एनआरएनएका पदाधिकारी र बेलायतका राजदूत रोब फेनबीच भेटघाट
नेपाल । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले सोमबार नेपालका लागि बेलायतका महामहिम राजदूत रोब फेनसँग भेटघाट गरेको छ ।
उक्त भेटघाटमा विशेषतः नेपाल र बेलायत बीचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप सिकाइका क्षेत्रमा नेपाली डायस्पोराको भूमिका लगायतका विषयमा महत्वपूर्ण अन्तरक्रिया भएको थियो ।
उक्त अवसरमा संघका अध्यक्ष डा बद्री केसीले नेपाली डायस्पोराले नेपालको जीडिपीमा पुर्याइरहेको योगदान लगायत लगानी, शिक्षा स्वास्थ्य, रोजगारी, परोपकारी क्षेत्रमा भइरहेको गतिविधि र कोभिड महामारीका समय नेपाली डायस्पोराले गरेको सहयोगबारे जानकारी गराउनुभयो । नेपाल सरकारले सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको र लगानीका लागि पनि डायस्पोरालाई प्रोत्साहन गरिरहेको अध्यक्ष डा केसीले उल्लेख गर्नुभयो ।
यससँगै,उपाध्यक...








