११ कार्तिक २०८३, बुधबार

भाषा/साहित्य

कविताः देश

कविताः देश

-लक्ष्मण आचार्य- अब कोर्नुछ समयको क्यानभासमा एउटा सुन्दर चित्र तिनै धुँवाका मुस्लोहरूबाट उतार्नु छ एउटा बेलगाम घोडाको तस्बिर भर्खरै सम्पन्न भएको छ एउटा अश्वमेध यज्ञ अब उत्सव मनाऊँ कि शोक ? यतिखेर शङ्का जगाऊँ कि भोक ? बडो दुविधा भइरहेछ उठ्नुछ तिनै खरानीहरूको रासबाट माथि तिनै खरानीको रास थुपारेर मलको रूपमा उपयोग गर्दै समयको गमलामा हुर्काउनु छ कैयन् समृद्धिका सुन्दर फूलहरू र सच्याउनु पर्नेछ अनगिन्ती भूलहरू ... -चन्द्रपुर, रौतहट...
गीत: उनीहरू त उतै शहीद भएछन्

गीत: उनीहरू त उतै शहीद भएछन्

-आर. आर. चौलागाईं- पढ्न गएको छोरो फर्केर आएन पढ्न गएकी छोरी फर्केर आइन उनीहरू त जुलूसमा गएछन् गोली लागेर उतै ढलेछन् । सामाजिक सञ्जाल बन्द नगर खोल भनेछन् देशमा भ्रष्टाचार छ नियन्त्रण गर भनेछन् सरकार रिसाएछ ताकीताकी हानेछ उनीहरू त उतै शहीद भएछन् गोली लागेर उतै ढलेछन् । हामीले विश्वास गरेकाहरू विश्वासघाती भएछन् हामीले भोट हालेकाहरू जनविरोधी भएछन् जताततै आगो लाग्यो देशै खरानी भयो हाम्रा छोराछोरीहरू उतै मरेछन् गोली लागेर उतै ढलेछन् । -हेटौंडा, मकवानपुर । ...
लघुकथा: नेता

लघुकथा: नेता

-आरसी रिजाल- भद्रकुमार र शान्तकुमार छिमेकी हुन् ।शान्तले छोरालाई सधैं नानाभँती गाली गरेको सुनेर भद्र दिक्क भएका छन् । एकदिन भद्रलाई गजबको बिचार फुरेर शान्तलाई भने -- तपाईं सधैं मुख दुख्ने,थुक सुक्ने गरि छोरालाई बेपत्ता गाली वर्षाउनु हुन्छ।तेत्रा गालीलाई समेटेर एउटै शब्दले कर्मकाण्ड पुग्नेगरि हान्न सक्नु हुन्न भनेँ । शान्तले -- तपाईंको आसय मैले बुझेँ। तर त्यति साह्रो त नभनौ कि? यो कुलङ्घार नेता जस्तो बिग्रीसकेको त छैन् नि भने।।। -हेटौंडा, मकवानपनुर ।...
बाह्रखरी कथा प्रतियोगितामा ११६८ को सहभागिता, उत्कृष्ट ५९ कथा चयन

बाह्रखरी कथा प्रतियोगितामा ११६८ को सहभागिता, उत्कृष्ट ५९ कथा चयन

काठमाडौं । सातौँ संस्करणको ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा देशविदेशबाट एक हजार १६८ कथाकारले सहभागिता जनाएका छन् । अघिल्ला वर्षहरूमा झैँ यसपालि पनि नयाँ युवासँगै अग्रज तथा स्थापित कथाकारका कथा बाह्रखरी मिडियालाई प्राप्त भएको छ । गएको असोज ३१ गते बाह्रखरीले नेपाली भाषामा लेख्ने विश्वभरका कथाकारबाट कथा आह्वान गरेको थियो । कात्तिक ३० गते मध्यरातसम्मको समयसीमा तोकिएको अवधिमा नेपालसहित भारतको दिल्ली, असम, दार्जिलिङ तथा चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस, इन्डोनेसियालगायत मुलुकमा बसोबास गरिरहेका नेपाली कथाकारले कथा पठाएका छन् । प्रतियोगितामा प्राप्त एक हजार १६८ मध्ये सर्तअनुरूपको मापदण्डभित्र रहेका कथाबाट आन्तरिक निर्णायक समूहका संयोजक गोविन्द अधिकारीसहित चारजनाको टोलीले उत्कृष्ट ५९ कथा चयन गरेको छ । चयन कथाका कथ...
वरिष्ठ समालोचक डा. नारायणप्रसाद पन्थ सम्मानित

वरिष्ठ समालोचक डा. नारायणप्रसाद पन्थ सम्मानित

नेपाल । साहित्यकार तथा वरिष्ठ समालोचक डा. नारायणप्रसाद पन्थ नवजागृति पुस्तकालय बुटवलद्वारा स्थापित कविरत्न माधवप्रसाद देवकोटा पुरस्कार–२०८२ बाट सम्मानित हुनुभएको छ । समालोचना तथा लुम्बिनी प्रदेशको नाट्य विधाको अन्वेषणमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गरी उहाँलाई यो पुरस्कार प्रदान गरिएको पुस्तकालयले जनाएको छ । उहाँलाई विश्व हिन्दु महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष बेनप्रसाद पौडेल क्षेत्री, मूल्याङ्कन समितिका संयोजक प्राडा हिरण्यलाल ज्ञवाली तथा पुस्तकालयका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले सम्मान तथा पुरस्कृत गर्नुभयो । स्व. माधवप्रसाद देवकोटाको १२३ औँ जन्मजयन्तीका अवसरमा सम्मानपत्र, दोसल्ला तथा नगदसहित उहाँलाई सम्मान गरिएको हो । ...
अरनिको युवा कला पुरस्कार कलाकार सुरेम देसारलाई दिइने

अरनिको युवा कला पुरस्कार कलाकार सुरेम देसारलाई दिइने

नेपाल । राष्ट्रिय युवा सेवा कोषले २०८२ को अरनिको युवा कला पुरस्कार कलाकार सुरेम देसारलाई दिने निर्णय गरेको छ । वरिष्ठ कलाकार प्राज्ञ विजय थापाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो । कोषका सदस्यसचिव डा. विष्णुबहादुर भण्डारीले शुक्रबार विज्ञप्ति जारी गरी कलाको विकास र विस्तारमा निरन्तर योगदान दिएबापत कलाकार देसारलाई सो पुरस्कार प्रदान गरिएको जानकारी दिनुभएको छ । त्यसैगरी नारायणगोपाल युवा सङ्गीत पुरस्कार गायिका रिता केसीलाई प्रदान गर्ने निर्णय गरिएको छ । प्राडा दीपक जङ्गमको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो । ललितपुर जिल्ला चापागाउँका सुरेम देसार दुई दशकभन्दा बढी समयदेखि नेपाली आधुनिक चित्रकला कर्ममा सक्रिय हुनुहुन्छ ।...
वरिष्ठ कवि वैरागी काइँलालाई ‘पहिचान सम्मान’ प्रदान गरिने

वरिष्ठ कवि वैरागी काइँलालाई ‘पहिचान सम्मान’ प्रदान गरिने

नेपाल । पहिचान पुरस्कार कोषले यस वर्ष वरिष्ठ कवि वैरागी काइँलालाई ‘पहिचान सम्मान’ दिने भएको छ । प्रत्येक पाँच वर्षमा दिइने यो पहिचान सम्मान यस वर्ष कवि, मुन्धुमविद एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति काइँलालाई प्रदान गरिने भएको छ । सम्मानको राशी ५ लाख दुई हजार दुई रुपियाँ र ताम्रपत्र रहेको छ । त्यस्तै पहिचान युवा सम्मान यस वर्ष कवि गणेशकुमार राई (गिलु रातोस) लाई प्रदान गरिने भएको छ । युवा सम्मानको राशी ५० हजार दुई सय दुई रुपियाँ छ र ताम्रपत्र रहेको पहिचान पुरस्कार कोषले जनाएको छ । यसअघि लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौलालाई पहिचान सम्मान प्रदान गरिसकेको छ । कोषले निरन्तर चार वर्ष पहिचान पुरस्कार दिने गर्दछ भने प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिँदै आएको छ । ४० वर्ष मुनिका युवाहरूलाई पहिचान युवासम्मान यस वर्षदेखि दिन घोषणा गरेको छ ।...
कोलोराडोमा हुने अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई भव्य बनाउने प्रतिबद्धता

कोलोराडोमा हुने अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई भव्य बनाउने प्रतिबद्धता

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी मे महिनामा कोलोराडोमा हुने भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो शाखाको संयोजनमा आगामी मे महिनाको २२ तारिकदेखी २५ तारिकसम्म अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुन लागेको हो । साहित्य सम्मेलनको तयारीको लागि शनिबार कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा संघ संस्थाका प्रतिनिधि, साहित्यकार तथा नागरिक समाजका अभियान्ताहरूको बैठकमा कार्यक्रम बारे बिस्तृत जानाकारी तथा तयारीका बारेमा प्रारम्भिक छलफल सम्पन्न भएको हो । अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा अनेसास केन्द्रीय महासचिव राजु सिटौलाले कार्यक्रम गर्नुको उद्देश्य र सम्मेलनको चार दिनमा आयोजना गरिने प्रस्त...
‘आभासपुञ्ज’ (गजलसंग्रह) र ‘बालमञ्जरी’ (बालकवितासंग्रह) एकसाथ सार्वजनिक

‘आभासपुञ्ज’ (गजलसंग्रह) र ‘बालमञ्जरी’ (बालकवितासंग्रह) एकसाथ सार्वजनिक

नेपाल । कवि गजलकार रीता बलामीद्वारा लिखित दुई पुस्तक ‘आभासपुञ्ज’ (गजलसंग्रह) र ‘बालमञ्जरी’ (बालकवितासंग्रह) एकसाथ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रा।डा। कृष्णहरि बराल, कवि लक्ष्मी मालीलगायत स्रष्टाले कृति लोकार्पण गरे । कार्यक्रममा प्राडा बरालले समय परिवर्तनशील भएकाले त्यसैअनुसार साहित्य पनि परिवर्तित हुँदै आएको बताए । उनले बलामीको गजल लेखनको चर्चा गरे । कृतिकारले सुन्दर गजल पाठकसामु पस्केका उनले उल्लेख गरे । प्राडा बरालले गजल लयमा नै हुनुपर्नेमा जोड दिए । साहित्यकार प्रमोद प्रधानले ‘बालमञ्जरी’को चर्चा गरे । बलामीका बालकविताले बालमनोविज्ञानलाई समातेको उनले उल्लेख गरे । उनले बलामीका कवितामा बालबालिकाको स्वर मुखरित भएको बताए । अर्का वक्ता गजलकार ललिजन रावलले ‘आभासपुञ्ज’माथि पाठकीय मन्तव्य राखे । बलामीका गजलमा विविधता रहेक...
कविता: समय

कविता: समय

-लालगोपाल सुवेदी- अजर छैन प्रकृतिको पनि जड्यौरी धुस्रोफुस्रो वनपाखाको पछ्यौरी जानै त लागेछ यो अहो ! नोभेम्बर मास झरिसकेछन् सबै सबै रङ्गीविरङ्गी पात उजाड उजाड यी उद्यान, यी वन बुट्यान वगैंचा कसैले कसैलाई दिन सक्दोरहेनछ अन्तिम मोक्षान्तसम्मै साथ महसूस हुन्छ मलाई पनि उमेरगत यो संघात चल्छ चिसो सिरेटो रात विरात मुटु खाने चीसो बतास कस्तो अनौठो यो प्रकृतिको लय मैले मन पराएका हर्दम हाँसिरहेका फूलहरू कहाँ गए ?मलाई छोडी कहाँ गए ? फूलका थुङ्गा थुङ्गामा नाचिरहेका पुतलीहरू कहाँ गए ? मेरा निम्ति मह बनाइदिने र रस रङ्गमा रमाइरहने, भुन्भुनाइरहने ती माहुरीहरू कहाँ गए ? दिनहरू छोटा छोटा हुँदै गए रातहरू लामा लामा हुँदै गए फुलेका छन् कपाल र दाह्री मेरा दिन प्रतिदिन बन्दै छन् ती हिमालय साँझको प्रतीक्षामा ढल्किरहेको दिनजस्तै जीवन रहेछ जसको पनि यस्तै यस्तै उदयाचलदेखि अस्तायचलसम्म कहिले ब...