२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गर्नुभएसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ । शटडाउनले हजारौँ सङ्घीय कर्मचारीलाई तलबविहीन बनाएको थियो । यस अवरोधका कारण हवाई यात्रुहरू फसेका थिए र खाद्य सहायता केन्द्रहरूमा लामो लाइनहरू लागेका थिए । यस सङ्कटले वासिङ्टनमा राजनीतिक ध्रुवीकरणलाई अझ गहिरो बनाएको छ । राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरूलाई शटडाउनको जिम्मेवार ठहर गर्दै अमेरिकी जनतालाई आगामी मध्यावधि चुनावमा यो बिर्सन नहुने चेतावनी दिनुभयो । “जब हामी फेरि चुनावमा पुग्छौँ, डेमोक्रेटहरूले हाम्रो देशमा के गरे, त्यो नबिर्सनुहोस्”, उहाँले भन्नुभयो । सदनले पार्टी–लाइन मत २२२–२०९ ले विधेयक पारित गरेपछि राष्ट्रपति ट्रम्पको हस्ताक्षर समारोह सम्पन्न भएको हो । सिनेटले यसअघि नै विधेयक पारित गरिसकेको थियो । डेमोक्रेटहरूले अफोर्डेबल केयर एक्ट अन्तर्गत स्वास...
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिंदा एकै परिवारका तीन नेपालीको मृत्यु

अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिंदा एकै परिवारका तीन नेपालीको मृत्यु

अमेरिका । अस्ट्रेलियामा सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तिन नेपालीको मृत्यु भएको छ । आमा, बाबु र छोराको घटनास्थलमा मृत्यु भएको हो । भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा हुँदा कारका चालक ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला र तीन वर्षीय एक बालकको दुर्घटनास्थलमै मृत्यु भएको हो । उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । ...
नोभेम्बर २२ मा एनआरएनए कोलोराडोको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिंदै

नोभेम्बर २२ मा एनआरएनए कोलोराडोको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिंदै

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको नव निर्वाचित कार्यसमितिलाई यही २२ नोभेम्बर शनिबारका दिन पद हस्तान्तरण कार्यक्रम हुने भएको छ । च्याप्टरको २०२३–२०२५ कार्यसमितिबाट २०२५–२०२७ कार्यसमितिलाई एक समारोहका बीच पद हस्तान्तरण गर्न लागिएको निवर्तमान अध्यक्ष प्रकाश पौडेलले जनाएका छन् । च्याप्टरमा चन्द्र गुरुङ र निमा शेर्पा अध्यक्ष रहेको दुई छुट्टाछुट्टै कार्य समिति चयन भए पनि दुबै समितिलाई मिलाएर पद हस्तान्तण गर्न लागिएको हो । एनआरएनए कोलोराडो च्याप्टरले दियो एकताको सन्देश एनआरएनए कोलोराडोको अध्यक्षमा चन्द्र गुरुङ र सचिवमा भुवन सापकोटा निर्वाचित ...
बेलायतको लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन

बेलायतको लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन

अमेरिका । बेलायतको लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन भएको छ । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा निधन भएको खबर प्राप्त भएको छ । युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ उत्तीर्ण गरेर सर्टिफिकेट लिने अघिल्लो दिन उनको निधन भएको हो ।...
विदेशमा रहेका नेपालीलाई अनलाइन माध्यमबाट मताधिकार सुनिश्चित गर्नुपर्नेमा एनआरएनएको जोड

विदेशमा रहेका नेपालीलाई अनलाइन माध्यमबाट मताधिकार सुनिश्चित गर्नुपर्नेमा एनआरएनएको जोड

अमेरिका । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका लाखौँ नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । 'विदेशमा रहेका नेपाली नागरिक तथा निर्वाचन क्षेत्र बाहिर रहेका मतदाताको मतदान' सम्बन्धी नीति तथा संवाद कार्यक्रममा अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका लाखौँ नेपालीको अनलाइनमार्फत मताधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको हो । अध्यक्ष डा. केसीले प्रविधिको युगमा अनलाइन माध्यमबाट मतदान प्रणाली सञ्चालन गर्नु नै सबैभन्दा व्यवहारिक र प्रभावकारी उपाय हुने र नेपाल सरकार र सम्बन्धित निकायहरूले प्रविधिमैत्री नीति निर्माण गरी विदेशमा रहेका नेपालीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले प्रवासमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्नु राज्यको नैतिक र संवैधानिक दायित्व भएको उल्लेख गर्दै आवश्यक कानूनी तथा प्राविधिक तयारी...
जापानमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ शुरु

जापानमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ शुरु

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि ‘टोकियो सप्ताह’ महायज्ञ सुरु भएको छ । एनआरएनए जापान र जापानमा रहेका विभिन्न सङ्घसंस्थाको सहकार्यमा शनिबारदेखि टोकियो सप्ताह महायज्ञ सुरु भएको हो । टोकियोस्थित शिन्ज्युकुमा सुरु भएको उक्त सप्ताहव्यापी महायज्ञमा कथा वाचन पण्डित दिनबन्धु पोखरेल र बौद्धगुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले गर्नुभएको छ । एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जापानमा रहेका नेपालीबीचको एकता, भाइचारा र नयाँ पुस्ताबीचको पारस्परिक सम्बन्धलाई मजबुत बनाउँदै आध्यात्मिक चिन्तनको उजागर गर्न÷गराउन महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले एकीकृत नेपाली घर निर्माणका लागि स्रोत जुटाउने महायज्ञको लक्ष्य भए पनि नेपालीबीच मेलमिलाप, शान्ति र सकारात्मक भाव जगाउँदै पूण्यकर्ममा सरिक गराउने उद्देश्य रहेको बताउ...
 नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित

 नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित

अमेरिका । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित हुनुभएको छ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उहाँ निर्वाचित हुनुभएको हो । सम्मेलनमा जर्जिया, सियाटल, सिकागो, क्लोराडो, मेरिल्यान्ड, अलबमा, उत्तर तथा दक्षिण क्यारोलिना, फ्लोरिडा र वाशिङटन डिसीमा बसोबास गर्ने नेपालीको सहभागिता थियो । संस्था स्थापना भएको तीन दशकपछि नासाले पहिलोपटक महिला अध्यक्ष प्राप्त गरेको हो । नवनिर्वाचित अध्यक्ष गुरुङले यसअघि दुई कार्यकाल बोर्ड निर्देशक र महिला समितिको नेतृत्व  सम्हाल्नु भइसकेको छ । अमेरिकामा बसोबास गर्दै आउनुभएकी समाजसेवी गुरुङले २५ वर्षसम्म नेपाली समुदायको हक, हित र नेपाली कला, संस्कृति क्षेत्रका प्रवद्र्धमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ । सन् १९९९ बाट नासामा संलग्न गुरुङले नेपाली समुदा...
खाडी मुलुक र मलेसियामा रहेकाश्रमिकका समस्या समाधान विषयक समन्वयात्मक बैठक सम्पन्न

खाडी मुलुक र मलेसियामा रहेकाश्रमिकका समस्या समाधान विषयक समन्वयात्मक बैठक सम्पन्न

नेपाल । 'खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधान' विषयक समन्वयात्मक बैठक सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को संयुक्त सहकार्यमा संचालन भैरहेको Migrants Rights and Decent Work (MiRiDeW) Phase–II, NRNA–ILO Project Initiative अन्तर्गत उक्त बैठक आयोजना गरिएको हो । गैरआवासीय नेपाली संघको बालुवाटारस्थित सचिवालयमा आयोजित बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग, सरकारी तथा गैरसरकारी संस्था, वैदेशिक रोजगारसँग सम्बन्धित निकाय, श्रमिक संगठनहरू,बिज्ञ, नीति अनुसन्धानकर्ता, लगायत ३० भन्दा बढी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सरोकारवालाहरूले खाडी मुलुक र मलेसियामा रहेका नेपाली श्रमिकहरूले भोगिरहेका प्रमुख समस्या, जस्तै कुटनीतिक सम्बन्ध, द्विपक्षिय श्रम सम्झौता उल्लंघन, तलब र...
न्युयोर्कका पूर्वमेयर माइक ब्लुमबर्गद्वारा मिथेन उत्सर्जन घटाउन १० करोड लगानीको घोषणा

न्युयोर्कका पूर्वमेयर माइक ब्लुमबर्गद्वारा मिथेन उत्सर्जन घटाउन १० करोड लगानीको घोषणा

अमेरिका । अमेरिकी अर्बपति तथा न्युयोर्कका पूर्व मेयर माइक ब्लुमबर्गले आफ्नो परोपकारी संस्था ब्लुमबर्ग फिलान्थ्रोपीजमार्फत मिथेन ग्यासको उत्सर्जन घटाउने उद्देश्यले १० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गर्नु भएको छ । मिथेनलाई जलवायु परिवर्तनको ‘सुपर प्रदूषक’ हरितगृह ग्यास मध्ये एक मानिन्छ र पछिल्ला वर्षमा यो विषय अन्तर्राष्ट्रिय वार्ताको केन्द्रीय मुद्दा बन्दै गएको छ । संयुक्त राष्ट्रसङ्घको आगामी वार्षिक जलवायु सम्मेलन (कोप-३०) अगाडि विश्व नेता ब्राजिलको अमेजन क्षेत्रमा भेट गर्न तयारी गरिरहेका बेला यो घोषणा गरिएको हो । ८३ वर्षीय ब्लुमबर्गले पत्रकारसँगको संवादमा भन्नुभयो, “मिथेन उत्सर्जन जलवायु परिवर्तनका प्रमुख कारण मध्ये एक हो, तर यसलाई नियन्त्रण गर्न सक्ने हाम्रो सबैभन्दा ठुलो अवसर पनि यही हो ।” ब्लुमबर्ग फिलान्थ्रोपीजले विगत केही वर्षदेखि तेल, ग्यास र कोइला उद्योगबाट हुने मिथेन चुहावटक...
अमेरिकाको न्युयोर्क सहरको मेयरमा ममदानीको विजयले नयाँ तरङ्ग

अमेरिकाको न्युयोर्क सहरको मेयरमा ममदानीको विजयले नयाँ तरङ्ग

अमेरिका । अमेरिकाको न्युयोर्क सहरको मेयरमा जोहरान ममदानी निर्वाचित हुनुभएको छ । ३४ वर्षीय ममदानीको विजयले अमेरिकी राजनीतिमै नयाँ तरङ्ग ल्याएको छ । विश्वभर चर्चा चुलिएको छ । न्युयोर्कका लागि उहाँ पहिलो मुस्लिम र दक्षिण एसियाली मूलको मेयर बन्नुभएको छ । डेमोक्रेटिक उम्मेदवार ममदानीको विजयसँगै उहाँले एकसाथ तीन वटा इतिहास रच्नुभएको छ । पहिलो, ३४ वर्षका ममदानी न्युयोर्कको इतिहासमा सय वर्षभन्दा बढी समयपछि निर्वाचित सबभन्दा युवा मेयर हुनुहुन्छ । दोस्रो, उहाँ न्युयोर्कका पहिलो मुस्लिम मेयर बन्नुभयो र तेस्रो, उहाँ न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एसियाली मूलका नागरिक हुनुहुन्छ । त्यस्तै रिपब्लिकन पार्टीबाट कर्टिस स्लिभा मेयरका उम्मेदवार बन्नुभएको थियो । उहाँले पराजय स्वीकार गर्दै ममदानीलाई शुभकामना दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । “एउटा राजनीतिक वंशलाई उखेल्न हामी सफल भय...