एनआरएनएद्वारा प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख सहयोग
नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि गत बुधबार रु ५१ लाख हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । उक्त अवसरमा अध्यक्ष डा केसीले हालैको बाढी, पहिरो र डुुबानको खबरले आफूहरु मर्माहत भएको भन्दै संघको तर्फबाट एक करोड बराबरको राहत उपलब्ध गराएको र सो क्रम जारी रहेको बताउनुभयो ।
अध्यक्ष डा केसीले ‘एनआरएन नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको भन्दै सम्बन्धित निकायलाई परिपत्र गरिदिन पनि ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष डा केसीले बेलायतस्थित भूतपूर्व गोर्खाहरुले उठाउँदै आएके समान पेन्सन र अधिकारको माग सम्बोधन गर्न मन्त्रीस्तरीय संवाद ग...








