३ आश्विन २०८३, शनिबार

अन्तराष्ट्रिय/प्रवास

नेपाली राजदूत चन्द्र घिमिरे र बेलायती सभामुखबीच शिष्टाचार भेट

नेपाली राजदूत चन्द्र घिमिरे र बेलायती सभामुखबीच शिष्टाचार भेट

अमेरिका । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गर्नुभएको छ । वेष्टमिनिष्टरमा हालै भएको भेटमा राजदूत घिमिरेले बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाउनुभएको थियो । उहाँले नेपालको संसद् समावेशी भएको उल्लेद गर्दै नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । बेलायत र नेपाल दुई देशबीच दुई शताब्दीभन्दा बढी समयदेखि आत्मिय र सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै राजदूत घिमिरेले उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्त्वमा जोड दिनुभयो । उहाँले नेपाललाई बेलायतबाट निरन्तर थप सहयोगको आवश्यकताबारे धारणा राख्नुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत घिमिरेले विशेष गरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, नेपालको समृद्धिको...
पत्रकार महासंघकी अध्यक्ष शर्मा अस्ट्रेलियामा सम्मानित

पत्रकार महासंघकी अध्यक्ष शर्मा अस्ट्रेलियामा सम्मानित

अमेरिका । ‘अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन’ (एन्जा) ले सिड्नीमा आयोजना गरेको एक कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अघ्यक्ष निर्मला शर्मालाई बधाई तथा सम्मान गरेको छ । अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको संस्था एन्जाले महासङ्घको सहकार्यलाई निरन्तरता दिँदै थप सहकार्य गर्न सक्ने विषयमा छलफल गरेको थियो । कार्यक्रममा अध्यक्ष शर्माले राजावादीका नाममा अराजक समूहले गरेको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथि गरिएको आगजनी र तोडफोडप्रति घोर आपत्ति र भत्सर्ना गर्दै प्रेसमाथिको दमन कुनै पनि हिसाबमा क्षम्य नहुने र दोषीमाथि हदैसम्मको कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकार महासङ्घ यतिबेला आन्दोलनमा भएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा एक्येबद्धता जनाउन आग्रह गर्नुभयो । उक्त कार्यक्रममा गोरखापत्र दैनिकका प्रधानसम्पादक शिव भट्टराई, वरिष्ठ पत्रकार कविर र...
एनआरएनए खेलकुद प्रतिष्ठान प्राविधिक समितिको बैठक सम्पन्न

एनआरएनए खेलकुद प्रतिष्ठान प्राविधिक समितिको बैठक सम्पन्न

नेपाल । ११ अप्रिल २०२५ शुक्रवारका दिन गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान प्राविधिक समितिको बैठक सम्पन्न भएको छ । बैठकले समितिको आगामी कार्ययोजना तय गर्नुका साथै आगामी २०८२ जेठ महिनामा कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गैरआवासीय नेपाली खेलाडीहरुको छनौट कार्य यही २०८२ बैशाख २ गते खेलकुद प्रतिष्ठानको सचिवालय बालुवाटारमा गर्ने निर्णय भएको छ । यसरी नै संघको पुर्व निर्धारीत योजना अनुरुप संघले राष्ट्रिय खेलकुद प्रतियोगिताका १८ वटा विभिन्न खेल विधामा सहभागीता जनाउनका लागी आवश्यक प्राविधिक तयारीका कार्यहरु द्रुत गतिमा अगाडी बढाउने समेत निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष तथा खेलकुद प्रतिष्ठानका संरक्षक डा बद्री केसी र संघका युवा संयोजक तथा खेलकुद प्रतिष्ठानका सदस्य सचिव सुपेन्द्र घिसिङ्गको उपस्थितिमा प्राविधिक समितिको बैठकमा संघका अध्यक्...
स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा

स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा

अमेरिका । अमेरिकावासी नेपाली समुदायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको स्वास्थ्य सेवा सुधारमा लिएको सक्रियताको प्रशंसा गरेका छन् । अमेरिकाको न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिका तथा जीपी कोइराला फाउण्डेसनले गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले मन्त्री प्रदीप पौडेलले अघि बढाएको सुधार कार्य सकारात्मक रहेको भन्दै यसबाट आफूहरु आशावादी रहेको बताए । दुवै कार्यक्रममा बोल्ने वक्ताहरुले नागरिकमा प्रत्यक्ष देखिने र महसुस गरिने गरी मन्त्री पौडेलले काम गरिरहेको भन्दै डायस्पोराको तर्फबाट ऐक्यबद्धता रहेको बताए । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले सकारात्मक प्रयास भैरहेको भन्दै विपन्न नागरिकलक्षित थप सुधार कार्यक्रम आउने अपेक्षा गरिएको बताए । वरिष्ठ चिकित्सक तथा गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेलले असल उद्देश्य राखेर मन्त्री पौडेलको नेतृत्वमा स...
कोलोराडोमा अप्रिल २६ मा अध्यागमन कानुन सम्बन्धी जानकारीमूलक कार्यक्रम हुँदै

कोलोराडोमा अप्रिल २६ मा अध्यागमन कानुन सम्बन्धी जानकारीमूलक कार्यक्रम हुँदै

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको आयोजनामा यही अप्रिल २६ मा अध्यागमन कानुन सम्बन्धी जानकारीमूलक कार्यक्रम हुने भएको छ । अध्यागमन कानुन सम्बन्धी जानकारी दिन आयोजित Immigration law insight with attorney कार्यक्रमका लागि वकिल बासु फुलारा कोलोराडो आउनु हुने एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनु भयो । कार्यक्रम Drury Plaza Hotel, Westminster मा दिउँसो १२ बजे देखि ३ बजे सम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रममा सहभागी भई आफ्ना जिज्ञासा र समस्याहरुबारे जानकारी लिनु हुन कोलोराडो निवासी सबैजनालाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रण गरिएको अध्यक्ष जानकारी दिनु भयो । ...
अप्रिल १५ भित्र सबै एनसीसीमा सदस्यता खुला गर्ने एनआरएनए आईसीसीको निर्णय

अप्रिल १५ भित्र सबै एनसीसीमा सदस्यता खुला गर्ने एनआरएनए आईसीसीको निर्णय

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आउँदो अक्टोबरमा हुने १२औं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको तयारी प्रारम्भ गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आइतवार सम्पन्न पदाधिकारी बैठकले सबै राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूलाई २०२५ अप्रिल १५ भित्र संघको मेम्बर इन्फरमेसन सिस्टममार्फत सदस्यता खुला गर्न निर्देशन दिएको छ । बैठकले एमआईएस प्रणाली बाहेक अन्य माध्यमबाट प्राप्त सदस्यतालाई मान्यता नदिने निर्णय गरेको छ । साथै, संघको निर्देशन अवज्ञा गर्ने एनसीसीहरूलाई केन्द्रीय स्तरबाट सदस्यता वितरणका लागि प्रमाणीकरण गर्ने व्यक्ति तोकिनेछ । ...
जुन ३ मा दक्षिण कोरियामा राष्ट्रपति पदको निर्वाचन हुने

जुन ३ मा दक्षिण कोरियामा राष्ट्रपति पदको निर्वाचन हुने

अमेरिका । दक्षिण कोरियामा आगामी जुन ३ मा राष्ट्रपति पदको निर्वाचन हुने भएको छ। संवैधानिक अदालतको निर्णयले निवर्तमान राष्ट्रपति यून सुक योल पदमुक्त भएपछि त्यहाँ समय अगावै राष्ट्रपति निर्वाचन हुन लागेको हो । देशमा सैनिक शासन लागू गर्ने घोषणा गरेबापत संसदले यूनविरुद्ध महाभियोग पारित गरेको थियो भने यसै शुक्रबार संवैधानिक अदालतले महाभियोगलाई अनुमोदन गरेसँगै युन बर्खास्त भएका थिए । संवैधानिक अदालतको फैसलाको चार दिनपछि कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हाड डुक सुको नेतृत्वमा आज बसेको मन्त्रिपरिषद् बैठकले नयाँ निर्वाचनको निर्णय गरेको हो ।...
एनआरएनएले म्यानमारका नेपाली मुलका भूकम्प पीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने

एनआरएनएले म्यानमारका नेपाली मुलका भूकम्प पीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने

अमेरिका । म्यानरमारमा गत हप्ता गएको भूकम्पका कारणले विस्थावित गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघले सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघको माल्टामा आइतवार सम्पन्न यूरोपेली सम्मेलनले नेपाली मुलका भूकम्प पीडितहरुको लागि २० लाख रुपैयां सहयोग गर्ने निर्णय गरेको हो । यसअघि संघले आफ्ना राष्ट्रिय समितिहरुलाई ती भूकम्प पीडितको सहयोगका लागि जुट्न आब्हान गरेको थियो । सो सहयोग गैरआवासीय नेपाली संघ म्यानमार मार्फत वितरण गरिने संघले जनाएको छ । म्यानमारको सरकारी सञ्चारमाध्यमका अनुसार सैनिक सरकारले १,६४४ जनाको मृत्यु भइसकेको र ३,४०८ जना घाइते भएको जनाएको छ भने १३९ जना अझै बेपत्ता रहेको बताएका छन्। ७.७ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु म्यानमारको मण्डले सहरबाट करिब २० किलोमिटर बाहिर रहेको थियो ।...
एनआरएनएको १६ औं युरोप क्षेत्रीय सम्मेलन माल्टामा सम्पन्न, यस्ता छन् १४ निष्कर्ष

एनआरएनएको १६ औं युरोप क्षेत्रीय सम्मेलन माल्टामा सम्पन्न, यस्ता छन् १४ निष्कर्ष

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं क्षेत्रीय सम्मेलन मार्च २८-३०, २०२५ मा माल्टामा भव्य रुपमा सम्पन्न भयो । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको मुख्य आयोजना, युरोप क्षेत्र र एनसीसी माल्टाद्वारा होस्ट गरिएको यस सम्मेलनमा माल्टाका राष्ट्रपति H.E. Myriam Spiteri Debono ले विशेष शुभकामना पठाउनुभयो । नेपाल सरकारका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीसहित अन्य पदाधिकारीज्यूहरु, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा पदाधिकारीज्यूहरु, नेपाल लगानी बोर्डका प्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु, सञ्चारकर्मी एवं यूरोप क्षेत्र र विश्वभरबाट सहभागी हुनुभएका २५० भन्दा बढी प्रतिनिधिको सहभागिता रह्यो । “नेपालमा...
अमेरिकाको मिनेसोटामा सानो विमान दुर्घटना, एक घरमा आगलागी, चालकको मृत्यु

अमेरिकाको मिनेसोटामा सानो विमान दुर्घटना, एक घरमा आगलागी, चालकको मृत्यु

अमेरिका । अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा शनिबार एउटा सानो विमान दुर्घटना हुँदा एक घरमा आगलागी भएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ । सोकाटा टीबीएम ७ विमान स्थानीय समयअनुसार शनिबार राति १२ः२० बजे उक्त घरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमान चालकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ब्रुकलिन पार्क अग्नि विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले विमानमा रहेका कोही पनि जीवित नभएको जनाएका छन् । आयोवाको डेस मोइनेस अन्तर्राष्ट्रिय विमानस्थलबाट मिनियापोलिसको अनोका काउन्टी–ब्लेन विमानस्थलतर्फ गइरहेको विमान उड्दासाथ दुर्घटनाग्रस्त भएको हो । नजिकैका प्रत्यक्षदर्शीहरूले स्थानीय टिभी स्टेशन केआरई ११ लाई बताएअनुसार विमान दुर्घटनापछि ब्रुकलिन पार्कको एक घरमा आगो लागेको थियो ।...