१६ कार्तिक २०८३, सोमबार

अन्तराष्ट्रिय/प्रवास

विश्वका कठिन चुनौतीबीच निराश नभई आशावादी बन्न आह्वान

विश्वका कठिन चुनौतीबीच निराश नभई आशावादी बन्न आह्वान

नेपाल । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वका कठिन चुनौतीबीच निराश नभई आशावादी बन्न र राम्रो संसार निर्माणका लागि निरन्तर प्रयास गर्न आह्वान गर्नुभएको छ । महासभाको ८१औँ सत्रको उच्चस्तरीय सप्ताह सुरु हुनुअघि सामाजिक सञ्जाल एक्समार्फत सन्देश दिँदै उहाँले अहिलेको कठिन समयमा आशा कायम राख्नुपर्ने बताउनुभयो । “यी कठिन समयमा हामीले निराश होइन, आशावादी हुन रोज्नुपर्छ । हामी सबैका लागि राम्रो संसार निर्माण गर्ने प्रयास छोड्न सक्दैनौँ”, उहाँले भन्नुभयो । महासभाका लागि न्युयोर्कमा भेला भएका विश्व नेताहरूलाई अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्न आग्रह गर्दै उहाँले शान्ति, गरिमा, न्याय र मानवताका लागि एकजुट भएर सामूहिक प्रयास गर्नुपर्ने बताउनुभयो । गुटेरेसको वर्तमान कार्यकाल यस वर्षको अन्त्यमा सकिँदैछ । यसैबीच, क्यानाडाकी विदेशमन्त्री अनिता आनन्दले ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ...
नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटीको अध्यक्षमा भुवन पाण्डे चयन

नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटीको अध्यक्षमा भुवन पाण्डे चयन

अमेरिका । नेपाली समुदायको सामाजिक कल्याण र एकताका निम्ति सन् १९९९ मा स्थापित नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) को २७औँ वार्षिक साधारणसभाबाट भुवन पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमिति चयन गर्नुका साथै संस्थाको २७औँ वार्षिकोत्सव समेत मनाइएको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष तथा खेलकुद संयोजकमा वैकुण्ठ डंगोल, उपाध्यक्षद्वय शर्मिला लुइँटेल र सुशील शर्मा, महासचिवमा उत्सव अर्याल, सहसचिवमा विकास तामाङ, कोषाध्यक्षमा विशाल पन्थी, मिडिया संयोजकमा कृष्ण तिवारी, कार्यक्रम संयोजकमा लक्ष्मण बेलबासे, विभागीय कार्यक्रम संयोजकमा सन्तोष शर्मा र आईटी संयोजकमा नवीनसिंह छन् । कार्यसमिति सदस्यमा सञ्जय श्रेष्ठ, सदिना श्रेष्ठ, सुभाष हमाल, पुष्कल क्षेत्री, सूर्यतम दाहाल, उत्सव पन्त, अभिनव पाण्डे, अम्बिका खनाल तिवारी, पविता सुवेदी र संयोग गौतम चयन भएका छन् । सल्लाहका...
एनआरएनको मानवीय सहयोग अभियान जारी, ५ करोडभन्दा बढी सहयोग

एनआरएनको मानवीय सहयोग अभियान जारी, ५ करोडभन्दा बढी सहयोग

नेपाल । भोटेकोशी हिमबाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सञ्चालित राहत एवं मानवीय सहयोग अभियान अन्तर्गतका गतिविधि जारी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । विपद् प्रभावित क्षेत्रको स्वास्थ्य सेवालाई थप टेवा दिन एनआरएनएको तर्फबाट रसुवा र नुवाकोटमा विभिन्न चरणमा गरी हालसम्म १० वटा निःशुल्क शिविर सञ्चालन गरिएको छ । जसबाट करिब ७ सयलाई सेवा प्रदान गरिसकिएको एनआरएनएले जनाएको छ । भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ। पदाधिकारी, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा विदेशमा विभिन्न संघसंस्था र नेपालीको व्यक्तिगत तर्फबाट ५ करोडभन्दा बढी रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको एनआरएनएले जानकारी दिएको छ ।...
टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

अमेरिका । टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन् । ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका लामा फाउन्डेसन, बेडफोर्डले रु १ करोड ७ लाख, इन्डिया बजार, फोर्टवर्थले रु ३८ लाख १७ हजार, वन स्टेप फाउन्डेसनले रु २५ लाख, अभान्ट फाउन्डेसनले रु १५ लाख, पाल्पाली संगम अमेरिकाले रु १५ लाख र नुवाकोट पिकनिक ग्रुप टेक्ससले रु १५ लाख सहयोग गरेका छन् । यसैगरी, नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना १८ च्याप्टरबाट सङ्कलित ६६ हजार १९५.८८ अमेरिकी डलर नेपाली कांग्रेसको विपद् न्यूनीकरण कोषमार्फत नेपाल सरकारलाई बेग्लै पठाइएको जनाएको छ ।...
सुरक्षा नीति, संकट व्यवस्थापन र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रका अनुभवी थापा अमेरिकाको राजदूत सिफारिस

सुरक्षा नीति, संकट व्यवस्थापन र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रका अनुभवी थापा अमेरिकाको राजदूत सिफारिस

नेपाल । सरकारले अमेरिकाको राजदूतमा चिरनजंग थापाको नाम सिफारिस गरेको छ । थापाले सुरक्षा नीति, संकट व्यवस्थापन र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा दुई दशक लामो अनुभव सँगालेका छन् । अमेरिकाकै प्रतिष्ठित कोलम्बिया युनिभर्सिटीअन्तर्गतको ‘स्कूल अफ इन्टरनेशनल एण्ड पब्लिक अफेयर्स’ बाट पूर्ण छात्रवृत्तिमा अन्तर्राष्ट्रिय मामलामा स्नातकोत्तर (एमए) गरेका छ न् । त्यसअघि उनले अमेरिकाकै ‘सुनी जेनेसियो’ बाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक (बीए) उत्तीर्ण गरेका थिए। यसका अतिरिक्त उनी विश्वचर्चित हार्वर्ड केनेडी स्कूलको ‘लिडरशिप इन होमल्याण्ड सेक्युरिटी’ कार्यक्रम पूरा गर्ने पहिलो गैर–सैनिक नेपाली हुन्। सन् २०१७ देखि थापाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। यस भूमिकामा उनले एसियाका १५ देशहरूमा जोखिम तथा संकट व्यवस्...
विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि स्विडेनका प्रधानमन्त्रीद्वारा राजीनामा दिने घोषणा

विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि स्विडेनका प्रधानमन्त्रीद्वारा राजीनामा दिने घोषणा

अमेरिका । स्विडेनको राष्ट्रिय निर्वाचनमा वामपन्थी झुकावको विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि प्रधानमन्त्री उल्फ क्रिस्टरसनले राजीनामा दिने घोषणा गर्नुभएको छ । स्विडेनको निर्वाचन प्राधिकरणका अनुसार आइतबार भएको निर्वाचनमा ३४९ सदस्यीय संसद् (रिक्सडाग) मा विपक्षी चार दलले १७६ सिट जितेका छन् । निवर्तमान मध्य–दक्षिणपन्थी सरकारमा सहभागी वा त्यसलाई समर्थन गर्ने चार दलले १७३ सिट प्राप्त गरेका छन् । अन्तिम मतपरिणाम सार्वजनिक भएपछि क्रिस्टरसनले सामाजिक सञ्जाल ‘एक्स’ मा संसद्का सभामुखलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री पदबाट मुक्त गर्न आग्रह गर्नुभएको छ । उहाँले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन मार्गप्रशस्त गर्न राजीनामा दिने बताउनुभएको हो । पूर्वप्रधानमन्त्री मग्डालेना एन्डरसनको सोसल डेमोक्र्याटिक पार्टी ९९ सिटसहित संसद्को सबैभन्दा ठूलो एकल दल बनेको छ । यद्यपि, विपक्षी गठबन्धनभित्...
फिजीमा एचआइभी सङ्क्रमण तीव्ररूपमा बढेपछि राष्ट्रिय एचआइभी संकट घोषणा

फिजीमा एचआइभी सङ्क्रमण तीव्ररूपमा बढेपछि राष्ट्रिय एचआइभी संकट घोषणा

अमेरिका । फिजीमा एचआइभी सङ्क्रमण तीव्ररूपमा बढेपछि सरकारले राष्ट्रिय एचआइभी संकट घोषणा गरेको छ । सरकारका अनुसार असुरक्षित यौन सम्पर्क र सुईमार्फत लागूऔषध प्रयोग गर्दा एचआइभी सङ्क्रमण फैलिने क्रम बढेको छ । त्यसलाई नियन्त्रण गर्न सरकारले तत्काल समन्वित कदम चाल्ने जनाएको छ । स्वास्थ्य मन्त्री एटोनियो लालाबालुले महामारीको गम्भीरता र तत्काल आवश्यक प्रतिक्रियालाई ध्यानमा राखेर राष्ट्रिय एचआइभी आपत्काल घोषणा गरिएको बताउनुभयो । उहाँका अनुसार सन् २०२५ मा दुई हजार १६ नयाँ एचआइभी सङ्क्रमित पहिचान भएका थिए । यो आँकडा सन् २०१९ को तुलनामा १६ गुणा बढी हो । सरकारका अनुसार अहिले फिजीमा करिब ६० वयस्कमध्ये एक जनामा एचआइभी सङ्क्रमण रहेको अनुमान छ । पाँच वर्षअघि यो अनुपात १६७ जनामा एक थियो । प्रत्येक एक सय गर्भवती मध्ये दुई जनामा एचआइभी सङ्क्रमण देखिएको थियो । सन् २०२५ मा एचआइभी सङ्क्रमणसहित जन्मिएका ५९ शिश...
अस्ट्रेलियाको आप्रवासन नीतिमा परिवर्तन, विद्यार्थीका परिवार ल्याउन पाइने सुविधा समेत कटौती गर्ने

अस्ट्रेलियाको आप्रवासन नीतिमा परिवर्तन, विद्यार्थीका परिवार ल्याउन पाइने सुविधा समेत कटौती गर्ने

अमेरिका । अस्ट्रेलिया सरकारले आप्रवासन नीतिमा कडाइ गर्दै अस्थायी भिसाका माध्यमबाट लामो समय बसाइ लम्ब्याउने प्रक्रिया र डिपेन्डेन्ट अर्थात् परिवार ल्याउन पाइने सुविधा समेत कटौती गर्ने योजना सार्वजनिक गरेको छ । यो निर्णयले अन्तर्राष्ट्रिय विद्यार्थीमा ठूलो मार पर्ने निश्चित छ । यो कदम अस्ट्रेलियाको समग्र आप्रवासन संख्या घटाउने सरकारको योजनाको हिस्सा हो । अस्ट्रेलिया सरकारले सन् २०२८ सम्म कुल विदेशी आप्रवासन (नेट ओभरसिज माइग्रेसन) वार्षिक दुई लाख २५ हजारमा झार्ने लक्ष्य राखेको छ । हाल यो संख्या तीन लाखभन्दा बढी छ । गृहमन्त्री टोनी बर्कले सार्वजनिक गरेको योजनामा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी तथा ग्राजुएट भिसाधारकले परिवारका सदस्य अस्ट्रेलिया ल्याउने व्यवस्थामा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । विदेशी विद्यार्थीले अध्ययनका क्रममा आफ्ना पति वा पत्नी र सन्तानलाई अस्ट्रेलिया ल्याउन नपाउने प...
अस्टेलियामा हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्डको नयाँ मिति तय, अब १० अप्रिल २०२७ मा

अस्टेलियामा हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्डको नयाँ मिति तय, अब १० अप्रिल २०२७ मा

अमेरिका । अस्टेलियामा हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड-२०२६ को मिति परिवर्तन भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड LLC (USA) र भारा इन्टरटेन्मेन्ट अष्ट्रेलियाको संयुक्त आयोजनामा डिसेम्बर १७ मा अष्ट्रेलियाको सिड्नीमा कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम अब १० अप्रिल २०२७, शनिबार आयोजना हुनेछ । गत भदौ १० गते नेपालमा पछिल्लो समय उत्पन्न भएको प्राकृतिक विपद् तथा त्यसबाट सिर्जित असहज र संवेदनशील परिस्थितिका कारण पूर्वनिर्धारित मितिमा आयोजना गर्न सम्भव नभएकाले कार्यक्रमको मिति परिवर्तन गर्ने निर्णय भएको ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसि यूएसएका चेयरपर्सन नायक/निर्देशक नवराज श्रेष्ठले बताउनु भयो । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, नेपाली चलचित्रकर्मीहरूको सम्मान तथा विश्वभर छरिएर रहेका नेपाली चलचित्रप्रेमी, कलाकार एवं चलचित्र क्षेत्रसँग आबद्ध व्यक्तित...
बेलायतमा व्यवसाय गर्दै आएका सुजन कटुवालद्वारा एक करोड पाँच लाख हस्तान्तरण

बेलायतमा व्यवसाय गर्दै आएका सुजन कटुवालद्वारा एक करोड पाँच लाख हस्तान्तरण

नेपाल । बेलायतमा व्यवसाय गर्दै आएका नेपाली सुजन कटुवालले भोटेकोशी हिमबाढी प्रभावितका लागि सङ्कलित एक करोड पाँच लाख ४६ हजार बढी रकम सरकारलाई हस्तान्तरण गरेका छन्। बेलायतको लन्डनस्थित पानस गुर्खा रेष्टुरेन्ट तथा पानस हेल्पिङह्याण्डका संस्थापक कटुवालले आफूसहित बेलायतका नेपाली समुदाय तथा स्थानीयबाट उक्त राहत सहयोग सङ्कलन गरिएको थियो। उक्त रकम उनले सरकारको कोषमा दाखिला गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे। सहयोग रकम बाढी राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको उनले जानकारी दिए। कोभिड १९ महामारीताका पनि उनले घरबारविहीनलाई खाना खुवाउने अभियान सञ्चालन गरेका थिए। नेपालमा आएको विनाशकारी बाढीपछि उनी र उनको पानस टोलीले नेपालको बाढी प्रभावितका लागि आपतकालिन अपिलसहित अभियान थालेका थिए। बाढीबाट ज्यान गुमाएकाहरूकाप्रति श्रद्धान्जलीसँगै बेलायतमा मैनवत्ती...