तामाङ भाषालाई गुगल अनुवादमा लैजाने तयारी
नेपाल । तामाङ भाषालाई गुगल अनुवादमा लैजाने तयारीसहित समुदायस्तरमा सुझाव सङ्कलन कार्य सुरु भएको छ ।
तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष भाषाविद् अमृत योन्जन तामाङले नेपालमा बसोबास गर्ने करिब १४ लाख आदिवासी तामाङ समुदायले बोल्ने तामाङ भाषालाई गुगल अनुवाद सेवामा समावेश गर्ने लक्ष्यसहित थप काम भइरहेको जानकारी दिनुभएको छ ।
काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा तामाङ राष्ट्रिय पुस्तकालयले तामाङ भाषालाई गुगल अनुवाद सेवामा समावेश गराउने तयारी गरिरहेको र हाल टिएमटी डट आइएलपिआरएल डट इडियु डट एनपी वेबसाइटमार्फत समुदायस्तरमा पुगेर सुझाव सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो ।
अध्यक्ष योन्जनले गुगलमा अनुवादको प्रयोजनले एक लाख तामाङ शब्द राख्ने लक्ष्यमध्ये करिब २३ हजार शब्द गुगलमा राख्न सफल भएको र सो वेबसाइटमार्फत प्रयोगकर्ताले शब्द अनुवादका लागि उपयुक्त हुने शब्द छनोट गर्न र सुझाव दिने सेवा उपलब्ध गराइ...









