एनआरएनए सदस्यता रिपोर्ट: ५३,०८४ जना सदस्यता स्वीकृत, ७,६३१ नयाँ सदस्यता प्रक्रियामा
अमेरिका । गैरआवासीय नेपाली संघ (NRNA) का लागि २०२५–२०२७ कार्यकालको सदस्यता विवरण सार्वजनिक गरिएको छ । २७ जुन २०२५ सम्मको तथ्यांक अनुसार, हालसम्म कुल ५३,०८४ जना सदस्यता स्वीकृत भएका छन् भने ७,६३१ नयाँ सदस्यता आवेदनहरू स्वीकृतको प्रक्रियामा रहेका छन् ।
देश अनुसार सदस्य संख्या:
१ . जापान – १८,४३५ जना
२. अष्ट्रेलिया – १५,३०० जना
३. संयुक्त अधिराज्य (यूके) – २,७७२ जना
४. क्यानडा – ३,१६५ जना
५. साउदी अरेबिया – ३,१२७ जना
६. अमेरिका – २,६०१ जना
७. संयुक्त अरब इमिरेट्स (युएई) – १,५५६ जना
८. आयरल्यान्ड – १,१०६ जना
संघको क्षेत्रगत विवरण अनुसार:
• एशिया प्यासिफिक क्षेत्रबाट सबैभन्दा धेरै १९,१२६ सदस्यता स्वीकृत भएका छन्। यसमध्ये जापानबाट मात्रै १८,४३५ सदस्य रहेका छन्, जुन सम्पूर्ण विश्वभरबाट सबैभन्दा बढी हो।
• दोस्रो धेरै सदस्यता ओसिनिया क्षेत्रबाट १६,२५३ जना रहेको छ। यसमा अष्ट्रेलियाबाट १५...







