दूतावास नभएको देशमा नेपाल सरकारको दुतको काम एनआरएनएले गर्दैछः अध्यक्ष केसी
अमेरिका । गैरआवसीय नेपाली संघ (एनआरएनए आईसीसी) अध्यक्ष डा. बद्री केसीले दूतावास नभएको देशमा सरकारको दुतको रूपमा एनआरएनएले काम गरिरहेको बताएका छन् ।
जापानको राजधानी टोकियोमा आयोजित १४औँ नेपाल फेस्टिवल २०२४ को उद्घाटन समारोहमा विशिष्ट आतिथ्यताको रूपमा सम्बोधन गर्दै अध्यक्ष डा. केसीले मूलुक बाहिर बसेर ८७ देशमा संगठित एनआरएनएहरुले नेपालको समृद्धको लागि रेमिट्यान्स गरेर मात्र हैन सरकारको दूतको रूपमा काम गरिरहेको जिकीर गरे ।
अध्यक्ष डा. केसीले गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता दिने नेपाल सरकारको निर्णय संगै देशमा लगानी बढाएको बताउदै विदेशीलाई जसरी नभई नेपाली नागरिक सरह लगानी गर्न पाउने वातावरण मिलाउन कानुन बनिरहेको बताए ।
‘नेपाल र नेपालीको जापानमा पहिचान, १४औँ नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार...









