रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनु पर्छः कुलमान घिसिङ
ओमान । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको रकम रेमिट्यान्स पठाउने श्रमिकलाई राज्यले सम्मान गर्नुपर्ने बताउनु भएको छ ।
मध्यपूर्वी देशहरु बहराइन, ओमान, युएई र कतारमा वैदेशिक रोजगारीमा रहेका नेपालीले वार्षिक रुपमा करिब साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने (अर्थात कुल ग्राहस्थ उत्पादनको एक चौथाइ योगदान) खाडी मुलुकमा कार्यरत श्रमिकलाई सम्मान गर्ने वातावरण बनाइनु पर्ने निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गर्नुभयो । ओमान रहेका नेपालीले गरेको सम्मान कार्यक्रममा घिसिङले श्रमको सम्मान गर्ने वातावरण नबनेसम्म देशको आर्थिक समृद्धि हासिल हुन नसक्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ वैदेशिक रोजगारीमा आउने नेपालीलाई काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनावश्यक समस्या सिर्जना गरी ...








