३ आश्विन २०८३, शनिबार

अन्तराष्ट्रिय/प्रवास

गैरआवासीय नेपाली संघलाई एकजुट बनाउन म प्रतिबद्ध छुः प्रधानमन्त्री ओली

गैरआवासीय नेपाली संघलाई एकजुट बनाउन म प्रतिबद्ध छुः प्रधानमन्त्री ओली

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघलाई एकजुट बनाउनका लागि आफू सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसी सहितका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले एनआरएनएलाई गैर–राजनीतिक बनाई संसारभरका गैरआवासीय नेपालीलाई एकजुट बनाउन आफू सदैव प्रतिबद्ध रहेको बताउनुभएको हो । भेटमा प्रधानमन्त्री ओलीले ११ औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताएको उल्लेख गर्दै भन्नुभयो, “म आफैँ कतिपटक तपाईहरुको कार्यक्रममा सहभागी भएँ त्यसको मतलव नै तपाईहरु आधिकारिक हो । अब दसौं महाधिवेशनमा विवाद भएको हो, त्यो विवादबारेको फैसला ११ औं महाधिवेशन भइसकेको थियो। पछिल्लो फैसलाले समेत ११ औं महाधिवेशनलाई मान्यता दिइसकेको छ, अरू महाधिवेशन भयो भएनले अर्थ राख्दैन ।” प्रधानमन्त्री ओलीले हरेक २ वर्षको अक्टोबरमा हुने एनआरएनए महाधिवेशन नै आधिका...
फुट्यो एनआरएनएः महेश श्रेष्ठको अध्यक्षमा यस्तो बन्यो कार्यसमिति

फुट्यो एनआरएनएः महेश श्रेष्ठको अध्यक्षमा यस्तो बन्यो कार्यसमिति

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) फुटेको छ । काठमाडौँको हायात होटेलमा एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको महाधिवेशनलाई एकता महाधिवेशन भनिए पनि एनआरएनको ठूलो पंक्ति सहभागी भएन । एनआरएनए आईसीसीका अध्यक्ष डा. बद्री केसी नेतृत्वको कार्यसमितिले उक्त एकता महाधिवेशनलाई अबैध भएको प्रतिक्रिया जनाएका छन् । उता, शेष घले समूहले आइतबार सम्पन्न गरेको महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको छ ।   ...
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध

बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध

अमेरिका । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती राजा चार्ल्स तृतीयले नेपालको सहयोगमा बेलायती साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको जानकारी दिनुभएको छ । आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि दूतावासमा आयोजित विशेष कार्यक्रममा उहाँले राजा चार्ल्सको नेपाल र नेपाली जनताप्रति माया, सद्भाव रहेको बताउनुभएको भन्दै नेपालको सहयोगमा बेलायतको साथ सधैँ रहिरहने प्रतिबद्धता दोहोर्याउनुभएको उहाँले जानकारी दिनुभयो । बकिङ्घम दरबारमा एक औपचारिक समारोहबीच राजा चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि दूतावासमा आयोजित विशेष कार्यक्रममा राजदूत घिमिरेले राजाले नेपालको विकासलाई प्राथमिकता दिँदै आर्थिक प्रगतिका लागि आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभएको जानकारी दिनुभयो । भेटका क्रममा राजा चाल्र्सले आफू राजकुमार हुँदा नेपालमा भएका भ्रमणको स्मरण गर्दै नेपालप्रति आफ्नो अगाध मा...
डीभी लट्री २०२६ को नतिजा सार्वजनिक

डीभी लट्री २०२६ को नतिजा सार्वजनिक

नेपाल । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२६ को नतिजा सार्वजनिक गरेको छ । शनिबार राति पौने १० बजेतिर नतिजा प्रकाशित भएको हो । डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरेर हेर्न सकिन्छ । नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ ।  ...
भारतमा फेरि एक नेपाली बिधार्थी मृत भेटिइन्

भारतमा फेरि एक नेपाली बिधार्थी मृत भेटिइन्

नेपाल । भारतको भुवनेश्वरस्थित कलिंगा इंस्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिशा साह मृत भेटिएकी छिन् । यसअघि नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा शव भेटिएको थियो । त्यसपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूमा विश्वविद्यालय प्रशासनले अमानजनक व्यवहार गरेको थियो । केआईआईटीमा भएको नेपाली विद्यार्थी साहको मृत्यु घटनामा भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गर्दै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।...
मे ३ देखि ५ सम्म हुने भनिएको एकता महाधिवेशन अबैधः एनआरएनए

मे ३ देखि ५ सम्म हुने भनिएको एकता महाधिवेशन अबैधः एनआरएनए

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मे ३ देखि ५ सम्म काठमाडौंमा हुने भनिएको एकता महाधिवेशनमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । एनआरएनएले शुक्रबार जुममार्फत गरेको पत्रकार सम्मेलनपछि प्रवक्ता फणिन्द्र पन्तले प्रेस विज्ञप्ति जारी गर्दै ‘एकता महाधिवेशन’ को नाममा मे ३–५ मा काठमाडौंमा आयोजना गर्न लागेको भनिएको गतिविधिहरूमा ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको संलग्नता नरहेको जानकारी गराएका छन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदारहँदै अदालत र ताकुलदार मन्त्रालयलाई समेत छलेर हुने भनिएको अधिवेशन एकताको नभइ फुटको भेलामा मात्रै सिमित रहने प्रवक्ता पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अर्को कुनै निर्णय नभएसम्म पूर्व निर्धारित मिति अर्थात २०२५ को अक्टोबर ११ देखि १४ मै संघको १२ औँ महाधिवेशन हुने समेत निज्ञप्तिमा उल्लेख छ । यता, शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय...
एनआरएनए प्रतिको चासो र चिन्ताः बृहत् एकताको सवाल

एनआरएनए प्रतिको चासो र चिन्ताः बृहत् एकताको सवाल

–हेम राज शर्मा– एनआरएनएको सन्दर्भमा सर्वोच्च अदालतमा परेको मुद्दाप्रति तपाईंहरूले देखाउनु भएको चासो र चिन्तालाई हामीले गम्भीरतापूर्वक लिएका छौं । एनआरएनए उच्चस्तरीय समितिद्वारा मे ३–५ मा आयोजना गर्न लागिएको महाधिवेशनले वास्तविक एकता सम्भव नहुने ठहर गर्दै परराष्ट्र मन्त्रालयले सो अधिवेशनको मिति सार्नका लागि सर्वोच्च अदालतमा निवेदन पेश गरेको छ, जुन कुरा तपाईंहरूलाई अवगत नै छ। उक्त निवेदनमाथि दुईजना न्यायाधीशहरूको इजलासले फैसला गर्ने परम्परा रहेको छ। यस्ता निवेदनहरूमा सामान्यतया बहस आवश्यक नपर्ने भए पनि, उच्चस्तरीय समितिपक्षीय अधिवक्ताहरूले intervene गरेपछि चौथो दिनसम्म पनि बहस हुन सकेको छैन। साथै कार्यसमितिको तर्फबाट उच्चस्तरीय समितिविरुद्ध दिएको मुद्दालाई परराष्ट्र मन्त्रालयको निवेदनसँग जोडेर छलफल गर्ने प्रारम्भिक निर्णयले पनि सुनुवाइ ढिला हुन पुगेको हो। सुनुवाइ नहुनुको मूल कारण भनेको ...
गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलद्वारा सुशासन समितिका सभापति खतिवडासँग भेट

गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलद्वारा सुशासन समितिका सभापति खतिवडासँग भेट

नेपाल । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा प्रतिनिधिमण्डलले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरि खतिवडासँग भेटवार्ता गरेको छ । उक्त भेटमा संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुशी हुने अवस्था नभएको बताउनुभएको थियो । बारम्बार ध्यानाकर्षण गराउनुका साथै, नेपाल कानून सुधार आयोगबाट समेत प्रस्तुत भएको मस्यौदालाई पनि वेवास्ता गर्दै पछिल्लो पटक गैरआवासीय नेपाली नागरिताबाहकलाई १० वर्ष भिसा शुल्क छुट हुने प्रावधानको अध्यादेश जारी भएकोप्रति असन्तुष्टी जनाउँदै अध्यक्ष डा केसीले भन्नुभयो, ‘संविधानले नै दिएको अघिकार पनि संकुचित पार्दा विदेशमा बस्ने ८० लाख नेपाली हतोत्साही भएका छन् ।’ अध्यक्ष डा केसीले राज्य व्यवस्था तथा सुशासन समितिमार्फत अब बस्ने संसद बैठकमा उक्त अध्यादेश ...
गगन र विश्वप्रकाशसँग एनआरएनए टोलीको भेट-‘सर्वपक्षीय छलफलबाट निकास निकालौं’

गगन र विश्वप्रकाशसँग एनआरएनए टोलीको भेट-‘सर्वपक्षीय छलफलबाट निकास निकालौं’

नेपाल । कांग्रेस महामन्त्री गगन थापाले गैरआवासीय नेपाली संघमा देखा परेको विवाद अन्त्यका लागि सर्वपक्षीय रुपमा एकताको अधिवेशन हुनुपर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा महामन्त्री थापाले एकता अब वास्तवमै एकताकै लागि हुनुपर्ने र त्यसमा कोही छ्ट्न नहुने बताउनुभयो । थापाले भन्नुभयो, “एनआरएनलाई मैले प्रारम्भदेखि नियालेको छु, यसलाई गैरराजनीतिक बनाउनुपर्छ र दलीयकरणबाट मुक्त गर्नुपर्छ ।” गैरआवासीय नेपाली ऐनको सन्दर्भमा केही सम्बन्धित ऐनहरुमा पनि संशोधन आवश्यक रहेकोले त्यसमा केही नेपाल ऐन संशोधनको मार्फत अघि बढाउन आफूले सम्बन्धित समितिमा सुझाव दिएको बताउनुभयो । उहाँले एनआरएनएकै तर्फबाट मस्यौदा ल्याउन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो अब बस्ने सदनबाट यसलाई पूर्णता दिन पहल गछौँ । उक्त अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा...
एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित श्री शङ्कर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको बिहीबार हस्तान्तरण गरिएको छ । अष्ट्रेलियामा  बस्ने नेपालीहरुबाट सङ्कलित २५ हजार अस्ट्रेलियन डलरको सहयोगमा उक्त भवन निर्माण गरिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ । उक्त भवनको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले उद्घाटन गर्नुभयो । विसं २०७९ मा जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त भवनको पुनःनिमार्णका लागि एनआरएन अष्ट्रेलियाको आर्थिक सहयोग र यार्सन जाजरकोटको प्राविधिक सहजीकरणमा भवन निर्माण गरिएको हो । अध्यक्ष पोखरेलले विद्यालयको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यसप्रकारको सहयोगलाई निरन्तरता दिने बताउनुभयो । “अष्ट्रेलियामा रहेका नेपाली समुदायका तर्फबाट भूकम्प गएको समयमा राहत वितरण समेत गर...