१ आश्विन २०८३, बिहीबार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको हो । “नेपाललााई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,” राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एनबिसीले भनेको छ । उहाँले भोटेकोशी बाढीबाट भएको क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिएपछि उहाँहरूलाई सहयोग गर्न अमेरिका तत्पर आफूले जानकारी गराएको बताउनुभयो ।...
बाढीग्रस्त क्षेत्रको भ्रमणपछि एनआरएनए आईसीसी अध्यक्ष शर्माको बयान

बाढीग्रस्त क्षेत्रको भ्रमणपछि एनआरएनए आईसीसी अध्यक्ष शर्माको बयान

-हेमराज शर्मा- आज बिहीबार हामी गैरआवासीय नेपाली संघको टोली नुवाकोटका विभिन्न बाढीपीडित क्षेत्रको स्थलगत भ्रमण तथा राहत सामग्री वितरण कार्यमा खटिएका थियौं। यस क्रममा हामीले स्थानीय बासिन्दा, जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका फिल्ड कमाण्डरसँग प्रत्यक्ष संवाद गरी त्यहाँको वस्तुस्थिति बुझ्ने अवसर पायौं। साथै, संघको तर्फबाट काठमाडौंबाट लगिएका राहत सामग्री (टेन्ट, म्याट, खाद्य सामग्री, लत्ताकपडा, औषधि तथा बत्ती) समेत वितरण र हस्तान्तर गर्‍यौं। आजको स्थलगत भ्रमण तथा राहत वितरण कार्यमा सहभागी हुनुभएका संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, निवर्तमान अध्यक्ष डा बद्री केसी, पदाधिकारीहरू तथा सम्पूर्ण स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। नुवाकोटको सदरमुकाम विदुर आसपासको अवस्था प्रत्यक्ष हेर्दा बाढीबाट भएको क्षति हामीले पूर्वानुमान गरेभन्दा निकै भयावह रहेको महसुस ...
एनआरएनएले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि राहत वितरण गर्दै

एनआरएनएले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि राहत वितरण गर्दै

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्दैछ । संघका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा बिहीबार पहिलो चरणमा नुवाकोटमा प्रभावित ५ सय परिवारका लागि टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका राहत सामग्री वितरण गरिनेछ । स्थानीय तहसंग समन्वय गरेर संघले राहत वितरण गर्नेछ । यसअघि बुधबार बसेको संघको आकस्मिक बैठकले राहत तथा उद्धारका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने र प्रभावित क्षेत्रमा चिकित्सकहरूको टोली पठाउने निर्णय गरेको थियो । संघले विश्वभर रहेका आफ्ना राष्ट्रिय समन्वय परिषदहरूलाई उद्धार तथा राहत कार्यमा परिचालन गर्ने निर्णयसमेत गरेको थियो ।...
बाढीका कारण भएको ठूलो धनजनको क्षति प्रति एनआरएनए एनसीसी अमेरिकाद्वारा गहिरो दुःख व्यक्त

बाढीका कारण भएको ठूलो धनजनको क्षति प्रति एनआरएनए एनसीसी अमेरिकाद्वारा गहिरो दुःख व्यक्त

अमेरिका । नेपालमा बाढीका कारण भएको ठूलो धनजनको क्षति प्रति एनआरएनए एनसीसी अमेरिकाले गहिरो दुःख व्यक्त गरेको छ । बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि आफूहरु सक्दो सहयोग गर्नका लागि समेत तत्पर रहेको प्रवक्ताद्वय द्रोण गौतम र सन्देश उप्रेतीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
बाढीबाट प्रभावित परिवारको उद्धार र राहतका लागि एनआरएनएले रु ५ करोड आर्थिक सहयोग गर्ने

बाढीबाट प्रभावित परिवारको उद्धार र राहतका लागि एनआरएनएले रु ५ करोड आर्थिक सहयोग गर्ने

नेपाल । एनआरएनएका अध्यक्ष डा. हेम राज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितको लागि राहत तथा उद्धार’ मूल समिति गठन गर्ने निर्णय गरिएको छ । त्यस्तै, आर्थिक सहयोग संकलनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति, स्वयंसेवक परिचालनका लागि उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, एनसीसी परिचालनका लागि महासचिव डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा क्षेत्रीय संयोजक समेत रहने गरि एनसीसी परिचालन समिति गठन गर्ने र विपद व्यवस्थापन समिति र सम्बन्धित निकायसंग समन्वय गर्न प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई जिम्मेवारी तोकिएको छ । बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगसमेत गरि तत्काल रु ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ । ...
भारतमा भेदभाव रोक्न राष्ट्रसङ्घको आग्रह

भारतमा भेदभाव रोक्न राष्ट्रसङ्घको आग्रह

नेपाल । संयुक्त राष्ट्रसंघको जातीय भेदभाव उन्मूलनसम्बन्धी समितिले भारतमा आदिवासी, दलित तथा अन्य सीमान्तकृत समुदायमाथि हुने भेदभाव, हिंसा र कानून प्रवर्तन निकायबाट हुने मानव अधिकार उल्लङ्घन रोक्न तत्काल कदम चाल्न आग्रह गरेको छ । समितिले बङ्गाली भाषी मुस्लिम, रोहिङ्ग्या, आप्रवासी तथा शरण खोज्नेमाथि हुने भेदभाव र घृणाजन्य अपराधप्रति समेत चिन्ता व्यक्त गरेको छ । जातीय भेदभाव उन्मूलन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति (सिइआरडी)ले अनुसूचित जनजाति, अनुसूचित जाति तथा दलितलगायत समुदायविरुद्ध अत्यधिक बल प्रयोग, गैरन्यायिक हत्या, मनमानी हिरासत, यातना, दुव्र्यवहार र यौन हिंसाका घटनाबारे प्राप्त रिपोर्टप्रति गम्भीर चासो व्यक्त गरेको हो । समितिले त्यस्ता आरोपको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी कारबाही गर्न आग्रह गरेको छ । समितिले रोहिङ्ग्या, बङ्गाली भाषी मुस्लिम, आप्रवासी तथा शरण खोज्नेलाई लक्ष...
एनआरएनए, नेपाल रेडक्रस र आईएफआरसीबीच मानवीय सहकार्यका लागि समझदारी

एनआरएनए, नेपाल रेडक्रस र आईएफआरसीबीच मानवीय सहकार्यका लागि समझदारी

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी)बीच मानवीय सहायता, जनस्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी (एमओयू) भएको छ। तीन संस्थाबीचको सहकार्यले नेपालमा विपद् तथा अन्य मानवीय संकटका समयमा गैरआवासीय नेपाली समुदायको स्रोत, ज्ञान र सहयोगलाई परिचालन गर्ने आधार तयार गर्नेछ। एनआरएनएका तर्फबाट अध्यक्ष डा हेम राज शर्मा र नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस)अध्यक्ष डा बिशाल कुमार भण्डारी र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी)का तर्फबाट हेड अफ डेलिगेसन डेभिड फिसरले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारीअनुसार नेपालमा विपद् तथा अन्य संकटका समयमा नेपाल रेडक्रसको मानवीय सहायता तथा जनस्वास्थ्य सेवाका लागि गैरआवासीय नेपालीहरूमाझ कोष संकलनमा सहकार्य...
एनआरएनए र आईएलओबीच नेपाली आप्रवासी श्रमिकका लागि सहयोग थप सुदृढ गर्ने विषयमा छलफल

एनआरएनए र आईएलओबीच नेपाली आप्रवासी श्रमिकका लागि सहयोग थप सुदृढ गर्ने विषयमा छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच नेपाली आप्रवासी श्रमिकका लागि सहकार्य र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ । एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको प्रतिनिधिमण्डल र आईएलओका नेपाल प्रमुख (कन्ट्री डाइरेक्टर) बीच भएको उक्त छलफलमा विशेषत: आप्रवासी नेपाली श्रमिकको सुरक्षा, मानसिक स्वास्थ्य, सचेतना, आपत्कालीन सहयोग, पुनःस्थापना तथा फर्किएका श्रमिकको सीप उपयोगलगायतका विषयमा विस्तृत छलफल भएको छ। यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानका लागि सरकार, गैरसरकारी संस्था, साझेदार निकाय तथा प्रवासी नेपाली समुदायबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो । एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विभिन्न देशमा आप्रवासी श्रमिकसँग सम्बन्धित समस्या फरक–फरक भए पनि धेरै देशमा समान प्रकृतिका चुनौती रहेको बताउनुभयो। एनआर...
एनआरएनए र इक्यानबीच सम्झौता, विदेश जाने विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता

एनआरएनए र इक्यानबीच सम्झौता, विदेश जाने विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता

नेपाल । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक परामर्श, सहजीकरण तथा विदेशमा अभिभावकीय सहयोग उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। समझदारीअनुसार विदेश जाने तथा विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा, अधिकार, सम्मान र मानसिक स्वास्थ्य प्रवर्द्धनमा सहकार्य गरिनेछ। साथै, शैक्षिक परामर्श क्षेत्रमा नैतिक, पारदर्शी र व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्ने तथा नेपालमा हुने प्रस्थानपूर्व तयारी र गन्तव्य मुलुकमा पुगिसकेपछिको समायोजनबीच समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) तर्फबाट अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्षहरू रोजिना प्रधान राई, दिनेश पोखरेल, महासचिव डा. चिरञ्जीवी खड्का, सचिव दिपेश खत्री, सल्लाहकार यास्मिन सइद बेगम ...
एनआरएनए र नेपाल चेम्बरबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तार गर्ने समझदारी

एनआरएनए र नेपाल चेम्बरबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तार गर्ने समझदारी

 नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। एनआरएनएका तर्फबाट अध्यक्ष डा हेम राज शर्मा र नेपाल चेम्बरका तर्फबाट अध्यक्ष कमलेश अग्रवालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारीअनुसार नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन सहजीकरण गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासमा सहकार्य गर्ने तथा स्वदेशी र गैरआवासीय नेपाली व्यवसायीबीच सहकार्य र सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ। साथै ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदानलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमैत्री नीति निर्माणका लागि संयुक्त रूपमा पैरवी गर्ने विषय पनि समझदारीमा समेटिएको छ। एमओयूअन्तर्गत एनसीसी र एनआरएनएले संय...