नेपाल । बेलायतमा व्यवसाय गर्दै आएका नेपाली सुजन कटुवालले भोटेकोशी हिमबाढी प्रभावितका लागि सङ्कलित एक करोड पाँच लाख ४६ हजार बढी रकम सरकारलाई हस्तान्तरण गरेका छन्।
बेलायतको लन्डनस्थित पानस गुर्खा रेष्टुरेन्ट तथा पानस हेल्पिङह्याण्डका संस्थापक कटुवालले आफूसहित बेलायतका नेपाली समुदाय तथा स्थानीयबाट उक्त राहत सहयोग सङ्कलन गरिएको थियो।
उक्त रकम उनले सरकारको कोषमा दाखिला गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे। सहयोग रकम बाढी राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको उनले जानकारी दिए।
कोभिड १९ महामारीताका पनि उनले घरबारविहीनलाई खाना खुवाउने अभियान सञ्चालन गरेका थिए।
नेपालमा आएको विनाशकारी बाढीपछि उनी र उनको पानस टोलीले नेपालको बाढी प्रभावितका लागि आपतकालिन अपिलसहित अभियान थालेका थिए।
बाढीबाट ज्यान गुमाएकाहरूकाप्रति श्रद्धान्जलीसँगै बेलायतमा मैनवत्ती प्रज्वलन गरिएको थियो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्