क्यानडामा एक नेपाली विद्यार्थीमाथि सामुहिक बलात्कार !
क्यानडा । उच्च शिक्षाको लागि क्यानडा आएकी एक नेपाली विद्यार्थीमाथि सामुहिक बलात्कारको घटना भएको छ । घटना गत डिसेम्बर २५ तारेखमा भएको हो ।
फेसबुकबाट चीनजान भएकाहरुले तिहारमा भाईटिका समेत लगाएका थिए । कोठामा बोलाई नेपाली ३ जना युवाहरुले ती २० बर्षिया युवतीलाई कोठामै बलात्कार गरेका थिए । घटनाको बारेमा प्रहरीलाई भनेमा ज्यान मार्ने धम्की समेत उनीहरुले दिएका थिए ।
घटना लगत्तै पीडित युवतीले प्रहरीलाई टेलिफोन गरे लगत्तै उनलाई प्रहरीले उद्धार गरेको थियो भने बलात्कार आरोपित ३ जना युवालाई प्रहरीले सोही समयमा पक्राउ गरेको थियो । अनुसन्धान पछी २ जना युवालाई प्रहरीले ब्यक्ति जमानीमा छाडेको र १ जना युवाको जिम्मा जमानी लिने ब्यक्ती नभएकोले उनी प्रहरी हिरासतमै रहेका छन ।
घटना भएको करिब १ महिना पछि मात्रै आफ्नो फेसबुक पेजमा बिज्ञप्ती जारी गर्दै एनआरएन क्यानडाले सो घटनाको टिकटक लगायतका विभिन्न सञ्चार माध्...








