१६ कार्तिक २०८३, सोमबार

अन्तराष्ट्रिय/प्रवास

रूसको सुदूर पूर्वीमा विमान दुर्घटना हुँदा छ जनाको मृत्यु

रूसको सुदूर पूर्वीमा विमान दुर्घटना हुँदा छ जनाको मृत्यु

अमेरिका । रूसको सुदूर पूर्वी अमुर क्षेत्रमा मङ्गलबार रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा छ जना चालक दलका सदस्यको मृत्यु भएको र एक जना घाइते भएको रूसी रक्षा मन्त्रालयले जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका अपुस्ट भिडियोहरूमा दुर्घटनास्थलजस्तो देखिने ठाउँबाट आगो र धुवाँ उडिरहेको देखिएको छ भने पृष्ठभूमिमा ठूलो आवाज सुनिन्छ । “प्रारम्भिक तथ्याङ्कअनुसार छ जना चालक दलका सदस्यहरूको मृत्यु भएको छ भने एक जना घाइते भई उपचारका लागि लगिएको छ,” मन्त्रालयले थपेको छ। विमानमा कुनै पनि गोलाबारुद नभएको बताइएको छ । टीयू–९५ सोभियत सङ्घकालिन समयमा डिजाइन गरिएको ठूलो, आणविक क्षमता भएको बमवर्षक विमान हो । रूसले यो विमानलाई नियमित सैन्य अभ्यासहरूमा प्रायः प्रयोग गर्ने गर्छ ।...
अमेरिका-नेपाल सहयोगी समाजद्वारा बाढीपीडितका लागि ९२ हजार ९६४ अमेरिकी डलर सहयोग

अमेरिका-नेपाल सहयोगी समाजद्वारा बाढीपीडितका लागि ९२ हजार ९६४ अमेरिकी डलर सहयोग

अमेरिका । अमेरिकाको भर्जिनियामा सक्रिय अमेरिका–नेपाल सहयोगी समाजले नेपालमा हालै आएको रसुवा–भोटेकोशी बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनस्र्थापनाका लागि संकलन गरेको ९२ हजार ९६४ अमेरिकी डलर (अनुमानित १ करोड, ४२ लाख नेपाली रुपियाँ) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन न्यूयोर्क आउनुभएका नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालसँग भर्जिनियाबाट न्यूयोर्क पुगेर नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कमा आयोजित भेटघाट र अन्तरक्रिया कार्यकममा संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको चेक ग्रहण गर्ने क्रममा परराष्ट्रमन्त्री खनालले संस्थालाई धन्यवाद दिँदै यसरी प्राप्त भएको रकमलाई सहि ढंगले सदुपयोग गरिने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले एएनएचएसका प्रतिनिधिहरुले दिएको सुझाव र विदेशमा बस्...
अस्ट्रेलियास्थित साउथवेस्ट नेप्लिज कम्युनिटीमा चन्द्र ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अस्ट्रेलियास्थित साउथवेस्ट नेप्लिज कम्युनिटीमा चन्द्र ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अमेरिका । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यअन्तर्गत नेपालीहरूको बाक्लो बसोबास रहेको दक्षिण–पश्चिम क्षेत्रमा स्थापित साउथवेस्ट नेप्लिज कम्युनिटीको साधारणसभाले चन्द्र ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशील रहेको कम्युनिटीको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश पौडेल, महासचिवमा विवेक निरौला, कोषाध्यक्षमा हेमा भण्डारी, सचिवमा सुमन न्यौपाने र प्रवक्तामा प्रदीप लामा चुनिएका छन् । स्थानीय तहमा नेपाली समाजको उत्थान र प्रवर्द्धनका लागि क्रियाशील संस्थाको केन्द्रीय सदस्यहरूमा सुवान चौलागाईं, वसन्तराज ओझा, पुनम भुसाल आचार्य, सुदन लामा, महेश भट्टराई, विशाल सुवेदी, सन्तोष बन्जाडे, समर ढुंगाना र विनोद पौडेल रहेका छन् । साधारणसभाले नयाँ नेतृत्व चयन गर्नुका साथै दुईवर्षे कार्यकालमा भएका उपलब्धि र चुनौतीका विषयमा समेत विस्तृत छलफल गरेको थियो । कार्यक्रममा गैरआवासीय ...
नेपाली डायस्पोरालाई आर्थिक रूपान्तरणका लागि उपयोग गर्ने सरकारको नीति र प्राथमिकता

नेपाली डायस्पोरालाई आर्थिक रूपान्तरणका लागि उपयोग गर्ने सरकारको नीति र प्राथमिकता

अमेरिका । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका लागि महत्त्वपूर्ण साझेदारको रूपमा उपयोग गर्ने सरकारको नीति र प्राथमिकताबारे जानकारी गराउनुभएको छ । अमेरिकामा रहेका गैरआवासीय नेपाली (एनआरएनए) तथा विभिन्न नेपाली डायस्पोरा संस्थाले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी हुनुहुँदै मन्त्री खनालले डायस्पोरासम्बन्धी सरकारका नीति तथा प्राथमिकताबारे जानकारी गराउनुभएको हो । कार्यक्रममा उहाँले नेपाली डायस्पोराको ज्ञान, सीप, पुँजी, प्रविधि तथा सम्पर्क सञ्जाललाई नेपालको आर्थिक विकास र रूपान्तरणमा उपयोग गर्ने विषयमा सरकारको दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो । मन्त्री खनालले नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई थप सुदृढ गर्दै नेपालको आर्थिक रूपान्तरणमा डायस्पोराको योगदानलाई प्रभावकारी रूपमा परिचालन गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभयो ।...
भारतमा बाढी र पहिरोमा परी कम्तीमा ६८ जनाको मृत्यु

भारतमा बाढी र पहिरोमा परी कम्तीमा ६८ जनाको मृत्यु

नेपाल । उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य उत्तर प्रदेशमा तीन दिनयता बाढी र वर्षासम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ । राहत आयुक्तको कार्यालयका अनुसार एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ । यता, गत अगस्ट २६ को विनाशकारी बाढीबाट प्रभावित नेपालमा पुनः बाढी र पहिरोको नयाँ शृङ्खला सुरु भएको छ । नेपालका विपद् व्यवस्थापन अधिकारीका अनुसार बिहीबारयता बाढी तथा पहिरोका घटनामा १२ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । वैज्ञानिकहरूले हालका वर्षमा दक्षिण एसियामा चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ्दै गएको चेतावनी दिँदै आएका छन् । उनीहरूले यसलाई जलवायु परिवर्तन र बढ्दो तापक्रमसँग जोडेर हेरेका छन् । गत महिना चीन–नेपाल सीमाक्षेत्रमा हिमनदीसहितको पहाड खस्दा आएको ...
कोलोराडोमा सेप्टेम्बर २७ मा आयोजना हुने इन्द्रजात्राको सबै तयारी पुरा

कोलोराडोमा सेप्टेम्बर २७ मा आयोजना हुने इन्द्रजात्राको सबै तयारी पुरा

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोमा नेपाल मण्डलका आदिवासी नेवा: समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको महान् पर्व इन्द्रजात्रा (येँया पुन्ही) को सबै तयारी पुरा भएको छ । कोलोराडो नेवा: खलः (Colorado Newah Khalah) को आयोजनामा आगामी सेप्टेम्बर २७ तारीक आइतबार वेस्टमिन्स्टर स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरको प्राङ्गणमा आयोजित पाँचौँ संस्करण इन्द्रजात्राको तयारी पुरा भएको अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् । कार्यक्रममा नेवा: समुदायको मौलिक परम्परा अनुसार कुमारीको रथयात्रा सहित विविध सांस्कृतिक प्रस्तुति, लाखे नाच, पुलुकिसि, सांस्कृतिक झाँकी, नेवा: संगीत, सामयबजी (नेवा: परिकार) तथा मण्डला संगीत समुहको साँगितिक प्रस्तुति रहने बताइएको छ । इन्द्रजात्रा केवल एउटा उत्सव मात्र नभई “हाम्रो इतिहास, पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सम्पदा” हो ।...
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाह न्युयोर्कमा

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाह न्युयोर्कमा

अमेरिका । प्रधानमन्त्री वालेन्द्र शाह बुधबार बिहान संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क आइपुग्नुभएको छ। प्रधानमन्त्री शाह नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाउन अमेरिका आइपुग्नुभएको हो । प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधी राम भण्डारीले स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री शाहको टोलीमा प्रमुख सल्लाहकार कुमार बेनसहित अन्य सदस्यहरू रहनुभएको छ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय छलफलअन्तर्गत सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग समेत भेटवार्ता गर्नुहुने कार्...
दक्षिण अफ्रिकाको पूर्वी बन्दरगाह सहर डरबन नजिकै बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु

दक्षिण अफ्रिकाको पूर्वी बन्दरगाह सहर डरबन नजिकै बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु

अमेरिका । दक्षिण अफ्रिकाको पूर्वी बन्दरगाह सहर डरबननजिकैको एक बस्तीमा बन्दुकधारीले गोली चलाउँदा गर्भवतीसहित ११ जनाको मृत्यु भएको छ । क्वाजुलु–नाताल प्रान्तीय सरकार र प्रहरीले बुधबार घटनाको पुष्टि गर्दै आक्रमणमा अन्य तीन जना बाँच्न सफल भएको जनाएको छ । डरबनको दक्षिणमा रहेको क्वामखुथा बस्तीमा मङ्गलबार राति करिब ११ बजेभन्दा केही समयअघि घटना भएको हो । क्वाजुलु–नाताल प्रान्तका मुख्यमन्त्री थामसाङ्का नटुलीका अनुसार पीडित एउटा घरमा भेला भएका बेला सशस्त्र आक्रमणकारी परिसरमा प्रवेश गरी गोली चलाएका थिए । आक्रमणको उद्देश्य तत्काल स्पष्ट हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै जिम्मेवार व्यक्तिसम्म पुग्न सक्ने महत्वपूर्ण सुराक फेला परेको जनाएको छ । स्थानीय टेलिभिजन इएनसिएका अनुसार आक्रमणकारीले पीडितलाई एउटा कोठामा जबर्जस्ती प्रवेश गराएर गोली चलाएका थिए । उनीहरूले पीडितमध्ये एक जनाको ...
विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा एनआरएनए र सरकारबीच सहकार्यबारे छलफल

विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा एनआरएनए र सरकारबीच सहकार्यबारे छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारका सम्बन्धित निकायबीच हालैको विपद्पछिको राहत, पुनर्स्थापना, पुनःस्थापना तथा पुनर्निर्माणका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ। छलफलका क्रममा प्रभावित परिवार तथा समुदायको दीर्घकालीन पुनर्स्थापना, सुरक्षित पुनर्निर्माण तथा जीविकोपार्जनका क्षेत्रमा एनआरएनएसँग सहकार्य गर्न सकिने सम्भावित क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको थियो। छलफलमा एनआरएनएका तर्फबाट विपद्पछिको पुनर्निर्माणलाई तत्कालीन पुनर्निर्माणमा मात्र सीमित नराखी भविष्यमा हुनसक्ने बहु–विपद् (Multi-hazard) को जोखिमलाई समेत मध्यनजर गर्दै सुरक्षित, व्यवस्थित र दिगो विकासका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइएको थियो। एनआरएनएले हाल राहत तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिइरहेको जानकारी गराउँदै आगामी पुनर्स्थापना तथा पुनर्निर्माणको चरणमा पनि सरकारसँग हातेमालो गर्दै ठोस...
अमेरिकाको नर्थ क्याराइलिनामा ‘आरटीपी दसैं कप’ फुटबल प्रतियोगिता सुरु

अमेरिकाको नर्थ क्याराइलिनामा ‘आरटीपी दसैं कप’ फुटबल प्रतियोगिता सुरु

नेपाल । अमेरिकाको नर्थ क्याराइलिनामा, दसैंको अवसर पारेर ‘आरटीपी दसैं कप’ फुटबल प्रतियोगिता सुरु भएको छ । नेपाली समुदायबिच एकता, आपसी भाइचारा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुँदैआएको यो प्रतियोगिता सन् २०१७ बाट सरु भएको आयोजक विकास सापकोटाले बताउनुभयो। अमेरिकामा रहेर पनि नेपाली चाडपर्व, संस्कृति र परम्परालाई निरन्तरता दिँदै नेपाली समुदायबिच आपसी सम्बन्ध र भाइचारा थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सापकोटाले बताउनुभयो। यो वर्षको आयोजकमा विकास सापकोटा, जीवन न्यौपाने, दीप रिशाल, टंक सेलिङ, सौरवराज बिष्ट र सन्तोस गौतम आयोजक सदस्यका रूपमा रहनुभएको छ । त्यसैगरी प्रतियोगितामा सहभागी १० टोली छन्। आरटीपी दसैं कप करिब एक महिनासम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताले नेपाली डायस्पोराबिच आपसी सम्पर्क, सहकार्य र सम्बन्ध विस्तार गर्नुका साथै न...