३ आश्विन २०८३, शनिबार

अन्तराष्ट्रिय/प्रवास

नेपाली युवाले चलाएका दुई व्यबसाय अष्ट्रेलियाको प्रशिद्ध लोकल बिजनेस अवार्डबाट सम्मानित

नेपाली युवाले चलाएका दुई व्यबसाय अष्ट्रेलियाको प्रशिद्ध लोकल बिजनेस अवार्डबाट सम्मानित

अमेरिका । अष्ट्रेलियामा रहेका दुई नेपाली नेतृत्वका उद्यमहरू क्लिक कन्सल्टिङ्ग गु्रप र आइटी टुगेदरले बिजनेस अवार्ड परमाटा जितेका हुन् । उत्कृष्ट शिक्षा सेवा तर्फ क्लिक कन्सल्टिङ्ग गु्रप र आइटी टुगेदरले उत्कृष्ट नयाँ व्यवसायका रुपमा परामाटा सम्मान प्राप्त गर्न सफल भएका हुन् । क्लिक कन्सल्टिङ्ग गु्रपले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपालका विद्यार्थीहरूलाई आइटी, लेखा, इञ्जिनियरिङ र साइबर सुरक्षामा जागिर खोज्न मद्दत गरेर ठूलो परिवर्तन ल्याइरहेको छ । अहिलेसम्म, यस गु्रपले सयौँ विद्यार्थीहरूलाई सफलतापूर्वक आफ्नो करियर सुरु गर्न मद्दत गरेको छ । अर्कोतर्फ आइटी टुगेदरले प्राविधिक स्टार्टअपका साथै साना र मझौला व्यवसायहरूलाई एआइ सञ्चालित सिआरएम समाधानहरू मार्फत आफ्नो दैनिक कार्यहरू स्वचालित गर्न मद्दत गरिरहेको छ । वास्तविक व्यावसायिक समस्याहरू समाधान गर्ने उनीहरूको नवीन दृष्टिकोणले उत्कृ...
एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजकमा करिना कुँवरको उम्मेदवारी

एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजकमा करिना कुँवरको उम्मेदवारी

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजकमा करिना कुँवरले उम्मेदवारी घोषणा गरेकी छिन् । एनसीसीको सन् २०२५–२७ को कार्यसमितिका लागि यही अगस्ट १६ र १७ मा निर्वाचन हुँदैछ । कोलोराडो क्षेत्रकी समाजसेवी, सामाजिक व्यक्तित्व कुँवरले प्रवास विशेष गरी अमेरिकामा बसोवास गर्दै आएका नेपाली दाजुभाई दिदीबहिनीहरुको हकहितका लागि आवाज उठाउनका लागि उम्मेदवारी दिएको उल्लेख गरेकी छिन् । अमेरिकाका सम्पूर्ण एनआरएनहरुलाई आफूलाई भोट दिएर विजयी गराउन उनले अनुरोध गरेकी छिन् । कोलोराडोकी चेली करिना कुँबरलाई समर्थन र मतदानको लागि कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष बाशुदेव खनालले अनुरोध गरेका छन् ।...
घानामा हेलिकोप्टर दुर्घटनामा, २ मन्त्रीसहित ८ जनाको मृत्यु

घानामा हेलिकोप्टर दुर्घटनामा, २ मन्त्रीसहित ८ जनाको मृत्यु

नेपाल । घानामा भएको एक सैन्य हेलिकोप्टर दुर्घटनामा आठजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा रक्षा मन्त्री एडवर्ड ओमाने बोआमाह र पर्यावरण, विज्ञान र प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद पनि छन् । यसमा अन्य तीन सरकारी अधिकारी र तीन वायुसेना कर्मचारी पनि थिए । घाना सशस्त्र बलका अनुसार, जेड–९ हेलिकोप्टर बुधबार बिहान राजधानी अकाराबाट ओबुआसीका लागि उडेकोमा रडारसँग सम्पर्क टुटेको थियो । उक्त दुःखद घटनापछि घाना सरकारले शोक व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।...
संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै आइजिनमा राख्ने प्रस्तावप्रति एनआरएएको ध्यानाकर्षण

संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै आइजिनमा राख्ने प्रस्तावप्रति एनआरएएको ध्यानाकर्षण

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै आइजिनमा राख्ने प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । यस प्रस्तावले नेपालका पुँजी बजार र लगानी वातावरणमा नकारात्मक असर पार्न सक्ने देखिन्छ । एनआरएनएले विज्ञप्तिमार्फत सम्बन्धित निकायलाई यो प्रस्ताव पुनर्विचार गर्न र सन्तुलित निर्णय लिन आग्रह गरेको छ । सीडीएस एन्ड क्लियरिङले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष पेस गरेको संस्थापक र सर्वसाधारण सेयर छुट्टाछुट्टै इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइजिन) मा राख्ने प्रस्तावप्रति ध्यानाकर्षण गराएको हो । सीडीएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीको संस्थापक समूहको सेयर अभौतिकीकरण (भौतिक सेयरलाई विद्युतीय प्रणालीमा परिणत गर्ने) प्रक्रियामा संस्थापक र सर्वसाधारण सेयर गरी दुई वटा आइजिनको व्यवस्था गर्...
एनआरएए आईसीसीले नवनिर्वाचित एनसीसीका पदाधिकारी तथा सदस्यहरूसँग अन्तरक्रिया गर्ने

एनआरएए आईसीसीले नवनिर्वाचित एनसीसीका पदाधिकारी तथा सदस्यहरूसँग अन्तरक्रिया गर्ने

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीले हालै निर्वाचित भएका विभिन्न देशका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारी तथा सदस्यहरूसँग परिचयात्मक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । आईसीसीका प्रवक्ता फणिन्द्र पन्तका अनुसार अन्तरक्रिया कार्यक्रमको उद्देश्य एनसीसी प्रतिनिधिहरूबीच आपसी चिनजान गराउने, संघको वर्तमान गतिविधिबारे जानकारी दिनु तथा भावी कार्ययोजनाबारे छलफल गर्नु रहेको छ। उक्त कार्यक्रम आगामी आइतबार, साउन २५ गते (१० अगस्ट २०२५) को दिन नेपाली समय अनुसार बेलुका ५स्०० बजे भर्चुअल माध्यममार्फत आयोजना गरिनेछ । कार्यक्रमको सञ्चालन महासचिव गौरीराज जोशीले गर्नेछन् भने संघका उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनएको वर्तमान अवस्था, वैधानिक व्यवस्था र भावी रणनीतिका बारेमा विशेष प्रस्तुति दिनेछन्। संघका अध्यक्ष डा. बद्री केसीसहित अन्य केन्द्रीय पदाधिकारीहरूले पनि कार्यक्रममा...
अमेरिकामा सगरमाथा आरोही दुई नेपाली महिला सम्मानित

अमेरिकामा सगरमाथा आरोही दुई नेपाली महिला सम्मानित

टेक्सस । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली महिलालाई टेक्ससको ड्यालसमा सम्मान गरिएको छ । पाँचपटक सगरमाथा आरोहण गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र दुईपटक सगरमाथा आरोहण गर्नुभएकी उषा बिष्टलाई ड्यालसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा एक कार्यक्रमबीच सम्मान गरिएको हो । नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, टेक्सस, नेपलिज् मेडिकल एसोसिएसनलगायतका सङ्घसंस्थाको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा सगरमाथा आरोही श्रेष्ठ र बिष्टले हिमाल आरोहणका क्रममा भोगेका अनुभव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित नेपाली समुदायले उहाँहरूको अनुभव सुनेपछि भावुक हुँदै हिमाल आरोही दुवै जनालाई सम्मान गरिएको थियो । सो अवसरमा फोटोपत्रकार एवं हिमाल आरोही श्रेष्ठले विश्वका आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमालसमेत आरोहण गरेको र...
एनआरएनए एनसीसीको अध्यक्षमा साह, वरिष्ठ उपाध्यक्षमा पाण्डे र उपाध्यक्षमा गौतमको उम्मेदवारी

एनआरएनए एनसीसीको अध्यक्षमा साह, वरिष्ठ उपाध्यक्षमा पाण्डे र उपाध्यक्षमा गौतमको उम्मेदवारी

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा सतेन्द्र साहले उम्मदवारी दिनु भएको छ । समुदायप्रतिको जिम्मेवारी र संस्थाप्रतिको प्रतिबद्धतासहित सन् २०२५–२७ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको उहाँले बताउनु भयो । सबैको साझा प्रयासबाट एनआरएनएलाई अझ उत्तरदायी, समावेशी र प्रभावकारी संस्था बनाउन सकिन्छ भन्ने विश्वास लिएको उहाँले बताउनु भयो । ‘एनआरएनएको एकता, आजको आवश्यकता’, ‘अग्रजलाई सम्मान, युवालाई मतदान’, ‘युवा नेतृत्व र एकता, आजको आवश्यकता’ जस्ता आकर्षक नारासहित उहाँ चुनावी अभियानमा होमिनु भएको छ । समाजसेवी व्यक्तित्वको छबि बनाउनु भएका उहाँको चर्चा अमेरिका निवासी नेपाली माझ फैलिएको छ । नयाँ नेतृत्व चयनका लागि यही अगस्ट १६ र १७ मा निर्वाचन हुँदैछ । त्यसैगरी एनआरएनए एनसीसी अमेरिकाको वरिष्ठ उपाध्यक्षमा त्रिभुवन पाण्डे र उपाध्यक्षमा श्रीकृष्ण गौतमले उम्मेदवारी दिनु भएको छ । पाण्डे र ...
एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा उम्मेदवारी दिएसँगै निमा शेर्पाको चर्चा चुलियो

एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा उम्मेदवारी दिएसँगै निमा शेर्पाको चर्चा चुलियो

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा निमा शेर्पाले उम्मेदवारी दिएका छन् । यही अगस्ट १६ र १७ मा हुने निर्वाचन मार्फत सन् २०२५–२७ कार्यकालको लागि नयाँ कार्यसमिति हुन लागेको हो । स्थानीय आवश्यकता, समस्या र सम्भावनामा केन्द्रित भएर कोलोराडो च्याप्टर अध्यक्ष पदमा उम्मेदवारी दिएको शेर्पाले बताए । कोलोराडो क्षेत्रका हरेक सामाजिक कार्यमा उत्तिकै सक्रिय रहँदै आएका शेर्पा लामो समयदेखि एनआरएनए अभियानमा जोडिंदै आएका व्यक्ति हुन् । यसअघि एनआरएनए एनसीसी अमेरिकाको बीओडी रहेर कार्य गरेका शेर्पाले कोलोराडो च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी दिएसँग कोलोराडो निवासी नेपाली समुदायमाझ उनको चर्चा चुलिएको छ ।...
एनआरएनएको १२औं महाधिवेशनमा करिब ३४ सय प्रतिनिधिहरूले सहभागिता जनाउने

एनआरएनएको १२औं महाधिवेशनमा करिब ३४ सय प्रतिनिधिहरूले सहभागिता जनाउने

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबर महिनामा आयोजना हुने १२औं महाधिवेशनमा करिब ३४ सय प्रतिनिधिहरूले सहभागिता जनाउने भएका छन्। संघको विधानअनुसार १ हजारभन्दा बढी पञ्जीकृत सदस्य रहेका मुलुकहरूले १०० भन्दा बढी प्रतिनिधि पठाउन सक्ने व्यवस्था छ । हालसम्म संघका ५८ देशमा ८० हजार ३३ जना पञ्जीकृत सदस्य रहेका छन् । संघको विधानअनुसार अमेरिकाबाट ४०० जना, युरोपबाट ११०० जना, मध्यपूर्वबाट ६५० जना, एशियाबाट ७०० जना, ओसिनियाबाट ४०० जना र अफ्रिकाबाट १०० जना प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउने छन् । सोही अनुसार बेलायत (यूके) बाट १५० जना पञ्जीकृत सदस्य र २४ जना केन्द्रीय पदाधिकारी गरी कुल १७४ जना प्रतिनिधिले भाग लिन पाउने छन् । प्रतिनिधि छनोट सम्बन्धित मुलुकको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को निर्वाचन प्रक्रियामार्फत हुनेछ। निर्वाचनमा सहभागिता जनाउनका लागि समयमै सदस्यता नवीकरण गर...
अमेरिकाको ओहायो राज्यमा नेपाली दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित

अमेरिकाको ओहायो राज्यमा नेपाली दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित

अमेरिका । नेपाली राजदूतवासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ घुम्ति शिविर सञ्चालन गरेको छ । मङ्गलबार र बुधबार गरी आयोजना गरिएको घुम्ती शिविरमा करिब चार सय सेवाग्राहीले सेवा लिएको डिसीस्थित दूतावासले जानकारी दिएको छ । ओहायो राज्यका लागि अवैतनिक महावाणिज्यदूत डा दामोदर पौडेलको समन्वयमा स्थानीय गैरआवासीय सङ्घको समेत सहभागितामा शिविर सञ्चालन गरिएको थियो । यहाँ रहेका नेपालीहरूका लागि राहदानी नवीकरणलगायत सेवाका लागि डिसीमा रहेको दूतावाससम्म पुग्नका लागि समय र स्रोतको कारणले महँगो पर्नेमा दूतावासको टोली नै आएर सेवाग्राहीलाई सेवा दिनु महत्त्वपूर्ण भएको पौडेलले प्रतिक्रिया दिनुभयो । डिसीस्थित दूतावासका इकोनोमिक कन्सुलर युगराज पाण्डेको प्राविधिकसहितको टोलीले शिविरमा सेवा दिएको थियो । यसैगरी गत आइतबार र सोमबार केन्टकी राज्यमा सोही प्रकृतिको शिविर सञ्चालन गरिएको थिय...