिएका अभिनेता हमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले बाहिर नभनेका कतिपय विषय पुस्तकमा समेटिएका छन् । यसलाई हामीले सुरू गरेर तीन वर्षमा विमोचन गर्न सफल भएका छौँ । यसमा राजनीति, धर्म, केही मनोविज्ञानका कुरा पनि छन् ।” अभिनेता हमालले आफ्नो जीवन तथा आफ्नो सोचाइ र विचारलाई निर्धक्कसँग पुस्तकमा राखेको उल्लेख गर्नुभयो । उहाँले बसाइँसराइदेखि सरकार र जनताको बीचमा बढ्दै गएको दूरीका विषयमा बनाइएको व...
साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वप्राडा वासुदेव त्रिपाठीलाई

साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वप्राडा वासुदेव त्रिपाठीलाई

नेपाल । यस वर्षको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ । विसं २०३९ देखि साहित्यिक गतिविधि गर्दै आएको संस्था साहित्य सन्ध्याद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाबाट उहाँलाई ५० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । माक्र्सवादी चिन्तक भट्टको स्मृतिमा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीबाट अक्षयकोष स्थापना भई पहिलोपटक यो पुरस्कार प्रदान गरिएको हो। पुरस्कार सिफारिस समितिका संयोजक प्रा. जगतप्रसाद उपाध्यायले डा त्रिपाठी नेपाली साहित्यका महासमालोचक भएको उल्लेख गर्दै उहाँको शोधपरक समालोचनाको विषयमा चर्चा गर्नुभयो । भट्टको व्यक्तित्वबारे प्रकाश पार्दै साहित्यकार प्राडा हेमनाथ पौडेलले समालोचना र दर्शनका क्षेत्रमा भट्टको अलग पहिचान रहेको बताउनुभयो । विसं १९...
कविताः खरानीको मूल्य

कविताः खरानीको मूल्य

-लालगोपाल सुवेदी- कुरै बुझ्न सकेको छैन मैले खरानीकै पो मूल्य बढाबढ भैरहेछ अहिले ! बाढी पहिरोले पानी धमिलिएको छ बगेको छ पानीमा माटो ( यो माटो !!! ) निभेका छन् घर घरमा बत्ती भत्केको छ सुदूर लक्ष्यसम्म पुग्ने मूलबाटो हाँसिरहेका छन् कसैका त हड्डी नै मन्चन भैरहेका छन् नाटक कतै न कतै मासुले टन्नै अघाएका गोहीहरू रुँदै छन् एक्ला एक्लै घाउ सुम्सुम्याउनु, सँगैसँगै रुनुको साटो मौकामा चौका हान्ने दाउ तिनको तिनीहरूलाई मन पर्छ द्वन्द्व ल्याउन खोज्दै छन् ती दाजुभाइ , दाजुभाइमा फाटो जन जनका मनमा बल्झिरहेछ घाउ कसैको भने धमिलो पानीमा माछा मार्ने दाउ मस्तराम तान्दै छ गाँजा साधुरामले भुँडी फुट्ने गरी छ्याङ पिएको छ कोही खोज्दै छन् बल्छी कोही बुन्दै छन् ढडिया कोही गँड्यौलाको खोजीमा छन् उता चतुरनाथ भ्यागुता, चेपागाँडा अरूकै भागमा छाडी सग्ला सग्ला माछाहरू आफ्नै भागमा पार्ने सोचमा छ र...
कविताः खुशीमा म सुसेलेर नेपाली गीत गाउँछु

कविताः खुशीमा म सुसेलेर नेपाली गीत गाउँछु

–सुदीपभद्र खनाल– खुशीमा म सुसेलेर नेपाली गीत गाउँछु सुस्केरा दुस्खमा हाली नेपाली पन पाउँछु टेके पहाडमा मैले तनहूँसुर पुग्दछु मैदान टेकिए मेरै तराई फाँट देख्दछु जब पुग्छु कुनै ताल हेर्न फेवा म देख्दछु नदी हेरे म कर्णाली गण्डकी मात्र देख्दछु श्वास बनी बगेको छ कोशीको धार प्राञ्जल बसेको छ म भित्रैनै नेपाली रूप उज्वल कतै हिमालका देखे ताँती नेपाल देख्दछु म मेरा कविता भित्र नित्य नेपाल लेख्दछु खै कहाँ म भएँ टाढा मेरो नेपालबाट म जति टाढा भएँ झन्झन् नेपाली छु सपाट म नेपाली तन हो मेरो जति टाढा गएपनि नेपाली मन हो मेरो जति दूर रहेपनि नेपाली मूल हो मेरो बसाइँनै गएपनि म नेपाली सधैँ हुन्छु दूरदेश भएपनि नशा नशा बगेको छ मेरो नेपाल रक्त भै हाड मासु तथा पानी छ यो नेपालकै सबै जहाँ जाऊँ जता हेरूँ मात्र नेपाल देख्दछु दृष्टिमानै बसेको छ मेरो नेपाल लेख्तछु । –अमेरिका ।...
लघुकथाः दोश्रो जुनि

लघुकथाः दोश्रो जुनि

–आरसी रिजाल– बुढाले– ‘ए बुढी... अब म जान्छु जस्तो छ । छोरो लफङ्गोले पक्कै तिमीलाई दुख दिन्छ । सन्तानलाई आफुले संस्कार सिकाउन खोजेरमात्र हुँदोरहेनछ । बाह्य वातावरणले पनि असर पार्दोरहेछ । मैले सक्दो प्रयास गरेकै हुँ । त्यो सुध्रिन्न, अर्ती दिने काम नगर्नु । चुपचाप भगवानलाई सम्झेर बाँकी जिबन गुजार्नु ।यदि अर्को जुनि हुनेभए पक्कै भगवानले हाम्रो मेल गराउलान’ भनेको तेस्रो दिन बुढाले संसार त्यागे । छोराबुहारीले बुढी आमालाई सन्चो बिसन्चो कहिल्यै सोधपुछ गरेनन् । उल्टो ‘छिमेकीसंग घरको कुराकानी गर्ने होईन । चुपचाप घरको काममा दल्लिनु’ भन्थे । बुढा बितेको करिब सातबर्ष भयो। छोराबुहारीको सधैंका किचलोबाट मन दुखेकी बुढीले आजदेखी माथी स्कुलमा भागवत लगाएकोले बुढाको आत्माको पनि शान्तिको कामना गर्न फुल टिपेर सुन्न गएकी थिइन् । पुस महिनाको छोटो दिनमा पुराण सुनेर फर्कदा झमक्क साँझ पर्‍यो।छोराबुहारी दुबै बमबम ...